Trending
Prev Story
Next Story

समाचार कक्षबाटै पक्राउ परे पत्रकार सुवेदी

Nagarik News •
October 30, 2026 • 12:12 PM
1
1 reads 0 reactions

प्रहरीले पत्रकार विश्वमणि सुवेदीलाई पक्राउ गरेको छ। नेपाल प्रेसमा कार्यरत सुवेदीलाई प्रहरीले बानेश्वरस्थित कार्यालयबाट पक्राउ गरेको हो।

समाचार कक्षबाटै पक्राउ परे पत्रकार सुवेदी

प्रहरीले पत्रकार विश्वमणि सुवेदीलाई पक्राउ गरेको छ। नेपाल प्रेसमा कार्यरत सुवेदीलाई प्रहरीले बानेश्वरस्थित कार्यालयबाट पक्राउ गरेको हो।

उपत्यका अपराध अनुसन्धान कार्यालयका एक अधिकृतका अनुसार साइबर ब्युरोको पत्रका आधारमा उनलाई पक्राउ गरिएको हो। नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीसम्बन्धी प्रकाशित समाचारबारे सोधपुछ गर्न उनलाई नियन्त्रणमा लिइएको साइबर ब्युरोका अधिकारीहरूले बताएका छन्।

केही दिनअघि नेपाल प्रेस ले सरकारले आईजीपी कार्कीलाई पदबाट हटाउन खोजेको र त्यस विषयमा कार्कीले कानुनी परामर्श थालेको समाचार प्रकाशित गरेको थियो। उक्त समाचारसँग सम्बन्धित विषयमा अनुसन्धान तथा सोधपुछका लागि सुवेदीलाई पक्राउ गरिएको प्रहरी स्रोतको भनाइ छ।

यसैबीच, प्रहरीले आजै अर्का पत्रकार शोभराज बराललाई पनि पक्राउ गरेको छ। एउटै दिन दुई पत्रकार पक्राउ परेपछि पत्रकार पक्राउको विषयले सञ्चार क्षेत्रमा चासो बढाएको छ।

प्रकाशित: १३ कार्तिक २०८३ १७:५७ शुक्रबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Ekantipur
1w ago
छठपछि चरणबद्ध आन्दोलन गर्ने पत्रकार महासंघको निर्णय

छठपछि चरणबद्ध आन्दोलन गर्ने पत्रकार महासंघको निर्णय

महासंघ केन्द्रीय समितिको उपलब्ध सदस्यहरुको शुक्रबार बसेको बैठकले समाचार कक्षमा प्रहरी प्रवेश गरी पत्रकारमाथि गरिएको धरपकड, प्रेस काउन्सिलसम्बन्धी अध्यादेश, पत्रकारको श्रम अधिकार र लोककल्याणकारी विज्ञापन कटौतीलगायतका विषयमा आन्दोलन गर्ने निर्णय गरेको हो ।

#पत्रकार #प्रेस
Compare →
Hamro Patro News
1w ago
पत्रकार धरपकड र प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेपबारे महासंघको चिन्ता

पत्रकार धरपकड र प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेपबारे महासंघको चिन्ता

पत्रकार धरपकड र प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेपबारे महासंघको चिन्ता पत्रकारमाथिको धरपकड र सरकारले अघि बढाएको मिडिया काउन्सिल विधेयक, आमसञ्चार कानुन तथा प्रेस स्वतन्त्रताको रक्षाका विषयमा नेपाल प...

#पत्रकार #प्रेस
Compare →
Bizshala
1w ago
नेप्सेको सीईओमा प्रताप सुवेदीले सम्हाले जिम्मेवारी

नेप्सेको सीईओमा प्रताप सुवेदीले सम्हाले जिम्मेवारी

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रताप सुवेदीले औपचारिक रूपमा पदभार...

#सुवेदी
Compare →

Related Stories

Technology
Build #2612