Trending
Prev Story
Next Story

भारतले दियो ३२ मेगावाट बिजुली निर्यात गर्न अनुमति

Ekantipur •
October 30, 2026 • 08:32 AM
1
1 reads 0 reactions

१४ मेगावाटको घारखोला जलविद्युत् आयोजना र १८ मेगावाटको मध्य मोदी जलविद्युत् आयोजनाको बिजुली भारतको प्रतिस्पर्धी दरमा बिजुली बिक्री गर्न अनुमति

भारतले दियो ३२ मेगावाट बिजुली निर्यात गर्न अनुमति

१४ मेगावाटको घारखोला जलविद्युत् आयोजना र १८ मेगावाटको मध्य मोदी जलविद्युत् आयोजनाको बिजुली भारतको प्रतिस्पर्धी दरमा बिजुली बिक्री गर्न अनुमति

काठमाडौँ — भारतले दुई जलविद्युत् आयोजनाको बिजुली बिक्री गर्न अनुमति दिएको छ । १४ मेगावाटको घारखोला जलविद्युत् आयोजना र १८ मेगावाटको मध्य मोदी जलविद्युत् आयोजनाको बिजुली  भारतको विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज (आईएक्स) को डेअहेड मार्केट (डीएम) तथा रियल टाइम मार्केट (आरटीएम) मा प्रतिस्पर्धी दरमा बिजुली बिक्री गर्न अनुमति दिएको हो ।

दुई आयोजनाको बिजुली ३१ अगस्ट २०२७ सम्म बिक्री गर्न मिल्ने गरी भारतले अनुमति दिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । १० भदौमा आएको भोटेकोशीको बाढीले भारत र बंगलादेश निर्यात हुने त्रिशूलीको १८.६ मेगावाट र चिलिमेको २१.४ मेगावाट र देवीघाट जलविद्युत् आयोजनाको १४.६ मेगावाट बिजुली बिक्री हुँदै आए पनि क्षति पुगेको थियो ।

भारतले बंगलादेशमा निर्यात हुने त्रिशूली र चिलिमे जलविद्युत् आयोजनाको विकल्पमा आईएक्समा स्वीकृति पाइसकेका काबेली बी १ र सोलुखोला जलविद्युत् आयोजनालाई  बंगलादेशमा बिक्री गर्ने अनुमति दिइसकेको छ ।

देवीघाटको विकल्पमा तल्लो मोदी जलविद्युत् आयोजनाको बिजुली द्विपक्षीय बजारमा बिक्री गर्न मिल्ने गरी अनुमति दिएको हो । यसअघि  काबेली बी १ को २४.३ मेगावाट, सोलुखोलाको २२.८ मेगावाट र तल्लो मोदी जलविद्युत् आयोजनाको १९.४ मेगावाट बिजुली भारतको प्रतिस्पर्धी बजारमा मात्रै बिक्री हुँदै आएको छ ।

यसअघि १२ सय मेगावाटका ३७ जलविद्युत् आयोजनाको बिजुली भारत र बंगलादेशमा निर्यात गर्ने अनुमति पाएको थियो । अहिले दुई जलविद्युत् आयोजनाको बिजुली थपिए पनि कुल निर्यात क्षमता १,१७९ मेगावाटमा सीमित भएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Bizshala
6h ago
नेपाली जुटमा भारतले लगाएको अतिरिक्त शुल्क हटाउन पहल, सिमेन्टदेखि स्टिलसम्मको निर्यात सहज बनाउने विषयमा छलफल

नेपाली जुटमा भारतले लगाएको अतिरिक्त शुल्क हटाउन पहल, सिमेन्टदेखि स्टिलसम्मको निर्यात सहज बनाउने विषयमा छलफल

काठमाण्डौ । भारतले नेपाली जुटजन्य उत्पादनमा लगाएको एन्टिडम्पिङ तथा प्रतिकारात्मक शुल्क पुनरावलोकन गर्न नेपालले...

#भारत #निर्यात
Compare →
Nagarik News
6h ago
भारतमा लोकतन्त्र सम्मेलन : मोदीलाई प्रश्न गर्ने नर्वेली पत्रकारसहित ११५ विदेशीले पाएनन् प्रवेश

भारतमा लोकतन्त्र सम्मेलन : मोदीलाई प्रश्न गर्ने नर्वेली पत्रकारसहित ११५ विदेशीले पाएनन् प्रवेश

यो निर्णय गृह मन्त्रालयको निर्देशनमा भएको हुन सक्ने थरुरले बताएका छन्। उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘सरकारले कुन कानुनी प्रावधानअन्तर्गत यस्तो कठोर कदम चालेको हो भन्ने स्पष्ट छैन।’

#भारत
Compare →
Onlinekhabar
6h ago
प्रधानमन्त्री बालेनको भारत भ्रमणमा खुल्ला नेपालीलाई क्यूआर भुक्तानी ?

प्रधानमन्त्री बालेनको भारत भ्रमणमा खुल्ला नेपालीलाई क्यूआर भुक्तानी ?

२७ कात्तिक, काठमाडौं । नेपालीले भारतमा क्यूआर मार्फत भुक्तानी गर्न सक्ने व्यवस्था गर्न दुई देशबीच सम्झौता भएको ३ वर्ष बितिसक्दा पनि कार्यान्वयनमा आउन सकेको छैन । भारतीयले नेपालमा क्यूआर मार्फत भुक्तानी गर्न सक्ने भए पनि नेपालीलाई …

#भारत
Compare →
Hamro Patro News
10h ago
नेपाल–भारत व्यापार सहजीकरण : सिमेन्ट, स्टिल र जुत्ताको प्रमाणीकरण सरल बनाउन मन्त्री साहको आग्रह

नेपाल–भारत व्यापार सहजीकरण : सिमेन्ट, स्टिल र जुत्ताको प्रमाणीकरण सरल बनाउन मन्त्री साहको आग्रह

काठमाडौँ – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह र भारतका वाणिज्य तथा उद्योगमन्त्री पीयूष गोयलबीच भारतको विशाखापटनममा द्विपक्षीय भेटवार्ता भएको छ। ३१औँ पार्टनरसिप समिट २०२६ मा सहभागी हुन...

#भारत
Compare →

Related Stories

World News
Build #2611