Trending
Prev Story
Next Story

नावा खोलामा बस फस्यो, सबै यात्रुको उद्वार

Ekantipur •
October 30, 2026 • 10:32 AM
1
1 reads 0 reactions

ताप्लेजुङदेखि काठमाडौंका लागि हिँडेको बस शुक्रबार अपरान्ह नावा खोलामा फसेको हो ।

नावा खोलामा बस फस्यो, सबै यात्रुको उद्वार

ताप्लेजुङदेखि काठमाडौंका लागि हिँडेको बस शुक्रबार अपरान्ह नावा खोलामा फसेको हो ।

पाँचथर — तमोर करिडोरअन्तर्गत पाँचथर र धनकुटाको सीमावर्ती नावा खोलामा यात्रुबाहक बस फसेको छ ।

ताप्लेजुङदेखि काठमाडौंका लागि हिँडेको बस शुक्रबार अपरान्ह नावा खोलामा फसेको हो ।

निरन्तर भइरहेको वर्षाका कारण तमोर करिडोरअन्तर्गतको नावा खोलामा बाढी आएका बखत तर्न खोज्द बस फसेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

बसबाट यात्रुलाई भने सुरक्षित उद्वार गरिएको स्थानीय रोशन कार्कीले बताए । बसमा ३० यात्रु सवार थिए । नावा खोला तमोर करिडोर सडक खण्डअन्तर्गत पाँचथर र धनकुटाको सीमा क्षेत्रमा पर्छ । यो खोलामा पानीको बहाब बढेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

बिहीबार विहानैदेखि परेको वर्षाका कारण नदीमा पानीको सतह बढेपछि हाललाई उक्त सडकखण्डमा यातायात सञ्चालन पूर्ण रूपमा बन्द भएको छ ।

कोशी प्रदेशको राजधानी विराटनगरसहित मोरङ र सुनसरीलगायत तराईका जिल्लालाई पाँचथर, धनकुटा र तेह्रथुमसहित हिमाली जिल्ला ताप्लेजुङलाई जोड्ने द्रुत मार्गका रुपमा स्थापित उक्त सडकको नावा खोलामा पुल नबनेका कारण बाढी आउनासाथ सडक अवरुद्ध हुँदै आएको छ ।

लक्ष्मी गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
1w ago
छठ लक्षित प्रधानमन्त्रीको पहल: सिर्सिया खोलालाई प्रदूषणमुक्त बनाउन टोली परिचालन

छठ लक्षित प्रधानमन्त्रीको पहल: सिर्सिया खोलालाई प्रदूषणमुक्त बनाउन टोली परिचालन

सिर्सिया खोला सफा र स्वच्छ बनाउन प्रधानमन्त्री शाहले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहका मुख्य स्वकीय सचिव आशिष सुवेदीको नेतृत्वमा टोली परिचालन गरेका हुन्।

#खोला
Compare →
Hamro Patro News
1w ago
उपत्यकाका नदी तथा खोलामा पानीको सतह बढ्यो, सतर्क रहन आग्रह

उपत्यकाका नदी तथा खोलामा पानीको सतह बढ्यो, सतर्क रहन आग्रह

काठमाडौँ – निरन्तरको वर्षाका कारण काठमाडौँ उपत्यकाका नदी तथा खोलामा पानीको सतह बढेको छ । वर्षासँगै बागमती, धोबीखोला, विष्णुमतीलगायतका नदी तथा खोलामा पानीको बहाव बढेको हो । जलविज्ञान तथा जलस्रोत अन...

#खोला
Compare →
Onlinekhabar
6d ago
उद्योगबाट निस्कने दूषित पानीले घुर्मी खोला दुर्गन्धित, दुई नगरपालिकाका नागरिक प्रभावित

उद्योगबाट निस्कने दूषित पानीले घुर्मी खोला दुर्गन्धित, दुई नगरपालिकाका नागरिक प्रभावित

२१ कात्तिक, सिरहा । सिरहाको गोलबजार र मिर्चैया नगरपालिकाको सिमानामा रहेको शारदा डिस्टिलरी प्रालिले उद्योगबाट निस्कने प्रदूषित पानी घुर्मी खोलामा बगाउँदा स्थानीयवासी समस्यामा परेका छन् । डस्टिलरीको फोहोर पानी खोलामा मिसिँदा मिर्चैया र कल्याणपुर नगरपालिकाका करिब …

#खोला
Compare →
Bizshala
1w ago
माया खोला हाइड्रोको नाफामा छलाङ, अन्य सूचक कस्तो ?

माया खोला हाइड्रोको नाफामा छलाङ, अन्य सूचक कस्तो ?

काठमाण्डौ । माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नाफामा आकर्षक सुधार गरेको छ ।...

#खोला
Compare →

Related Stories

Education & Youth
Build #2611