Trending
Prev Story
Next Story

नेपाल संवत् ११४७ का अवसरमा भक्तपुरमा भिन्तुना र्‍याली

Ekantipur •
November 09, 2026 • 12:32 PM
1
1 reads 0 reactions

भक्तपुरको सूर्यमढी र तौमढी टोलबाट सुरु भएको भिन्तुना र्‍याली नगर परिक्रमा गर्दै खौमा पुगेर भाषासेवी मास्टर जगतसुन्दर मल्लको सालिकमा माल्यार्पण गरी भक्तपुर दरबार क्षेत्रमा समापन गरिएको थियो ।

नेपाल संवत् ११४७ का अवसरमा भक्तपुरमा भिन्तुना र्‍याली

भक्तपुरको सूर्यमढी र तौमढी टोलबाट सुरु भएको भिन्तुना र्‍याली नगर परिक्रमा गर्दै खौमा पुगेर भाषासेवी मास्टर जगतसुन्दर मल्लको सालिकमा माल्यार्पण गरी भक्तपुर दरबार क्षेत्रमा समापन गरिएको थियो ।

भक्तपुर — नेपाल संवत् ११४७ को अवसरमा भक्तपुरमा सोमबार सांस्कृतिक भिन्तुना र्‍याली निकालिएको छ । नेपाल भाषा साहित्य तःमुंज्याको आयोजनामा भएको र्‍यालीमा भक्तपुरका बाजाखलः, दाफाभजन, प्याखं खलः, सहकारी संघसंस्था, विद्यालय तथा विभिन्न संघसंस्थाहरूको सहभागिता रहेको थियो ।

र्‍यालीमा सहभागीहरूले परम्परागत नेवारी पोसाकसहित धिमे बाजा, बाँसुरी बाजा र माक प्याखं तथा देवी प्याखंसहित परम्परागत झाँकी प्रदर्शन गरेका थिए ।

भक्तपुरको सूर्यमढी र तौमढी टोलबाट सुरु भएको भिन्तुना र्‍याली नगर परिक्रमा गर्दै खौमा पुगेर भाषासेवी मास्टर जगतसुन्दर मल्लको सालिकमा माल्यार्पण गरी भक्तपुर दरबार क्षेत्रमा समापन गरिएको थियो ।

यस्तै, भक्तपुरकै खौमास्थित श्री इन्द्रायणी पुचःको आयोजनामा नेपाल संवत् ११४७ को अवसरमा भिन्तुना र्‍याली निकालिएको छ । उक्त र्‍याली नगर परिक्रमा गर्दै गर्दा सहभागी कलाकारहरूले भक्तपुरको खौमा, दरबार क्षेत्र, दत्तात्रय, तौमढीलगायतका क्षेत्रमा धिमे बाजाको तालमा ११८ जनाको समूहले संयुक्त रूपमा नृत्य प्रस्तुत गरेका छन् ।

भक्तपुरका नेवार समुदायले सोमबार साँझ म्हः पूजा गर्दैछन् भने २४ कात्तिकमा किजा पूजा अर्थात् भाइटीका मनाउँदैछन् । भक्तपुर नगरपालिका प्रवक्ता रविन्द्र ज्याखोका अनुसार सोमबार ११ः३३ बजेदेखि प्रतिपदा तिथि सुरु भएकाले नेपाल संवत् ११४७ प्रारम्भ भएको हो ।

भक्तपुर नगरपालिकाले पनि १३ कात्तिक बैठक बसी भक्तपुर तलेजुका पुजारी, ज्योतिष, कर्माचार्य, नवदुर्गा देवगण तथा जात्रा व्यवस्थापन समितिका पदाधिकारीलगायत सरोकारवालाहरूसँग छलफल गरी तान्त्रिक विधिअनुसार देहायबमोजिम स्वन्ति नखाः तिहार मनाउने निर्णय गरेको प्रवक्ता ज्याखोले बताए । भक्तपुरमा बिहान न्हु दँ भिन्तुना र्‍याली गरेर साँझ म्हः पूजा गरिने उनले बताए ।

सुन्दर शिल्पकार कान्तिपुर मिडिया ग्रुपका भक्तपुर संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
3d ago
पनौतीमा सांस्कृतिक झाँकीसहित भिन्तुना ¥याली

पनौतीमा सांस्कृतिक झाँकीसहित भिन्तुना ¥याली

नेपाल संवत् ११४७ को अवसरमा आज काभ्रेपलाञ्चोकको पनौतीमा सांस्कृतिक झाँकीसहित भिन्तुना ¥याली निकालिएको छ । पनौती नेपालद्वारा आयोजित ¥यालीमा नेवारी कला, संस्कृति, मौलिक बाजागाजा तथा वेषभूषा झल्कने झा...

#याली #भिन्तुना #संवत्
Compare →
Nagarik News
3d ago
मुख्यमन्त्री कार्कीले दिए नेपाल संवत् ११४७ को शुभकामना

मुख्यमन्त्री कार्कीले दिए नेपाल संवत् ११४७ को शुभकामना

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपाल संवत् ११४७ तथा नयाँ वर्षका अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको शुभकामना व्यक्त गरेका छन्।

#संवत् #११४७
Compare →
Onlinekhabar
3d ago
नेपाल संवत् नेपालीको साझा राष्ट्रिय सम्पदा हो : सभामुख अर्याल

नेपाल संवत् नेपालीको साझा राष्ट्रिय सम्पदा हो : सभामुख अर्याल

२४ कात्तिक, काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले ‘नेपाल संवत् आन्दोलन’ नेपालको लोकतान्त्रिक तथा सांस्कृतिक आन्दोलनको महत्त्वपूर्ण अध्याय भएको बताएका छन् । नेपाल संवत् ११४७ (नयाँ वर्ष) को अवसरमा न्हूँद राष्ट्रिय समारोह समितिले मंगलबार वसन्तपुर डबलीमा आयोजना …

#संवत्
Compare →
Arthasansar
3d ago
नेपाल संवत्काे  अवसरमा प्रधानमन्त्रीको शुभकामना  : ‘चाडपर्वहरूले सामाजिक एकता र सहिष्णुताको भावनालाई बलियो बनाउँछन्’

नेपाल संवत्काे अवसरमा प्रधानमन्त्रीको शुभकामना : ‘चाडपर्वहरूले सामाजिक एकता र सहिष्णुताको भावनालाई बलियो बनाउँछन्’

प्रधानमन्त्री वालेन्द्र शाहले हाम्रा मौलिक चाडपर्वहरूले रिसराग सबै भुलेर हामीबीचको सामाजिक एकता र सहिष्णुताको भावनालाई सधैँ बलियो बनाउन प्रेरित गर्ने...

#संवत् #अवसर
Compare →

Related Stories

National (Nepal)
Build #2611