Trending
Prev Story
Next Story

सीमा सुरक्षा र द्विपक्षीय सहकार्य सुदृढ बनाउने साझा प्रतिबद्धता

Nagarik News •
October 30, 2026 • 12:37 PM
1
1 reads 0 reactions

नेपाल–भारत सीमा क्षेत्रमा हुने अवैध गतिविधि तथा सीमापार अपराध नियन्त्रण गर्न दुवै देशका सीमा सुरक्षा नेतृत्वबीच द्विपक्षीय सहकार्य सुदृढ बनाउने समझदारी भएको छ।

सीमा सुरक्षा र द्विपक्षीय सहकार्य सुदृढ बनाउने साझा प्रतिबद्धता

नेपाल–भारत सीमा क्षेत्रमा हुने अवैध गतिविधि तथा सीमापार अपराध नियन्त्रण गर्न दुवै देशका सीमा सुरक्षा नेतृत्वबीच द्विपक्षीय सहकार्य सुदृढ बनाउने समझदारी भएको छ।

सशस्त्र प्रहरी बल नेपाल र भारतको सशस्त्र सीमा बलका प्रमुख सहभागी ‘नेपाल–भारत १०औँ समन्वय’ बैठकमा अघिल्ला निर्णयको प्रगति पुनरावलोकन गर्दै रणनीति, ‘अपरेशनल’ र कार्यक्षेत्रका तहमा सहकार्य अभिवृद्धि गर्ने सहमति जुटेको हो।

बैठकले दशगजा क्षेत्रको प्रभावकारी व्यवस्थापनका लागि अनधिकृत खेतीपाती, अतिक्रमण र अवैध संरचना हटाउन निरन्तर संयुक्त प्रयास जारी राख्ने निर्णय गरेको छ।

यस्तै ‘बाउन्ड्री वर्किङ ग्रुप’ र ‘सर्भे अफिसियल्स कमिटी’को  निर्णयअनुसार सीमास्तम्भको निरन्तर मर्मत, सम्भार तथा पुनर्निर्माण गर्न ‘फिल्ड’ मा समन्वय बढाउन दुवैपक्ष सहमत भएको सशस्त्र प्रहरीका प्रवक्ता नेत्रबहादुर कार्कीले जानकारी दिए।

सीमापार आपराधिक सञ्जाल, अवैध तस्करी, मानव बेचबिखन, नक्कली नोट, लागूपदार्थ नियन्त्रण तथा तेस्रो मुलुकका नागरिकको अनधिकृत आवतजावत रोक्न समयमै प्राप्त हुने सोसँग सम्बन्धित सूचनाको आदानप्रदानलाई निरन्तरता दिइने दुबै पक्षले प्रतिबद्धता व्यक्त गरेका छन्।

खुला सीमाको दुरुपयोग गरी हुने तेस्रो मुलुकका नागरिकको अवैध प्रवेश रोक्न सीमा नाकामा जाँच र कागजात प्रमाणीकरण कडा बनाउने, दशगजा क्षेत्रमा समन्वयात्मक गस्ती सञ्चालन गर्ने र शङ्कास्पद व्यक्तिबारे तत्काल सूचना आदानप्रदान गर्ने सहमति भएको छ।

सीमा सुरक्षा चुनौतीसँग जुध्न आधुनिक प्रविधि, विशेष तालिम सहायता विस्तार गर्ने र दुवै सुरक्षा निकायबीच नियमित अध्ययन भ्रमणमार्फत संस्थागत सम्बन्ध प्रगाढ बनाउने निर्णय गरिएको छ।

दशगजा क्षेत्रको निगरानीका लागि सिसीटिभी, प्रमुख सीमा नाकामा ‘लगेज स्क्यानर’ र ‘वाक–थ्रु मेटल डिटेक्टर’ राख्ने तथा आ–आफ्नो भू–भागमा ड्रोनको प्रयोग बढाउने विषयमा गहन छलफल भएको प्रवक्ता कार्कीले जानकारी दिए।

बाढी, पहिरो र भूकम्पजस्ता प्राकृतिक विपद्को सामना गर्न चितवनको कुरिनटारस्थित सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयमा ‘संयुक्त जलउद्धार अभ्यास’ सञ्चालन गर्ने सम्बन्धमा समेत छलफल भएको छ।

बैठकमा वैधानिक यात्रुको सहजताका लागि सीमा नाकामा सहायता कक्ष विस्तार गर्ने, मैत्रीपूर्ण खेलकुदका साथै विभिन्न अन्तर्राष्ट्रिय दिवस तथा प्रमुख चाडपर्वमा संयुक्त सांस्कृतिक कार्यक्रम आयोजना गरी द्विपक्षीय विश्वास र सौहार्दता अभिवृद्धि गर्ने समेत सहमति भएको छ।

राजधानीमा दुई दिनसम्म चलेको बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेल र भारतीय प्रतिनिधिमण्डलको नेतृत्व सशस्त्र सीमा बलका महानिर्देशक सञ्जय सिङ्घलले गरेका थिए।

सन् २०१२ देखि पालैपालो दुवै देशमा समन्वय बैठक आयोजना हुँदै आएका छन्। आगामी बैठक भारतमा हुनेछ।

बैठकमा नेपाल–भारत सीमा क्षेत्रको समग्र सुरक्षा स्थिति शान्तिपूर्ण कायम गर्ने कार्यमा सशस्त्र प्रहरी र सशस्त्र सीमा बलका युनिटले प्रदर्शन गरेको उच्च व्यावसायिकता र सहकार्यको सराहना गरिएको थियो।

प्रकाशित: १३ कार्तिक २०८३ १८:२२ शुक्रबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
1d ago
बाहुनडाँगीमा जंगली हात्तीको त्रास : सीमा क्षेत्रमा सुरक्षा सतर्कता उच्च

बाहुनडाँगीमा जंगली हात्तीको त्रास : सीमा क्षेत्रमा सुरक्षा सतर्कता उच्च

२६ कात्तिक, झापा । मेचीनगर नगरपालिका–४ स्थित प्रसाद गौडाबाट जंगली हात्तीले नेपालतर्फ प्रवेश थालेपछि सो क्षेत्रमा सुरक्षा सतर्कता उच्च पारिएको छ । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले नेपाल भारतको सीमा क्षेत्रमा पर्ने सो भूभागबाट हात्ती नेपाल …

#सीमा #सुरक्षा
Compare →
Hamro Patro News
1d ago
बाहुनडाँगीमा जङ्गली हात्तीको त्रासः सीमा क्षेत्रमा सुरक्षा सतर्कता उच्च

बाहुनडाँगीमा जङ्गली हात्तीको त्रासः सीमा क्षेत्रमा सुरक्षा सतर्कता उच्च

झापा । झापाको मेचीनगर नगरपालिका–४ स्थित प्रसाद गौडाबाट जङ्गली हात्तीले नेपालतर्फ प्रवेश गर्न थालेपछि सो क्षेत्रमा सुरक्षा सतर्कता उच्च पारिएको छ। प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार न...

#सुरक्षा #सीमा
Compare →
Bizshala
6h ago
नेपाली जुटमा भारतले लगाएको अतिरिक्त शुल्क हटाउन पहल, सिमेन्टदेखि स्टिलसम्मको निर्यात सहज बनाउने विषयमा छलफल

नेपाली जुटमा भारतले लगाएको अतिरिक्त शुल्क हटाउन पहल, सिमेन्टदेखि स्टिलसम्मको निर्यात सहज बनाउने विषयमा छलफल

काठमाण्डौ । भारतले नेपाली जुटजन्य उत्पादनमा लगाएको एन्टिडम्पिङ तथा प्रतिकारात्मक शुल्क पुनरावलोकन गर्न नेपालले...

#भारत #बनाउने
Compare →
Ekantipur
10h ago
बलिउड कलाकारको सुरक्षामा चिन्ता, निजी अंगरक्षकको माग बढ्यो

बलिउड कलाकारको सुरक्षामा चिन्ता, निजी अंगरक्षकको माग बढ्यो

अभिनेता अमिताभ बच्चनले आफ्नो निवासबाहिर बुलेटप्रुफ घेराबाट प्रशंसकलाई अभिवादन गरेका थिए भने अभिनेता शाहरुख खानको निवास आसपास पनि सुरक्षा बढाइएको छ ।

#सुरक्षा
Compare →

Related Stories

Technology
Build #2611