Trending
Prev Story
Next Story

मधेसमा नयाँ सरकार गठन गर्न तीन दलबिच छलफल

Nagarik News •
October 30, 2026 • 06:38 AM
1
1 reads 0 reactions

मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि नेकपा (एमाले), जनता समाजवादी पार्टी (जसपा) नेपाल र जनमत पार्टीबिच छलफल अघि बढेको छ।

मधेसमा नयाँ सरकार गठन गर्न तीन दलबिच छलफल

मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि नेकपा (एमाले), जनता समाजवादी पार्टी (जसपा) नेपाल र जनमत पार्टीबिच छलफल अघि बढेको छ।

नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव नेतृत्वको सरकारलाई एमालेले गत असोज २५ गते दिएको समर्थन फिर्ता लिएपछि तीन दल नयाँ सरकार गठनको तयारीमा जुटेका हुन्।

जनमत पार्टीका नेता तथा प्रदेशसभा सदस्य महेशप्रसाद यादवका अनुसार तीन दलबीच नयाँ सरकार गठनका विषयमा छलफल भइरहेको छ।

यद्यपि, सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा भने ठोस सहमति भइ नसकेको उनले बताए। एमाले संसदीय दलका नेता सरोजकुमार यादवले जसपा र जनमत पार्टीका नेताहरूसँग नयाँ सरकार गठनका विषयमा संवाद भइरहेको र चाडपर्व सकिएपछि छलफललाई निष्कर्षमा पुर्याइने जानकारी दिए। नयाँ राजनीतिक समीकरणसँगै नयाँ सरकारको नेतृत्वमा भने तीनवटै दलबाट दाबी हुँदै आएको छ।

प्रदेशसभामा सबैभन्दा ठूलो दल रहेको जसपाले सरकारको नेतृत्व आफूले गर्न पाउनुपर्ने दाबी गर्दै आएको छ। उक्त पार्टी संसदीय दलका नेता सरोजकुमार यादवले तीनवटै दलका अध्यक्षबीच केन्द्रबाटै प्रदेश सरकारको नेतृत्वका विषयमा सहमति जुटाउने समझदारी भएको बताए।

एक सय सात सदस्यीय मधेस प्रदेशसभामा सरकार गठन गर्न कम्तीमा ५४ प्रदेशसभा सदस्यको समर्थन आवश्यक पर्नेछ। अहिले यहाँ नेपाली कांग्रेसका २२, एमालेका २३, जसपाका २७, नेपाली कम्युनिष्ट पार्टीका १५ र जनमत पार्टीका १२ सदस्य रहेका छन्।

त्यस्तै, सङ्घीय समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक–एक सदस्य छन्। रासस

प्रकाशित: १३ कार्तिक २०८३ १२:२३ शुक्रबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Ekantipur
6d ago
मधेशमा जसपाको नेतृत्वमा नयाँ सरकार बनाउन एमाले र नेकपाको कसरत

मधेशमा जसपाको नेतृत्वमा नयाँ सरकार बनाउन एमाले र नेकपाको कसरत

एमाले र नेकपाले समर्थन फिर्ता लिएपछि कांग्रेस नेतृत्वको प्रदेश सरकार अल्पमतमा परेको छ भने नयाँ सरकारबारे जसपा अझै अनिर्णीत छ ।

#एमा #जसपा
Compare →
Onlinekhabar
4d ago
इजरायलमा सरकार गठनका लागि गादी आइजेनकोटलाई म्यान्डेट

इजरायलमा सरकार गठनका लागि गादी आइजेनकोटलाई म्यान्डेट

इजरायलका राष्ट्रपति आइज्याक हर्जोगले पूर्व सैन्य प्रमुख गादी आइजेनकोटलाई नयाँ सरकार गठनको औपचारिक जिम्मेवारी सुम्पिएका छन्। नोभेम्बर ७ र ८ मा अरब जगत्का प्रमुख टेलिभिजन च्यानलहरूले यो घटनाक्रमलाई प्रमुखताका साथ प्रसारण गर्दै इजरायलको राजनीतिक भविष्य तय …

#गठन
Compare →
Hamro Patro News
4d ago
नेतन्याहुसँग मिलेर सरकार गठन गर्न तयार छु, तर नेतृत्व मेरो हुनुपर्छ : आइजेनकोट

नेतन्याहुसँग मिलेर सरकार गठन गर्न तयार छु, तर नेतृत्व मेरो हुनुपर्छ : आइजेनकोट

काठमाडौं । इजरायलमा नयाँ सरकार गठनको आधिकारिक जिम्मेवारी पाएपछि विपक्षी नेता गादी आइजेनकोटले यस विषयमा बोलेका छन्। बीबीसी फारसीका अनुसार आइजेनकोटले भनेका छन्, ‘म वर्तमान प्रधानमन्त्री बेन्जामिन नेत...

#गठन
Compare →
Arthasansar
5d ago
नेतान्याहुलाई पछि पार्दै इजरायलको नयाँ सरकार गठन गर्ने जिम्मेवारी आइजेनकोटलाई

नेतान्याहुलाई पछि पार्दै इजरायलको नयाँ सरकार गठन गर्ने जिम्मेवारी आइजेनकोटलाई

इजरायलका राष्ट्रपति इसाक हर्जोगले पूर्वप्रधानसेनापति गादी आइजेनकोटलाई नयाँ सरकार गठन गर्ने जिम्मेवारी दिएका छन्। वर्तमान प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई पछि पार्दै...

#गठन
Compare →
Bizshala
1w ago
लाओससँग व्यापार र लगानी विस्तार गर्न नेपाल–लाओस चेम्बर अफ कमर्स गठनको पहल

लाओससँग व्यापार र लगानी विस्तार गर्न नेपाल–लाओस चेम्बर अफ कमर्स गठनको पहल

काठमाण्डौ । नेपाल र लाओसबीच व्यापार, पर्यटन, लगानी तथा सांस्कृतिक आदानप्रदान विस्तार गर्न नेपाल–लाओस चेम्बर अफ कमर्स...

#गठन
Compare →

Related Stories

Politics & Governance
Build #2612