Trending
Prev Story
Next Story

पूर्वी नेपालका दुग्ध किसानको बक्यौता तीन करोडमा झर्‍यो

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions

१३ कात्तिक, काठमाडौं । विराटनगर दुग्ध वितरण आयोजनाले पूर्वी क्षेत्रका दुध कृषकहरूलाई तिर्नुपर्ने बक्यौता रकम घटेर करिब ३ करोड रुपैयाँ मात्र बाँकी रहेको जनाएको छ । कुनै समय करिब ३५ करोड रुपैयाँसम्म कृषकको दुधको बक्यौता रहेकामा …

पूर्वी नेपालका दुग्ध किसानको बक्यौता तीन करोडमा झर्‍यो

१३ कात्तिक, काठमाडौं । विराटनगर दुग्ध वितरण आयोजनाले पूर्वी क्षेत्रका दुध कृषकहरूलाई तिर्नुपर्ने बक्यौता रकम घटेर करिब ३ करोड रुपैयाँ मात्र बाँकी रहेको जनाएको छ ।

कुनै समय करिब ३५ करोड रुपैयाँसम्म कृषकको दुधको बक्यौता रहेकामा दुध तथा दुधजन्य पदार्थको बिक्री बढ्दै गएपछि बक्यौता रकम घटेकोे विराटनगर दुग्ध वितरण आयोजनाले जनाएको छ ।

१५/१५ दिनमा दुध कृषकहरूलाई किस्ता रकम बुझाउँदै आएको विराटनगर दुग्ध वितरण आयोजनाले अहिले साउन र भाद्र महिनाको किस्ताको रकम तिर्नुपर्ने स्थिति रहेको र बाकी रनिङ बील मात्र बाँकी रहेको निमित्त आयोजना प्रमुख नविन किशोर शर्माले जानकारी दिए । उनले अहिले दुध तथा दुग्धजन्य पदार्थको विक्री ५० प्रतिशत सम्म बढेको र घिउको मौज्दात ५ मेट्रिक टन मात्र रहेको बताए ।

पूर्वका कृषकहरूबाट दैनिक करिब १० हजार ५ सय लिटर दुध संकलन गरिरहेको र करिब ५ हजार लिटर बराबरको दुध र दुग्धजन्य पदार्थ बिक्री गरिरहेको विराटनगर दुग्ध वितरण आयोजनाले जनाएको छ ।

कात्तिक महिनादेखि दुध संकलन बढेर दैनिक करिब १५ हजार लिटरसम्म पुग्ने र दैनिक खपत हुने दुध तथा दुधजन्य पदार्थ बाहेकको करिब १० हजार लिटर दुधको पाउडर दुध बनाउने तयारी रहेको विराटनगर दुग्ध वितरण आयोजनाले जानकारी दिएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Ekantipur
1d ago
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई ४२ निकायको डेढ अर्ब बक्यौता

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई ४२ निकायको डेढ अर्ब बक्यौता

विमानस्थल भन्सार कार्यालय, हिमालय एयरलाइन्स र होटल र्‍याडिसनको मात्रै बक्यौता १ अर्ब १३ करोड ६४ लाख रुपैयाँभन्दा बढी छ, जुन कुल बक्यौताको करिब ७३ प्रतिशत हो ।

#बक्यौता
Compare →

Related Stories

Business & Economy
Build #2611