Trending
Prev Story
Next Story

ट्याक्टरको ठक्करबाट पैदल हिँडेका १२ वर्षीय बालकको मृत्यु

Ekantipur •
October 30, 2026 • 05:31 AM
3
3 reads 0 reactions

जिल्लाको इस्मा गाउँपालिका-६ आँपलायमा जैथुमदेखि कुखुरेखोला जाँदै गरेको लु २ त ६१९४ नम्बरको ट्याक्टरले पैदल हिँडेका सोही स्थानका १२ वर्षीय कुञ्जन खत्रीलाई ठक्कर दिएको थियो ।

ट्याक्टरको ठक्करबाट पैदल हिँडेका १२ वर्षीय बालकको मृत्यु

जिल्लाको इस्मा गाउँपालिका-६ आँपलायमा जैथुमदेखि कुखुरेखोला जाँदै गरेको लु २ त ६१९४ नम्बरको ट्याक्टरले पैदल हिँडेका सोही स्थानका १२ वर्षीय कुञ्जन खत्रीलाई ठक्कर दिएको थियो ।

गुल्मी — गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु भएको छ । जिल्लाको इस्मा गाउँपालिका-६ आँपलायमा जैथुमदेखि कुखुरेखोला जाँदै गरेको लु २ त ६१९४ नम्बरको ट्याक्टरले पैदल हिँडेका सोही स्थानका १२ वर्षीय कुञ्जन खत्रीलाई ठक्कर दिएको थियो ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माका अनुसार, बिहीबार साँझ ५ बजे ट्याक्टरले ठक्कर दिएको सूचनापछि अस्थायी प्रहरी पोष्ट धनार्जे र जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी टोली खटिएको थियो । प्रहरी निरीक्षक सुदिप नेपालीको नेतृत्वमा खटिएको प्रहरी टोली घटनास्थलमा पुग्दा घाइते बालकको मृत्यु भइसकेको थियो ।

ट्याक्टर र चालक प्रहरी नियन्त्रणमा छन् । बालकको शव पोष्टमार्टमका लागि गुल्मी अस्पताल ल्याइएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
1d ago
कैलालीमा खेत जोत्ने ट्याक्टरबाट खसेर ७ वर्षीय बालकको मृत्यु

कैलालीमा खेत जोत्ने ट्याक्टरबाट खसेर ७ वर्षीय बालकको मृत्यु

२७ कात्तिक, धनगढी । कैलालीमा ट्याक्टरबाट खसेर बालकको मृत्यु भएको छ । गौरीगंगा नगरपालिका–८ लिम्कामा ट्याक्टरबाट खसेर ७ वर्षीय बालक सुशान्त चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । उनी ट्याक्टरबाट खसेर पछाडि जोडिएको रोटाभेटरमा परेका थिए । प्रहरीका …

#ट्याक्टर #वर्षीय #बालक
Compare →
Hamro Patro News
1d ago
साँगामा बसको ठक्करबाट १४ वर्षीया किशोरीको मृत्यु, मोटरसाइकल चालक घाइते

साँगामा बसको ठक्करबाट १४ वर्षीया किशोरीको मृत्यु, मोटरसाइकल चालक घाइते

भक्तपुर । भक्तपुर र काभ्रेपलाञ्चोकको सीमा क्षेत्र साँगामा बसको ठक्करबाट १४ वर्षीया किशोरीको मृत्यु भएको छ । शुक्रबार दिउँसो भएको दुर्घटनामा मोटरसाइकल चालक घाइते भएका छन् । सूर्यविनायक नगरपालिका–१०...

#ठक्कर #वर्षीय #मृत्यु
Compare →
Nagarik News
9h ago
उदयपुरमा ट्याक्टर र मोटरसाइकल ठोक्किँदा २२ वर्षीय युवकको मृ’ त्यु

उदयपुरमा ट्याक्टर र मोटरसाइकल ठोक्किँदा २२ वर्षीय युवकको मृ’ त्यु

उदयपुरको चौदण्डीगढी नगरपालिका-१० खैराझोरास्थित मदन भण्डारी लोकमार्गमा शनिबार दिउँसो ट्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।

#ट्याक्टर #वर्षीय
Compare →

Related Stories

Entertainment & Cinema
Build #2612