Trending
Prev Story
Next Story

पर्यटन बोर्डले खोज्यो कन्टेन्ट क्रियटर र फोटोग्राफर

Nagarik News •
October 30, 2026 • 12:10 PM
1
1 reads 0 reactions

बोर्डले नेपालको पर्यटनका विविध आयामलाई सिर्जनात्मक सामग्रीमार्फत विश्वभर पुर्‍याउन इच्छुक कन्टेन्ट क्रियटरहरूबाट आवेदन आह्वान गरेको हो।

पर्यटन बोर्डले खोज्यो कन्टेन्ट क्रियटर र फोटोग्राफर

नेपालको प्राकृतिक सौन्दर्य, हिमाली गन्तव्य, मौलिक संस्कृति तथा पर्यटकीय सम्भावनालाई अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्डले ट्राभल कन्टेन्ट क्रियटर, भिडियोग्राफर तथा फोटोग्राफरलाई पर्यटन प्रवर्द्धन अभियानमा सहभागी गराउने भएको छ।

बोर्डले नेपालको पर्यटनका विविध आयामलाई सिर्जनात्मक सामग्रीमार्फत विश्वभर पुर्‍याउन इच्छुक कन्टेन्ट क्रियटरहरूबाट आवेदन आह्वान गरेको हो।

यस पहलअन्तर्गत नेपालको हिमाली भव्यतादेखि ओझेलमा परेका पर्यटकीय गन्तव्य, जीवन्त संस्कृति र मौलिक परम्परालाई दृश्य तथा डिजिटल सामग्रीमार्फत उजागर गरिने लक्ष्य राखिएको छ।

नेपालका असाधारण पर्यटकीय अनुभवलाई भिडियो, तस्बिर तथा अन्य सिर्जनात्मक सामग्रीमा प्रस्तुत गर्न सक्ने प्रतिभालाई यस अभियानमा जोड्ने बोर्डको उद्देश्य छ।

यसबाट नेपालको पर्यटन प्रवर्द्धनमा डिजिटल माध्यम र सामाजिक सञ्जालको प्रभावकारी उपयोग हुनुका साथै नयाँ पुस्ताका कन्टेन्ट क्रियटरहरुलाई नेपालको पर्यटन पहिचान विश्वसामु पुर्‍याउने अवसर प्राप्त हुने अपेक्षा गरिएको छ।

इच्छुक ट्राभल कन्टेन्ट क्रियटर, भिडियोग्राफर तथा फोटोग्राफरले आफ्नो नाम र ठेगाना, सम्पर्क विवरण तथा सामाजिक सञ्जाल प्रोफाइल वा पोर्टफोलियोको लिङ्कसहित ५ नोभेम्बर २०२६ भित्र आवेदन दिन सक्नेछन्।

प्रकाशित: १३ कार्तिक २०८३ १७:५५ शुक्रबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
6d ago
नेपाल पर्यटन बोर्डको सहकार्यमा टिकटकले सुरु गर्यो #VisitNepal अभियान

नेपाल पर्यटन बोर्डको सहकार्यमा टिकटकले सुरु गर्यो #VisitNepal अभियान

काठमाडौं- टिकटकले नेपाल सरकार अन्तर्गत नेपाल पर्यटन बोर्ड (एनटीबी) सँगको सहकार्यमा ६ नोभेम्बर २०२६ मा #VisitNepal कार्यक्रम आयोजना गरेको छ। यस कार्यक्रम मार्फत #VisitNepal अभियानको औपचारिक सुरुवात ...

#पर्यटन #बोर्ड
Compare →
Arthasansar
1w ago
पर्यटन बोर्ड सीईओका लागि १६ जना सर्टलिस्ट सार्वजनिक

पर्यटन बोर्ड सीईओका लागि १६ जना सर्टलिस्ट सार्वजनिक

नेपाल पर्यटन बोर्डको कार्यकारी प्रमुख (सीईओ) नियुक्तिका लागि १६ जना उम्मेदवार संक्षिप्त सूची (सर्टलिस्ट) सार्वजनिक गरिएको छ । नेपाल पर्यटन...

#पर्यटन #बोर्ड
Compare →
Onlinekhabar
1w ago
पर्यटन बोर्ड सीईओका लागि १६ जना सर्टलिस्टमा

पर्यटन बोर्ड सीईओका लागि १६ जना सर्टलिस्टमा

२० कात्तिक, काठमाडौं । नेपाल पर्यटन बोर्डको कार्यकारी प्रमुख (सीईओ) नियुक्तिका लागि १६ जना उम्मेदवार संक्षिप्त सूची (सर्टलिस्ट) मा परेका छन् । नेपाल पर्यटन बोर्डको कार्यकारी प्रमुख छनोट तथा नियुक्ति सिफारिस कार्यविधि, २०८३ अनुसार उम्मेदवारहरूको मूल्यांकन …

#पर्यटन #बोर्ड
Compare →
Ekantipur
1w ago
पर्यटन बोर्डको सीईओ नियुक्तिका लागि १६ उम्मेदवार संक्षिप्त सूचीमा परे

पर्यटन बोर्डको सीईओ नियुक्तिका लागि १६ उम्मेदवार संक्षिप्त सूचीमा परे

छनोट कार्यविधि, २०८३ अनुसार आवेदन मूल्यांकनपछि सबैभन्दा धेरै अंक ल्याउने उम्मेदवारलाई शुक्रबार संक्षिप्त सूचीमा राखिएको हो।

#बोर्ड #पर्यटन
Compare →
Bizshala
1w ago
टेनेक्स हाइड्रो होल्डीङ्गले आईपीओ निष्कासन गर्ने, बोर्डसँग माग्यो अनुमति

टेनेक्स हाइड्रो होल्डीङ्गले आईपीओ निष्कासन गर्ने, बोर्डसँग माग्यो अनुमति

काठमाण्डौ । टेनेक्स हाइड्रो होल्डीङ्गले आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)सँग अनुमति मागेको छ ।...

#बोर्ड
Compare →

Related Stories

Technology
Build #2612