खुम्बु पासाङ ल्हामु गाउँपालिका-५ स्थित डिङ्बोचेमा रहेको होटलमा भएको आगलागी नियन्त्रणमा लिने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौँ — सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका-५ स्थित डिङ्बोचेमा रहेको एक होटलमा आगलागी भएको छ ।
बिहान ११ बजेतिर होटल गुड लकमा लागेको आगो नियन्त्रणमा लिने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय, सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक नवीनराजा बुढाथोकीले बताए । 'प्रारम्भिक जानकारीअनुसार ग्यास पड्केर आगो लाग्यो कि भन्ने छ, थप अनुसन्धानपछि थाहा हुनेछ,' उनले भने ।
डिङ्बोचे सगरमाथा आधार शिविर जाने रुटमा पर्छ । यहाँ अहिले हिमपात भइरहेको छ ।