Trending
Prev Story
Next Story

हिमपातका कारण कञ्चनजङ्घा आधारशिविर जाने पर्यटक प्रभावित

Ekantipur •
October 30, 2026 • 05:31 AM
1
1 reads 0 reactions

बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभावले ताप्लेजुङको कञ्चनजङ्घा आधारशिविर जाने पर्यटक प्रभावित भएका छन् ।

हिमपातका कारण कञ्चनजङ्घा आधारशिविर जाने पर्यटक प्रभावित

बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभावले ताप्लेजुङको कञ्चनजङ्घा आधारशिविर जाने पर्यटक प्रभावित भएका छन् ।

ताप्लेजुङ — बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभावले ताप्लेजुङको कञ्चनजङ्घा आधारशिविर जाने पर्यटक प्रभावित भएका छन् । उच्च हिमाली क्षेत्रमा हिमपात भएपछि आन्तरिक तथा बाह्य पर्यटकको यात्रा प्रभावित भएको हो ।

कञ्चनजङ्घा आधारशिविरतर्फ जाँदै गरेका पर्यटक प्रतिकूल मौसमका कारण लोनाक, खाम्बाचेन र आधारशिविर क्षेत्रबाट सुरक्षित स्थान घुन्सातर्फ फर्किएका छन् । कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्, घुन्सा चेकपोस्टका पर्यटन सहायक टासी तेन्जिङ शेर्पाले पर्यटकहरू घुन्सामै रोकिएको जानकारी दिए ।

शेर्पाले भने, ‘बेसक्याम्प जाने पर्यटकहरू घुन्सामै बसेका छन् । ६–७ जना मात्र घुन्साबाट माथि गएका छन् । माथि हिमपात भइरहेको छ । हिमाल सेताम्मे देखिन्छ ।’

समुद्र सतहदेखि तीन हजार ४७५ मिटर उचाइमा रहेको घुन्सा बस्ती कञ्चनजङ्घा आधारशिविरको प्रवेशद्वार हो । घुन्साबाट दुईवटा क्याम्प पार गर्दै कञ्चनजङ्घा हिमालको उत्तरी आधारशिविर पाङ्पे पुग्न सकिन्छ । खाम्बाचेन समुद्र सतहदेखि चार हजार ५० मिटर, लोनाक चार हजार ७८० मिटर र उत्तरी आधारशिविर पाङ्पे पाँच हजार १४३ मिटर उचाइमा अवस्थित छन् । यी क्षेत्रमा हिमपात भएको छ ।

प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालका अनुसार स्वदेशी तथा विदेशी गरी करिब २५० पर्यटक अहिले कञ्चनजङ्घा क्षेत्रमा छन् । उनीहरू त्यस क्षेत्रका विभिन्न बस्ती तथा होटलमा बसेका छन् । ओलाङचुङगोला, घुन्सा र याम्फुदिनलगायत क्षेत्रमा पर्यटकको चहलपहल बढी छ ।

भदौदेखि कात्तिक १२ गतेसम्म ६०० जना विदेशी पर्यटकले कञ्चनजङ्घा क्षेत्रको भ्रमण गरेका छन् ।

यता, सदरमुकाम फुङ्लिङमा पनि बिहीबारदेखि निरन्तर वर्षा भइरहेको छ । हिमाली क्षेत्रमा वर्षा र हिमपात भएपछि जिल्लामा चिसो बढेको छ । प्रतिकूल मौसमका कारण कञ्चनजङ्घा आधारशिविर जाने पर्यटकको यात्रा प्रभावित भएको छ ।

नेपाल नेपाल न्यूज बैंक न्युज एजेन्सी हो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
2d ago
हिमाली क्षेत्रमा जाने पर्यटक र पर्वतारोहीलाई राहत, उच्च उचाइको रोग व्यवस्थापनका लागि नेपालले ल्यायो पहिलो राष्ट्रिय मापदण्ड

हिमाली क्षेत्रमा जाने पर्यटक र पर्वतारोहीलाई राहत, उच्च उचाइको रोग व्यवस्थापनका लागि नेपालले ल्यायो पहिलो राष्ट्रिय मापदण्ड

नेपालका हिमाली क्षेत्रमा पदयात्रा तथा पर्वतारोहणका लागि जाने पर्यटक, पर्वतारोही र स्थानीय बासिन्दाको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै सरकारले उच्च उचाइमा लाग्ने रोग व्यवस्थापनका लागि पहिलो राष्ट...

#पर्यटक #जाने
Compare →
Onlinekhabar
1d ago
भारत भ्रमण गर्ने ‘टप टेन’ देशका पर्यटकमध्ये नेपाली १०औं स्थानमा

भारत भ्रमण गर्ने ‘टप टेन’ देशका पर्यटकमध्ये नेपाली १०औं स्थानमा

२६ कात्तिक, काठमाडौं । सन् २०२५ मा भारतले ९१ लाख ४८ हजार ७ सय ६६ विदेशी पर्यटकलाई आफ्नो मुलुकमा स्वागत गरेको छ । तीमध्ये नेपाली पर्यटक ‘टप टेन’ भित्र अटाउन सफल भएका छन् । नेपालबाट स्वास्थ्योपचार, …

#पर्यटक
Compare →
Bizshala
1d ago
बाढीपछि गोसाइँकुण्डमा फर्किन थाले पर्यटक, स्थानीय व्यवसायमा राहत

बाढीपछि गोसाइँकुण्डमा फर्किन थाले पर्यटक, स्थानीय व्यवसायमा राहत

काठमाण्डौ । बाढीका कारण सुस्ताएको रसुवाको गोसाइँकुण्ड क्षेत्रको पर्यटन व्यवसाय क्रमशः लयमा फर्किन थालेको छ। सडक तथा...

#पर्यटक
Compare →
Nagarik News
1d ago
बाढीपछि गोसाइँकुण्डमा बढ्न थाल्याे पर्यटकको चहलपहल

बाढीपछि गोसाइँकुण्डमा बढ्न थाल्याे पर्यटकको चहलपहल

धार्मिक आस्था, प्राकृतिक सौन्दर्य र जैविक विविधताले भरिपूर्ण रसुवाको प्रसिद्ध तीर्थस्थल गोसाइँकुण्डमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन पुनः बढ्न थालेको छ।

#पर्यटक
Compare →

Related Stories

World News
Build #2612