काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले संघीय राजधानी काठमाडौंका विभिन्न भेगमा भूमिगत विद्युत् प्रसारण लाइन विस्तार तथा स्तरोन्नतिको कामलाई अघि बढाउन आजदेखि आठ दिनसम्म विद्युत् आपूर्ति स्थगन गर्ने भएको छ ।
प्राधिकरणको कुलेश्वर तथा बानेश्वर वितरण केन्द्र मातहत रहेका विभिन्न फिडरहरूमा केबुल भूमिगत गर्ने कार्य गर्नुपर्ने भएकाले आज (१३ कात्तिक) देखि आगामी २० कात्तिकसम्म दैनिक बिहान १०:३० बजेदेखि दिउँसो ४:०० बजेसम्म विद्युत् सेवा अवरुद्ध हुन लागेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् ( clickmandu.com )