Trending
Prev Story
Next Story

नेतान्याहुको गठबन्धन बहुमतबाट टाढा

Ekantipur •
October 30, 2026 • 08:01 AM
1
1 reads 0 reactions

केन्द्रीय निर्वाचन समितिका अनुसार नेतान्याहु समर्थक समूहले ५३ सिट जिते पनि नयाँ नेसेटमा बहुमतका लागि आवश्यक संख्या पुगेन।

नेतान्याहुको गठबन्धन बहुमतबाट टाढा

केन्द्रीय निर्वाचन समितिका अनुसार नेतान्याहु समर्थक समूहले ५३ सिट जिते पनि नयाँ नेसेटमा बहुमतका लागि आवश्यक संख्या पुगेन।

इजरायलको केन्द्रीय निर्वाचन समितिले चुनावको अन्तिम परिणाम सार्वजनिक गर्दै प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको नेतृत्वमा रहेको गठबन्धनले सरकार गठनका लागि आवश्यक बहुमत प्राप्त गर्न नसकेको जनाएको छ । नेतान्याहु समर्थक समूहले ५३ सिट जितेको छ भने नयाँ नेसेटले नोभेम्बर १० मा शपथ लिने कार्यक्रम छ ।

द टाइम्स अफ इजरायलका अनुसार नेतान्याहुको लिकुड पार्टी २७ सिटसहित सबैभन्दा ठूलो दल बनेको छ । गदी आइसेनकोट नेतृत्वको याशरले २१, बी’याचडले १२ र संयुक्त सूचीले ११ सिट जितेका छन् । डेमोक्रेट्स र रामले आठ–आठ तथा अन्य तीन दलले सात–सात सिट प्राप्त गरेका छन् । सास र रिलिजियस जियोनिज्मले छ–छ सिट जितेका छन् । नेतान्याहुविरोधी समूहले ४८ र अरब दलहरूले १९ सिट प्राप्त गरेका छन् । निर्वाचनमा ७७.९ प्रतिशत मतदाताले मतदान गरेका थिए ।

अन्तिम आधिकारिक परिणाम नोभेम्बर ४ मा राष्ट्रपति आइज्याक हर्जोगसमक्ष पेस गरिनेछ । उनले सरकार गठनको सम्भावना बढी भएको उम्मेदवार छनोट गर्न दलका प्रतिनिधिसँग परामर्श गर्ने छन्।

सरकार गठनमा असफलता भए अर्को नेताले अवसर पाउन सक्नेछ भने निर्धारित समयभित्र प्रक्रिया पूरा नभए पुनः निर्वाचन हुन सक्छ ।

यसैबीच, नेतान्याहु र अर्थमन्त्री बेजलेल स्मोट्रिचबीच चुनावपछि राजनीतिक सहकार्यबारे छलफल भएको छ । अर्जेन्टिनाका राष्ट्रपति जेभियर मिलेईले लिकुडको सफलतालाई ठूलो जीत भन्दै नेतान्याहुलाई बधाई दिएका छन् । उनले अर्जेन्टिना र इजरायल पश्चिमी मूल्य–मान्यताको रक्षाका लागि रणनीतिक साझेदार रहने बताएका छन् ।

सरकार गठनका लागि विपक्षी दलहरूबीच पनि समीकरणको खोजी भइरहेको छ । च्यानल १२ न्युजका अनुसार अरब दलहरूको बाह्य समर्थनमा याशर नेता आइसेनकोटको नेतृत्वमा अल्पमतको सरकार बनाउने सम्भावनाप्रति राम पार्टीका नेता मन्सुर अब्बासले शङ्का व्यक्त गरेका छन् । अरबबहुल दललाई समावेश गर्ने विषयमा डेमोक्रेट्सले मात्रै खुलापन देखाएको द टाइम्स अफ इजरायलले जनाएको छ ।

लिकुडसहितको राष्ट्रिय एकता सरकार बनेमा आइसेनकोट, टुगेदर आन्दोलनका नेता नफ्ताली बेनेट र इजरायल बेटेनुका नेता अभिग्डोर लिबर्मनको सहभागितामा सैद्धान्तिक रूपमा ६६ सिटको समर्थन जुट्न सक्छ । तर नेतान्याहुलाई सत्ताबाट हटाउने विपक्षीको प्रतिबद्धता र उहाँनको अति दक्षिणपन्थी तथा अति रूढिवादी सहयोगीहरूमाथिको निर्भरताका कारण यस्तो समीकरण तत्काल सम्भव देखिएको छैन । अल्पमतको सरकार गठनको प्रयासमा भने अरब दलहरूको समर्थन निर्णायक हुन सक्छ ।

यसैबीच, चुनावमा विदेशी हस्तक्षेप भएको आशङ्काबारे पनि अनुसन्धानको माग गरिएको छ । केन्द्रीय निर्वाचन समितिका अध्यक्ष नोम सोलबर्गले अरब क्षेत्रको मतदान प्रभावित पार्ने प्रयास भएको आशङ्काको अनुसन्धान गर्न शिन बेटका प्रमुख डेभिड जिनीलाई अनुरोध गरेका छन् । यद्यपि, निर्वाचन समितिले मतपत्रको विश्वसनीयतामा व्यवस्थित हस्तक्षेप भएको दाबी पुष्टि गर्ने ठोस प्रमाण नभएको जनाएको छ ।- रासस/एएनआई

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
1w ago
मध्यावधि चुनाव : ट्रम्पलाई झट्का, सिनेटमा डेमोक्र्याटको बहुमत

मध्यावधि चुनाव : ट्रम्पलाई झट्का, सिनेटमा डेमोक्र्याटको बहुमत

बहुमत पाएसँगै डेमोक्र्याटहरूले ट्रम्प प्रशासनमाथि निगरानी बढाउन, प्रशासनिक तथा न्यायिक नियुक्तिमा प्रभाव पार्न र सिनेटको कार्यसूची निर्धारण गर्न सक्नेछन्।

#बहुमत #सिट
Compare →
Hamro Patro News
6d ago
न्युजिल्यान्डको आम निर्वाचनमा कुनै पनि दलको स्पष्ट बहुमत आएन, गठबन्धन सरकार बन्ने संकेत

न्युजिल्यान्डको आम निर्वाचनमा कुनै पनि दलको स्पष्ट बहुमत आएन, गठबन्धन सरकार बन्ने संकेत

काठमाडौं : न्युजिल्यान्डको आम निर्वाचनमा कुनै पनि राजनीतिक दलले स्पष्ट बहुमत प्राप्त गर्न नसकेपछि नयाँ सरकार गठन अन्योलमा परेको छ । शनिबार सम्पन्न निर्वाचनको प्रारम्भिक मतपरिणामअनुसार प्रधानमन्त्री...

#बहुमत #गठबन्धन
Compare →
Onlinekhabar
5d ago
चुनावअघि इरानमाथि आक्रमण गर्न चाहन्थे नेतान्याहु, ट्रम्पले सुइँको पाएपछि रोकियो

चुनावअघि इरानमाथि आक्रमण गर्न चाहन्थे नेतान्याहु, ट्रम्पले सुइँको पाएपछि रोकियो

२२ कात्तिक, काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु गत अक्टोबरमा भएको चुनावभन्दा ठीक अगाडि इरानमाथि आक्रमण गर्न चाहन्थे। इजरायली न्युज च्यानल–१२ ले शुक्रबार प्रकाशित आफ्नो रिपोर्टमा यस्तो दाबी गरेको हो। रिपोर्टका अनुसार नेतान्याहुले इजरायलको जासुसी एजेन्सी …

#नेतान्याहु
Compare →
Bizshala
1d ago
नेतान्याहुलाई  प्रधानमन्त्री बन्नबाट रोक्ने तयारी, संसद्‌मा विधेयक पेस

नेतान्याहुलाई प्रधानमन्त्री बन्नबाट रोक्ने तयारी, संसद्‌मा विधेयक पेस

काठमाण्डौ । इजरायलमा नयाँ सरकार गठनको रस्साकस्सीबीच बेन्जामिन नेतान्याहुको अर्को कार्यकाल रोक्न सक्ने कानुनी...

#नेतान्याहु
Compare →

Related Stories

Politics & Governance
Build #2611