Trending
Prev Story
Next Story

१० वर्षमै २३ प्रतिशतभन्दा बढी रिटर्न, यी ५ एसआईपी फन्डले लगानीकर्तालाई बनाए मालामाल !

Bizshala •
October 30, 2026 • 08:04 AM
1
1 reads 0 reactions

काठमाण्डौ । दीर्घकालीन लगानीका लागि म्युचुअल फन्डको सिस्टमेटिक इन्भेस्टमेन्ट प्लान (एसआईपी) रोज्ने लगानीकर्ताले...

१० वर्षमै २३ प्रतिशतभन्दा बढी रिटर्न, यी ५ एसआईपी फन्डले लगानीकर्तालाई बनाए मालामाल !

काठमाण्डौ । दीर्घकालीन लगानीका लागि म्युचुअल फन्डको सिस्टमेटिक इन्भेस्टमेन्ट प्लान (एसआईपी) रोज्ने लगानीकर्ताले पछिल्लो एक दशकमा आकर्षक प्रतिफल पाएका छन्। भारतका केही इक्विटी म्युचुअल फन्डले १० वर्षको अवधिमा वार्षिक २३ प्रतिशतभन्दा बढी प्रतिफल दिएका छन्।

अक्टोबर २१, २०२६ सम्मको तथ्यांकअनुसार क्वान्ट स्मल क्याप फन्डले पछिल्लो १० वर्षमा एसआईपी लगानीकर्तालाई २३.४ प्रतिशतसम्म प्रतिफल दिएको छ। पाँच चर्चित फन्डमध्ये यही फन्डको प्रतिफल सबैभन्दा उच्च देखिएको छ।

क्वान्ट स्मल क्याप फन्ड ‘स्मल क्याप’ श्रेणीअन्तर्गत पर्छ। यस्तो श्रेणीका फन्डले आफ्नो कुल लगानीको कम्तीमा ६५ प्रतिशत रकम साना बजार पुँजीकरण भएका कम्पनीका सेयरमा लगानी गर्छन्। यस फन्डमा न्यूनतम १ हजार भारतीय रुपैयाँबाट एसआईपी सुरु गर्न सकिन्छ।

यसैगरी निप्पोन इन्डिया स्मल क्याप फन्डले १० वर्षको अवधिमा १९.७ प्रतिशत प्रतिफल दिएको छ।

क्वान्ट ELSS ट्याक्स सेभर फन्डले सोही अवधिमा १८.५ प्रतिशत प्रतिफल दिएको छ। यो फन्डमा न्यूनतम ५०० भारतीय रुपैयाँबाट SIP सुरु गर्न सकिन्छ।

मोतीलाल ओसवाल मिडक्याप फन्डले पछिल्लो १० वर्षमा १८.२ प्रतिशत प्रतिफल दिएको छ। यूनियन स्मल क्याप फन्डको १० वर्षे एसआईपी प्रतिफल पनि १८.२ प्रतिशत रहेको छ। यूनियन स्मल क्यापमा न्यूनतम १ हजार भारतीय रुपैयाँबाट नियमित लगानी सुरु गर्न सकिन्छ।

अक्टोबर २१ सम्मको तथ्यांकअनुसार १० वर्षे अक्टोबर २१ सम्मको तथ्यांकअनुसार १० वर्षे SIP प्रतिफलमा क्वान्ट स्मल क्याप २३.४० प्रतिशत, निप्पोन इन्डिया स्मल क्याप १९.७० प्रतिशत, क्वान्ट ELSS ट्याक्स सेभर १८.५० प्रतिशत, मोतीलाल ओसवाल मिडक्याप १८.२० प्रतिशत र यूनियन स्मल क्याप फन्ड १८.२० प्रतिशत रहेको छ।

एसआईपी अर्थात् सिस्टेमेटिक इन्भेस्टमेन्ट प्लान म्युचुअल फन्डमा नियमित अन्तरालमा निश्चित रकम लगानी गर्ने प्रणाली हो। यसमा एकैपटक ठूलो रकम लगानी गर्नुभन्दा मासिक वा निश्चित अवधिमा सानो–सानो रकम लगानी गर्दै जान सकिन्छ।

दीर्घकालीन अवधिमा कम्पाउन्डिङको प्रभाव र बजारको उतारचढावअनुसार औसत खरिद मूल्य सन्तुलित हुने भएकाले एसआईपी  लोकप्रिय लगानी विधिका रूपमा प्रयोग हुँदै आएको छ।

तर विगतमा कुनै फन्डले दिएको उच्च प्रतिफल भविष्यमा पनि कायम रहने सुनिश्चित हुँदैन। म्युचुअल फन्डको लगानी बजार जोखिमसँग जोडिएको हुने भएकाले लगानी गर्नुअघि फन्डको पोर्टफोलियो, जोखिम स्तर, खर्च अनुपात तथा आफ्नो लगानी उद्देश्य मूल्यांकन गर्नु आवश्यक हुन्छ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Ekantipur
1h ago
प्रतिफल कम देखिएपछि आलोचित बन्दै ‘एसआईपी’

प्रतिफल कम देखिएपछि आलोचित बन्दै ‘एसआईपी’

सरोकारवाला भन्छन्– ‘सुरुमा लगानी थाल्दा एसआईपीमा पैसा दोब्बरतेब्बर हुँदै जान्छ भन्ने बुझाइका कारण समस्या देखिएको हो’

#एसआईपी #प्रतिफल
Compare →
Hamro Patro News
1w ago
१० लाख धरौटीमा रिहा भए सेयर लगानीकर्ता दीपेन्द्र अग्रवाल

१० लाख धरौटीमा रिहा भए सेयर लगानीकर्ता दीपेन्द्र अग्रवाल

काठमाडौं । सेयर लगानीकर्ता दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा भएका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले उनलाई बुधबार पक्राउ गरेको थियो । काठमाडौं जिल्ला अदालतले उ...

#लगानीकर्ता
Compare →
Nagarik News
15h ago
युएईका लगानीकर्तालाई नेपालमा लगानी गर्न ढकालको आग्रह

युएईका लगानीकर्तालाई नेपालमा लगानी गर्न ढकालको आग्रह

उनीहरूबीच नेपाल–युएई सम्बन्ध, व्यापार विस्तार तथा नेपालमा उपलब्ध लगानीका अवसरबारे छलफल भएको थियो।

#लगानीकर्ता
Compare →
Arthasansar
1d ago
युएईका लगानीकर्तालाई लगानी गर्न ढकालको आग्रह

युएईका लगानीकर्तालाई लगानी गर्न ढकालको आग्रह

नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त अरब इमिरेट्स (युएई) का लगानीकर्तालाई नेपालका विभिन्न...

#लगानीकर्ता
Compare →
Onlinekhabar
1d ago
यूएईका लगानीकर्तालाई नेपालका सम्भावनायुक्त क्षेत्रमा लगानी गर्न आग्रह

यूएईका लगानीकर्तालाई नेपालका सम्भावनायुक्त क्षेत्रमा लगानी गर्न आग्रह

२६ कात्तिक, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ निवर्तमान अध्यक्ष तथा आईएमई समूह अध्यक्ष चन्द्रप्रसाद ढकालले युनाइटेड अरब इमिरेट्स (यूएई) का लगानीकर्तालाई नेपालका विभिन्न सम्भावनायुक्त क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् । यूएईको रास अल खैमाहमा …

#लगानीकर्ता
Compare →

Related Stories

Business & Economy
Build #2611