Trending
Prev Story
Next Story

व्यवसायीलाई राहत: पुस मसान्तभित्र विवरण बुझाए पुराना कर शुल्क ब्याज र जरिवाना मिनाहा

Bizshala •
October 30, 2026 • 01:04 PM
1
1 reads 0 reactions

काठमाण्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले समयमै विवरण पेस नगरेका, नवीकरण नगरेका तथा विभिन्न कर, शुल्क, दस्तुर,...

व्यवसायीलाई राहत: पुस मसान्तभित्र विवरण बुझाए पुराना कर शुल्क ब्याज र जरिवाना मिनाहा

काठमाण्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले समयमै विवरण पेस नगरेका, नवीकरण नगरेका तथा विभिन्न कर, शुल्क, दस्तुर, ब्याज र जरिवाना बुझाउन बाँकी रहेका कम्पनीलाई लक्षित गर्दै विशेष मिनाहा व्यवस्था लागू गरेको छ।

व्यवसायीहरूको माग तथा उद्योगी–व्यवसायीले भोगिरहेका समस्यालाई ध्यानमा राख्दै मन्त्रालयले कम्पनी ऐन, २०६३ अन्तर्गत दर्ता भएका कम्पनीलाई यस्तो सुविधा दिएको हो।

मन्त्रालयका अनुसार आर्थिक वर्ष २०८२/८३ का लागि कानुनबमोजिम लाग्ने कर, शुल्क, दस्तुर तथा आवश्यक विवरण २०८३ पुस मसान्तभित्र पेस गरेमा त्यसअघिसम्म लागेका कर, शुल्क, दस्तुर, ब्याज तथा जरिवाना मिनाहा हुनेछ।

यो सुविधा समयमै कम्पनीको विवरण अद्यावधिक गर्न नसकेका, नवीकरण नगरेका वा कानुनी दायित्व पूरा गर्न बाँकी रहेका व्यवसायीले लिन सक्नेछन्।

मन्त्रालयको यो व्यवस्थासँगै लामो समयदेखि कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा गर्न नसकेका कम्पनीलाई पुनः नियमित अवस्थामा फर्कने अवसर मिलेको छ।

तोकिएको समयभित्र आवश्यक विवरण तथा चालु आर्थिक वर्षसँग सम्बन्धित दायित्व पूरा गर्ने कम्पनीले विगतमा लागेको अतिरिक्त आर्थिक भारबाट राहत पाउनेछन्।

सरकारको यो कदमले निष्क्रिय वा कानुनी प्रक्रियाबाट बाहिर रहेका कम्पनीलाई पुनः अभिलेख अद्यावधिक गर्न र व्यवसाय सञ्चालन सहज बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
4d ago
अमेरिकालाई चीनले दियो ठुलो राहत : दुई महिनाका लागि रोकियो २४ प्रतिशत शुल्क

अमेरिकालाई चीनले दियो ठुलो राहत : दुई महिनाका लागि रोकियो २४ प्रतिशत शुल्क

चीनले अमेरिकाबाट आयात हुने वस्तुमा लगाउँदै आएको २४ प्रतिशत अतिरिक्त भन्सार शुल्कको निलम्बन थप दुई महिनाका लागि लम्ब्याउने निर्णय गरेको छ। तर १० प्रतिशत अतिरिक्त भन्सार शुल्क भने यथावत् रहनेछ। चीनक...

#शुल्क #राहत
Compare →
Ekantipur
5d ago
कारबाहीमा परेकाहरू जरिवाना नै तिर्दैनन्, ४ करोडभन्दा बढी उठ्नै बाँकी

कारबाहीमा परेकाहरू जरिवाना नै तिर्दैनन्, ४ करोडभन्दा बढी उठ्नै बाँकी

बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनका क्रममा गल्ती गर्नेलाई कारवाहीस्वरुप जरिवाना गर्ने गरेको भए पनि रकम नतिर्नेहरुमाथि विभागले चासो नराख्दा ८ सय ६ वटा व्यवसाय गर्ने फर्मले जरिवाना बापत तिर्नुपर्ने ४ करोड ६ लाख २७ हजार उठ्न सकेको छैन ।

#जरिवाना
Compare →
Nagarik News
1d ago
खानामा मरेको साङ्लो परेपछि दुई लाख जरिवाना

खानामा मरेको साङ्लो परेपछि दुई लाख जरिवाना

खानामा मरेको साङ्लो फेला परेपछि रु दुई लाख जरिवाना गरिएको छ।

#जरिवाना
Compare →
Onlinekhabar
1d ago
खानामा मरेको साङ्लो भेटिएपछि बिरयानी हाउसलाई दुई लाख जरिवाना

खानामा मरेको साङ्लो भेटिएपछि बिरयानी हाउसलाई दुई लाख जरिवाना

२६ कात्तिक, वीरगञ्ज (पर्सा) । खानामा मरेको साङ्लो फेलापरेपछि रु दुई लाख जरिवाना गरिएको छ । वीरगञ्ज–२ छपकैयास्थित सामा मुरादावादी एन्ड हैदरावादी बिरयानी हाउसलाई उक्त जरिवाना तोकिएको हो । ग्राहकले खाइरहेको खानामा मरेको साङ्लो फेला परेको …

#जरिवाना
Compare →

Related Stories

Business & Economy
Build #2611