Trending
Prev Story
Next Story

सदस्यको निधनपछि नेष्डो समृद्ध लघुवित्तले गर्‍यो कर्जा मिनाहा

Bizshala •
October 30, 2026 • 01:04 PM
1
1 reads 0 reactions

काठमाण्डौ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले आफ्नी एक सदस्यको निधनपछि बाँकी कर्जा रकम मिनाहा गरेको छ।संस्थाको...

सदस्यको निधनपछि नेष्डो समृद्ध लघुवित्तले गर्‍यो कर्जा मिनाहा

काठमाण्डौ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले आफ्नी एक सदस्यको निधनपछि बाँकी कर्जा रकम मिनाहा गरेको छ।

संस्थाको भरतपुर शाखाले सदस्य माया गुरुङको निधनपछि उनको नाममा रहेको बाँकी कर्जा मिनाहा गरेको हो।

गुरुङले गत वर्ष मंसिर ९ गते संस्थाबाट ३ लाख ५० हजार रुपैयाँ कर्जा लिएकी थिइन्। उक्त कर्जामध्ये उनले ८३ हजार ३३२ रुपैयाँ किस्ताबापत भुक्तानी गरिसकेकी थिइन्।

संस्थाका अनुसार गुरुङको बचत रकम १ लाख ४४ हजार ३६९ रुपैयाँ, किरिया खर्चबापत ३ हजार रुपैयाँ, बीमाबाट प्राप्त २५ हजार रुपैयाँ तथा कर्जा तिरेको रकम ७४ हजार ७९ रुपैयाँ गरी कुल २ लाख ४६ हजार ४४८ रुपैयाँ बराबरको चेक परिवारलाई हस्तान्तरण गरिएको छ।

संस्थाले उक्त रकम बराबरको चेक स्वर्गीय गुरुङका छोरा विश्वास गुरुङलाई प्रदान गरेको हो। माया गुरुङको गत भदौ ६ गते निधन भएको थियो।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Ekantipur
6h ago
कोप–३१ मा जलवायु न्यायको माग गर्दै प्रदर्शन, विश्व समुदायसँग ऋण मिनाहाको माग

कोप–३१ मा जलवायु न्यायको माग गर्दै प्रदर्शन, विश्व समुदायसँग ऋण मिनाहाको माग

जलवायु सङ्कटबाट प्रभावित मुलुकको ऋण मिनाहा गरी अनुकूलन, पुनरुत्थान र जलवायु कार्यका लागि अनुदान उपलब्ध गराउन कोप–३१ मा सहभागी नागरिक समाजका प्रतिनिधिहरूको माग छ ।

#मिनाहा
Compare →

Related Stories

Business & Economy
Build #2611