Trending
Prev Story
Next Story

कांग्रेस महामन्त्री भन्छन्- सञ्चारगृहमाथि हस्तक्षेप बन्द गरियोस्

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions

१३ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सञ्चारगृहमाथि हस्तक्षेप र निगरानी तुरुन्त बन्द गर्न सरकारलाई आग्रह गरेका छन् । शुक्रबार पत्रकारहरूमाथि धमाधम धरपकड भएपछि प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् । ‘समाचार संकलन तथा …

कांग्रेस महामन्त्री भन्छन्- सञ्चारगृहमाथि हस्तक्षेप बन्द गरियोस्

१३ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सञ्चारगृहमाथि हस्तक्षेप र निगरानी तुरुन्त बन्द गर्न सरकारलाई आग्रह गरेका छन् । शुक्रबार पत्रकारहरूमाथि धमाधम धरपकड भएपछि प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् ।

‘समाचार संकलन तथा सूचना सार्वजनिक गरेकै आधारमा प्रहरी परिचालन गरी पत्रकारहरू गिरफ्तार गर्ने दुष्कार्य सर्वसत्तावादी प्रवृत्तिको पराकाष्ठा हो’, पौडेलले फेसबुकमा लेखेका छन्, ‘सार्वजनिक पदधारण गरेका व्यक्तिका गतिविधि, न्यायिक शुद्धता र शक्ति दुरुपयोगका विषयमा खोजीनीति गरी नागरिकलाई सुसूचित गराउनु प्रेसको संवैधानिक कर्तव्य हो ।’

कुनै समाचार सामग्रीप्रति आपत्ति वा असहमति भए त्यसको परीक्षण र निरूपण गर्ने स्थापित कानुनी बाटाहरू खुला रहेको उनले बताएका छन् ।  ‘पक्राउ गरिएका पत्रकारहरूलाई अविलम्ब ससम्मान रिहा गरियोस् । सञ्चारगृहहरूमाथिको अनावश्यक हस्तक्षेप र निगरानी तुरुन्त बन्द गरियोस् र कानुनी प्रक्रियामार्फत सत्यतथ्य छानबिन होस्,’ उनले लेखेका छन् ।

प्रश्न सोधेकै भरमा कलम चलाउने हातहरूमा हतकडी लगाउने दुस्साहसले सरकार स्वयंलाई निरंकुशताको कठघरामा उभ्याउने उल्लेख गर्दै उनले आफ्नो स्वेच्छाचारी र गैरकानुनी कदम तत्काल सच्याउन सरकारलाई सचेत गराउन आग्रह गरेका छन् ।

उनका अनुसार यस्ता संवैधानिक र कानुनी प्रक्रियालाई लत्याउँदै राज्यशक्तिको दुरुपयोग गरेर पत्रकारहरूलाई हतोत्साहित पार्ने प्रयास विधिको शासनविपरीत छ ।

‘हिजोका दिनमा पनि गाडी तेर्स्याएर आतंकित बनाउने प्रयास भएको थियो र सोही अराजक प्रवृत्ति आज राज्यसंयन्त्रबाटै दोहोरिनु झनै लज्जास्पद र अस्वीकार्य छ’, उनले अगाडि लेखेका छन्, ‘आफ्ना कमजोरी छोप्न मिडिया तर्साउने प्रयास तत्काल रोकियोस् ।’

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
12h ago
सरकारले अरू दलमाथि हस्तक्षेप गर्न खोज्दैछ : प्रदीप पौडेल

सरकारले अरू दलमाथि हस्तक्षेप गर्न खोज्दैछ : प्रदीप पौडेल

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारमाथि अन्य राजनीतिक दलको आन्तरिक मामिलामा हस्तक्षेप गर्न खोजेको आरोप लगाएका छन्। शुक्रबार जनकपुरधाममा...

#कांग्रेस #महामन्त्री #हस्तक्षेप
Compare →
Nagarik News
17h ago
मधेशका मुद्दा कांग्रेसको केन्द्रीय योजना बन्नुपर्छ : महामन्त्री पौडेल

मधेशका मुद्दा कांग्रेसको केन्द्रीय योजना बन्नुपर्छ : महामन्त्री पौडेल

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले मधेशका स्थानीय आवश्यकता र समस्यालाई पहिचान गरी तयार पारिएका एजेन्डालाई पार्टीको केन्द्रीय योजना बनाउनुपर्ने बताएका छन्।

#कांग्रेस #पौडेल #महामन्त्री
Compare →
Ekantipur
14h ago
भीमफेदी दुर्घटनामा मृतकका परिवारलाई उचित राहत र घाइतेको निःशुल्क उपचार गर्न कांग्रेसको माग

भीमफेदी दुर्घटनामा मृतकका परिवारलाई उचित राहत र घाइतेको निःशुल्क उपचार गर्न कांग्रेसको माग

पछिल्लो समय देशभर सडक दुर्घटनाका घटना बढ्दै जानु गम्भीर चिन्ताको विषय भन्दै कांग्रेसले सरकारले तत्काल उच्चस्तरीय कार्यदल गठन गरी यस्ता दुर्घटनाका कारणको गहन अध्ययन गर्न पनि आग्रह गरेको छ ।

#कांग्रेस
Compare →

Related Stories

Politics & Governance
Build #2612