सल्यानको शारदा नगरपालिका–१ श्रीनगरबाट टाकुरातर्फ जाँदै गरेको लु १ ज २३६८ नम्बरको जिप सिद्धकुमाख गाउँपालिका–२ रातामाटे खोला नजिक भित्री सडक खण्डमा दुर्घटना भएको हो ।
सल्यान — सल्यानमा शुक्रबार बेलुकी ६:३५ बजे जिप दुर्घटना हुँदा आठ जना गम्भीर घाइते भएका छन् । जिल्लाको शारदा नगरपालिका–१ श्रीनगरबाट टाकुरातर्फ जाँदै गरेको लु १ ज २३६८ नम्बरको जिप सिद्धकुमाख गाउँपालिका–२ रातामाटे खोला नजिक भित्री सडक खण्डमा दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी इश्वरी रोकायका अनुसार घाइतेहरूको नाम खुल्न सकेको छैन । जिप दुर्घटनामा घाइते सबैको श्रीनगरस्थित कर्णाली अस्पतालमा उपचार भइरहेको छ । जिप सडकबाट १५० मिटर तल खसेको उनले जानकारी दिए । जिप दुर्घटनाको कारण खुल्न नसकेको उनको भनाइ छ ।
विप्लव महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।