मोरङ । मोरङको रतुवामाईमा लागुऔषध कारोबारी पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाएको छ। प्रहरीलाई छल्दै भाग्न खोज्नुका साथै प्रहरीमाथि नै गोली प्रहार गर्ने प्रयास भएपछि प्रहरीले आठ राउन्ड गोली चलाएर दुई भारतीय नागरिकसहित तीनजनालाई नियन्त्रणमा लिएको छ। प्रहरीको गोली लागेर दुई भारतीय नागरिक घाइते भएका छन्।
बिहीबार राति करिब ९ः३० बजे रतुवामाई नगरपालिका–६, शनिश्चरेमा भएको उक्त घटनामा भारतको अररिया कुशाहाका २२ वर्षीय दीपककुमार बोसाक र कुटुमगन्जका ४० वर्षीय पुरन बोसाक घाइते भएका हुन्। दुवैको घुँडामुनि गोली लागेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् ( rajdhanidaily.com )