Trending
Prev Story
Next Story

फरार प्रतिवादी पत्ता लगाउन खटिएका थिए प्रहरी दम्पती, दुर्घटनामा श्रीमान्‌को मृत्यु

Ekantipur •
October 30, 2026 • 06:02 AM
1
1 reads 0 reactions

रौतहटमा ट्र्याक्टर र मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा एक प्रहरी जवानको मृत्यु भएको छ । दुर्घटनामा उनकी श्रीमती गम्भीर घाइते भएकी छन् ।

फरार प्रतिवादी पत्ता लगाउन खटिएका थिए प्रहरी दम्पती, दुर्घटनामा श्रीमान्‌को मृत्यु

रौतहटमा ट्र्याक्टर र मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा एक प्रहरी जवानको मृत्यु भएको छ । दुर्घटनामा उनकी श्रीमती गम्भीर घाइते भएकी छन् ।

रौतहट — रौतहटको दुधिअवा–बालचनपुर सडक खण्डमा ट्र्याक्टर र मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा एक प्रहरी जवानको मृत्यु भएको छ । दुर्घटनामा उनकी श्रीमती गम्भीर घाइते भएकी छन् ।

जिल्लाको फतुवा विजयपुर नगरपालिका–११ राँगी टोलस्थित दुधिअवा–बालचनपुर सडक खण्डमा दुधिअवाबाट बालचनपुर आउँदै गरेको ना २ त ४७८६ नम्बरको ट्र्याक्टर र विपरीत दिशाबाट जाँदै गरेको बागमती प्रदेश ०२–०५३ प ८२०२ नम्बरको मोटरसाइकल बिहीबार साँझ ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटनामा बाराको सिमरनगढस्थित इलाका प्रहरी कार्यालयमा कार्यरत ३५ वर्षीय प्रहरी जवान सुभाष चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गौरका डीएसपी वसन्त गौतमले जानकारी दिए ।

मोटरसाइकलको पछाडि सवार उनकी ३० वर्षीया श्रीमती प्रहरी जवान निशा खड्का गम्भीर घाइते भएकी छन् । उनको दाहिने खुट्टा भाँचिएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते दुवैलाई उपचारका लागि वीरगन्जस्थित बयोधा अस्पताल पठाइएको थियो । अस्पतालमा चिकित्सकले राति प्रहरी जवान चौधरीलाई मृत घोषणा गरेका थिए ।

गम्भीर घाइते निशाको सोही अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय सिमरनगढका प्रमुख प्रहरी निरीक्षक कृष्णदेव साहले बताए । दुर्घटनाको खबर पाउनासाथ रौतहटको प्रहरी चौकी दुधिअवाबाट टोली घटनास्थलमा पुगेर घाइतेको उद्धार गरेको थियो ।

रौतहटको गुजरा नगरपालिका–४ पोखरिभिन्डा घर भएका प्रहरी जवान चौधरी र खड्का फरार प्रतिवादीहरू पत्ता लगाउन बाराबाट खटिएका थिए । दुवै सादा पोसाकमा कामको सिलसिलामा खटिएको प्रहरी निरीक्षक साहले बताए ।

‘दुवै जना श्रीमान्–श्रीमती मोटरसाइकलमा जाँदा फरार प्रतिवादीहरूले थाहा पाउँदैनन् भनेर खटाएको हुँ,’ उनले भने, ‘गाउँबाट फर्कंदै गर्दा दुःखद घटना भयो । घटनाको अनुसन्धान हुँदै छ ।’ घाइते निशाको बयोधा अस्पतालको आईसीयूमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

शिव उनी कान्तिपुरका संवाददाता हुन् । रौतहटलाई केन्द्र बनाएर उनले मधेश प्रदेशको राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
10h ago
पोखरामा स्कुटर दुर्घटना: २ युवकको मृत्यु

पोखरामा स्कुटर दुर्घटना: २ युवकको मृत्यु

पोखरा । पोखरामा स्कुटर दुर्घटनामा परि २ जना युवकको मृत्यु भएको छ । शुक्रबार दिउँसो करिब ३ बजे पोखरा ५ जिरो किमीस्थित लु३च५२७४ नं. को रोकी राखेको बोलेरो जिपको पछाडि ग२३प१७१६ नं. को स्कुटर ठोक्किएको...

#दुर्घटना #मृत्यु
Compare →
Onlinekhabar
7h ago
भीमफेदी दुर्घटनाका १३ जनाको शव सर्लाही आइपुग्यो, आजै सामूहिक अन्त्येष्टि गरिँदै

भीमफेदी दुर्घटनाका १३ जनाको शव सर्लाही आइपुग्यो, आजै सामूहिक अन्त्येष्टि गरिँदै

२७ कात्तिक, सर्लाही । मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा भएको विद्युतीय हायस दुर्घटनामा मृत्यु भएका सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरका १३ जनाको शव गाउँ ल्याइएको छ । बिहीबार बिहान भएको दुर्घटनामा मृत्यु भएका उनीहरूको शव पोस्टमार्टमपछि शुक्रबार साँझ …

#दुर्घटना #मृत्यु
Compare →
Nagarik News
20h ago
धनगढीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृ’त्यु, पाँच घाइते

धनगढीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृ’त्यु, पाँच घाइते

मोटरसाइकल र स्कुटर एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन्।

#मृत्यु #मोटरसाइकल
Compare →
Bizshala
16h ago
भीमफेदी दुर्घटनाका १३ मृतकको शव अस्पतालमै, जनही १० लाख क्षतिपूर्तिको माग

भीमफेदी दुर्घटनाका १३ मृतकको शव अस्पतालमै, जनही १० लाख क्षतिपूर्तिको माग

काठमाण्डौ । भीमफेदी सवारी दुर्घटनामा ज्यान गुमाएकाका परिवारले संघीय सरकारबाट क्षतिपूर्तिसहित आफ्ना माग सम्बोधन...

#दुर्घटना
Compare →

Related Stories

National (Nepal)
Build #2612