Trending
Prev Story
Next Story

पत्रकारमाथिको धरपकड प्रेस स्वतन्त्रता संकुचित गर्ने प्रयास : महासंघ उपाध्यक्ष आचार्य

Ekantipur •
October 30, 2026 • 01:02 PM
1
1 reads 0 reactions

समाचार गलत भए त्यसको कानुनी उपचार खोज्ने व्यवस्था हुँदाहुँदै पत्रकारलाई प्रहरीमार्फत साइबर ब्युरो पुर्‍याउनु कानुनी राज्यको उपहास भएको उनको भनाइ छ ।

पत्रकारमाथिको धरपकड प्रेस स्वतन्त्रता संकुचित गर्ने प्रयास : महासंघ उपाध्यक्ष आचार्य

समाचार गलत भए त्यसको कानुनी उपचार खोज्ने व्यवस्था हुँदाहुँदै पत्रकारलाई प्रहरीमार्फत साइबर ब्युरो पुर्‍याउनु कानुनी राज्यको उपहास भएको उनको भनाइ छ ।

काठमाडौँ — नेपाल पत्रकार महासंघका उपाध्यक्ष दीपक आचार्यले समाचार लेखेकै आधारमा पत्रकारमाथि भइरहेको प्रहरी धरपकडप्रति आपत्ति जनाएका छन् ।

समाचारको विषयलाई लिएर सरकारले पत्रकारलाई पक्राउ गर्ने, सञ्चारमाध्यमका कार्यालयमा प्रहरी पठाउने र पत्रकारको खोजी गर्ने कार्यले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कमजोर बनाउने उनले बताएका छन् ।

'समाचार लेखेकै आधारमा सरकारले यसरी अनावश्यक खालको धरपकड गर्ने, आतंक सिर्जना गर्ने र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कमजोर बनाउने एवं संकुचन गर्ने कार्य गरेको छ,' आचार्यले भने, 'भयरहित वातावरणमा काम गर्न नदिने यो कदम घोर निन्दनीय र आपत्तिजनक छ।'

समाचार गलत भए त्यसको कानुनी उपचार खोज्ने व्यवस्था हुँदाहुँदै पत्रकारलाई प्रहरीमार्फत साइबर ब्युरो पुर्‍याउनु कानुनी राज्यको उपहास भएको उनको भनाइ छ ।

'समाचार यदि गलत भए त्यसका लागि सम्बन्धित निकायमा बहस–पैरवी चलाउन सकिने कानुनी प्रावधानहरू हुँदाहुँदै सरकारले पत्रकारलाई जबर्जस्ती साइबर ब्युरोमा धकेलेर कानुनी राज्यको उपहास गरेको छ,' उनले भने ।

पत्रकारहरूमाथि भइरहेको कारबाही र धरपकडको विरोधमा नेपाल पत्रकार महासंघले आधिकारिक विज्ञप्ति तयार गरी सार्वजनिक गर्ने तयारी गरिरहेको पनि आचार्यले जानकारी दिए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1w ago
पत्रकार धरपकड र प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेपबारे महासंघको चिन्ता

पत्रकार धरपकड र प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेपबारे महासंघको चिन्ता

पत्रकार धरपकड र प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेपबारे महासंघको चिन्ता पत्रकारमाथिको धरपकड र सरकारले अघि बढाएको मिडिया काउन्सिल विधेयक, आमसञ्चार कानुन तथा प्रेस स्वतन्त्रताको रक्षाका विषयमा नेपाल प...

#पत्रकार #प्रेस #धरपकड
Compare →
Nagarik News
1w ago
प्रेस स्वतन्त्रताका पक्षमा छठपछि चरणबद्ध आन्दोलन गर्ने पत्रकार महासंघको निर्णय

प्रेस स्वतन्त्रताका पक्षमा छठपछि चरणबद्ध आन्दोलन गर्ने पत्रकार महासंघको निर्णय

नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण र आफ्ना माग पूरा गराउन छठ पर्वपछि चरणबद्ध आन्दोलन गर्ने निर्णय गरेको छ।

#पत्रकार #प्रेस #स्वतन्त्रता
Compare →
Bizshala
1w ago
पत्रकार धरपकडमा सरकार पन्छियो, प्रहरीको आफ्नै निर्णय भएको दाबी

पत्रकार धरपकडमा सरकार पन्छियो, प्रहरीको आफ्नै निर्णय भएको दाबी

काठमाण्डौ । समाचार कक्षमै प्रहरी प्रवेश गरी पत्रकारमाथि सोधपुछ र धरपकड गरिएको घटनाबाट सरकारले आफूलाई अलग देखाएको छ...

#पत्रकार #धरपकड
Compare →
Onlinekhabar
1w ago
विश्वप्रकाश शर्माले भने- सिंहदरबार र बालुवाटारमा रमिता चलिरहेको छ

विश्वप्रकाश शर्माले भने- सिंहदरबार र बालुवाटारमा रमिता चलिरहेको छ

१८ कात्तिक, काठमाडौं ।  कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले सरकारको पछिल्लो गतिविधि, प्रेस स्वतन्त्रता, राजनीतिक मर्यादा र विभिन्न विवादित घटनाक्रममाथि प्रश्न उठाएका छन्। पार्टीका तर्फबाट पत्रकार सम्मेलनमा सरकारको कार्यशैलीको आलोचना गर्दै शर्माले लोकतन्त्रमा सञ्चारमाध्यमलाई त्रासमा राख्ने …

#प्रेस #स्वतन्त्रता
Compare →

Related Stories

Technology
Build #2612