Trending
Prev Story
Next Story

सन नेपाल लाइफमा संस्थापक सेयर घट्ने सर्वसाधारणको हिस्सा ४९ प्रतिशत पुग्ने

Bizshala •
October 30, 2026 • 06:33 AM
1
1 reads 0 reactions

काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक र सर्वसाधारण सेयरधनीको स्वामित्व अनुपात परिवर्तन...

सन नेपाल लाइफमा संस्थापक सेयर घट्ने सर्वसाधारणको हिस्सा ४९ प्रतिशत पुग्ने

काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक र सर्वसाधारण सेयरधनीको स्वामित्व अनुपात परिवर्तन गर्ने प्रक्रिया अघि बढाएको छ।

कम्पनीले हाल कायम रहेको संस्थापक सेयरधनीको ७० प्रतिशत र सर्वसाधारण सेयरधनीको ३० प्रतिशत स्वामित्व संरचनालाई परिवर्तन गरी क्रमशः ५१ प्रतिशत र ४९ प्रतिशत कायम गर्ने तयारी गरेको हो।

कम्पनीको सञ्चालक समितिको २०८३ कात्तिक १२ गते बसेको १६९ औँ बैठकले उक्त स्वामित्व संरचना परिवर्तन गर्ने निर्णय गरेको छ। सो निर्णयअनुसार आवश्यक कानुनी प्रक्रिया पूरा गरी नेपाल बीमा प्राधिकरणसहित सम्बन्धित नियामक निकायबाट स्वीकृति लिइनेछ।

कम्पनीले नेपाल बीमा प्राधिकरणबाट जारी बीमकको संस्थापक सेयर कारोबारसम्बन्धी निर्देशन, २०७७ को दफा ५ को अधीनमा रही स्वामित्व संरचना परिवर्तन गर्न लागेको जनाएको छ।

स्वामित्व संरचना परिवर्तनपछि संस्थापक सेयरधनीको हिस्सा हालको ७० प्रतिशतबाट १९ प्रतिशत बिन्दुले घटेर ५१ प्रतिशतमा झर्नेछ। अर्कोतर्फ सर्वसाधारण सेयरधनीको हिस्सा ३० प्रतिशतबाट बढेर ४९ प्रतिशत पुग्नेछ।

सञ्चालक समितिको निर्णयलाई आगामी वार्षिक साधारणसभामा प्रस्तावका रूपमा पेश गरिने कम्पनीले जनाएको छ। साधारणसभाबाट प्रस्ताव पारित हुनुका साथै नेपाल बीमा प्राधिकरणलगायत नियामक निकायबाट आवश्यक स्वीकृति प्राप्त भएपछि नयाँ सेयर स्वामित्व संरचना कार्यान्वयनमा आउनेछ।

कम्पनीले उक्त निर्णयबारे नेपाल स्टक एक्सचेञ्ज, कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल धितोपत्र बोर्ड, नेपाल बीमा प्राधिकरण, सीडीएस एण्ड क्लियरिङ लिमिटेड र नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडलाई समेत जानकारी गराएको छ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Arthasansar
6d ago
महुली लघुवित्तको सेयर संरचना परिवर्तन, २ लाख बढी संस्थापक सेयर सर्वसाधारणमा परिणत

महुली लघुवित्तको सेयर संरचना परिवर्तन, २ लाख बढी संस्थापक सेयर सर्वसाधारणमा परिणत

महुली लघुवित्त वित्तीय संस्था लिमिटेडका २ लाख २१ हजार ५०१.५९ कित्ता संस्थापक सेयर सर्वसाधारण सेयरमा परिणत भएको छ । सेयर...

#संस्थापक #सर्वसाधारण #परिवर्तन
Compare →
Onlinekhabar
1d ago
रविले जनकपुरमा सर्वसाधारणको घरमा बसेर छठ मनाउने

रविले जनकपुरमा सर्वसाधारणको घरमा बसेर छठ मनाउने

२६ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने यसवर्ष छठ पर्व मनाउन जनकपुरधाममा सर्वसाधारणको घरमा बसेर विधिपूर्वक मनाउने भएका छन् । सभापति लामिछानले जनकपुरधामस्थित गङ्गासागरमा छठ मनाउने र पार्टीसँग असम्बन्धित सर्वसाधारण नागरिकको …

#सर्वसाधारण
Compare →
Nagarik News
2d ago
ठूलो आवाज निकालेर सर्वसाधारणलाई हैरानी दिने ५६ सवारीसाधन प्रहरी नियन्त्रणमा

ठूलो आवाज निकालेर सर्वसाधारणलाई हैरानी दिने ५६ सवारीसाधन प्रहरी नियन्त्रणमा

चाडपर्वका बेला सर्वसाधारणलाई सुरक्षित, शान्त र भयमुक्त वातावरणमा आवागमनको व्यवस्था मिलाउने उद्देश्यले प्रहरीले काठमाडौंका विभिन्न स्थानमा चेकजाँच तथा निगरानी गरेको थियो।

#सर्वसाधारण
Compare →
Hamro Patro News
4d ago
फिक्कल बजारमा किनमेल गर्ने सर्वसाधारणको घुँइचो

फिक्कल बजारमा किनमेल गर्ने सर्वसाधारणको घुँइचो

काठमाडौं । तिहारअन्तर्गत भाइटीका नजिकिदै जाँदा इलाम जिल्लाको व्यापारिक केन्द्र फिक्कल बजारमा किनमेल गर्ने सर्वसाधारणको घुँइचो लागेको छ । तिहारको मुख्य दिन मानिने भाइटीकालाई लक्षित गर्दै बजारमा मान...

#सर्वसाधारण
Compare →

Related Stories

National (Nepal)
Build #2611