Trending
Prev Story
Next Story

समाचारको स्रोत पत्ता लगाउन समाचारकक्षमा प्रहरी छिरेको हो भने मुलुकमा संविधान सकियो : गाउँले

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions

१३ कात्तिक, काठमाडौं । नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष शिव गाउँलेले समाचारको स्रोत पत्ता लगाउने नाममा प्रहरीले समाचार कक्षमै प्रवेश गरेर पत्रकार पक्राउ गर्न थालेको भन्दै चिन्ता व्यक्त गरेका छन्। उनले यस्तो गतिविधिले मुलुकमा संविधान नै सकिने …

समाचारको स्रोत पत्ता लगाउन समाचारकक्षमा प्रहरी छिरेको हो भने मुलुकमा संविधान सकियो : गाउँले

१३ कात्तिक, काठमाडौं । नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष शिव गाउँलेले समाचारको स्रोत पत्ता लगाउने नाममा प्रहरीले समाचार कक्षमै प्रवेश गरेर पत्रकार पक्राउ गर्न थालेको भन्दै चिन्ता व्यक्त गरेका छन्।

उनले यस्तो गतिविधिले मुलुकमा संविधान नै सकिने टिप्पणी गरेका हुन्।

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि संघर्ष गर्नुपर्ने अवस्था रहे पनि अहिले संविधानको रक्षाका लागि नै लड्नुपर्ने परिस्थिति आएको उनको भनाइ छ।

‘समाचारको स्रोत पत्ता लगाउन समाचार कक्षमा छिरेर प्रहरीले पत्रकार पक्राउ गर्न थालेको हो भने यो मुलुकमा संविधान सकियो,’ उनले भनेका छन्, ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि लड्दै गरौंला, पहिले संविधान जोगाउन लड्नु पर्ने भयो।’

आज मात्रै पत्रकारले समाचारको स्रोतको सोध्दै नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदी, मोटिभेट न्युजका पत्रकार शोबराज बराल र डीएनए खबरका पत्रकार धिरज बस्नेतलाई नियन्त्रणमा लिएको छ।

अहिले प्रहरीले नयाँ पत्रकार कार्यालय पुगेर पत्रकार नवराज मैनालीबारे सोधखोज गरिरहेको छ। मैनाली नयाँ पत्रिका कार्यालयमा नदेखेपछि प्रहरी टोली त्यहीँ बसिरहेको नयाँ पत्रिकामा कार्यरत पत्रकारले जानकारी दिए।

त्यस्तै दियो पोस्टका पत्रकार सुदीप विश्वकर्मा र मदन ढुंगानालाई लिन भन्दै दियो पोस्टको कार्यालय पुगेको छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
1d ago
मोदीको विपक्षमाथि कटाक्ष : ‘संविधान र जनता आफ्नो खल्तीमा छन् भन्ने ठान्छन्’

मोदीको विपक्षमाथि कटाक्ष : ‘संविधान र जनता आफ्नो खल्तीमा छन् भन्ने ठान्छन्’

काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विपक्षी नेताहरूमाथि नाम नलिई कटाक्ष गर्दै संविधान र जनतालाई आफ्नो खल्तीमा रहेको ठान्ने गरेको टिप्पणी गरेका छन् । बिहीबार इन्डिया टुडेको एक कार्यक्रम...

#संविधान
Compare →
Nagarik News
1d ago
हिमाली मुलुकका लागि अनुदानमा आधारित जलवायु वित्त उपलब्ध गराउन नेपालको माग

हिमाली मुलुकका लागि अनुदानमा आधारित जलवायु वित्त उपलब्ध गराउन नेपालको माग

टर्कीको अन्ताल्यामा जारी कोप-३१ अन्तर्गत नेपाल पेभेलियनमा आयोजित उच्चस्तरीय छलफलमा नेपालले हिमाली मुलुक र समुदायको संरक्षणका लागि अनुदानमा आधारित, पर्याप्त र अनुमानयोग्य जलवायु वित्त उपलब्ध गराउन अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गरेको छ।

#मुलुक
Compare →

Related Stories

National (Nepal)
Build #2611