Trending
Prev Story
Next Story

दरबारमार्गमा आगलागी

Nagarik News •
November 08, 2026 • 04:49 AM
1
1 reads 0 reactions

काठमाडौंको दरबारमार्गस्थित महेन्द्र शालिकनजिकै रहेको लिक्विड लाउन्ज बारमा आगलागी भएको छ।

दरबारमार्गमा आगलागी

काठमाडौंको दरबारमार्गस्थित महेन्द्र शालिकनजिकै रहेको लिक्विड लाउन्ज बारमा आगलागी भएको छ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका अनुसार आज बिहान करिब ९ बजे बारमा आगलागी भएको हो।

आगलागी नियन्त्रणमा लिन दुईवटा दमकल घटनास्थल पुगेका छन्। आगलागी हुँदा बारमा कोही पनि नभएको प्रहरीले जनाएको छ। बारका सञ्चालकलाई सम्पर्क गर्ने प्रयास भइरहेको प्रहरीको भनाइ छ।

आगलागीबाट भएको क्षतिको विवरण र आगलागीको कारण भने खुल्न सकेको छैन। घटनाबारे थप अनुसन्धानपछि मात्रै वास्तविक कारण र क्षतिको विवरण यकिन हुने प्रहरीले जनाएको छ।

प्रकाशित: २२ कार्तिक २०८३ १०:३४ आइतबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Hamro Patro News
6h ago
मोरङका दुई छुट्टाछुट्टै स्थानमा आगलागी, करिब ६ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट!

मोरङका दुई छुट्टाछुट्टै स्थानमा आगलागी, करिब ६ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट!

मोरङ जिल्लाका दुई स्थानीय तहमा भएका छुट्टाछुट्टै आगलागीका घटनामा करिब ६ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ। प्राप्त विवरणअनुसार, रंगेली नगरपालिका–८ मा झबु रिसिदेबको घरमा आगलागी हुँदा करिब ...

#आगलागी
Compare →

Related Stories

Technology
Build #2611