Trending
Prev Story
Next Story

लगातार दुई खेलमा हारपछि सन्दीपले भने– हाम्रो सबैभन्दा ठूलो कमजोरी फिल्डिङ रह्यो

Hamro Patro News •
October 30, 2026 • 03:23 AM
1
1 reads 0 reactions

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किङ्सले लगातार दोस्रो हार बेहोरेपछि कप्तान सन्दीप लामिछानेले टोलीको कमजोर फिल्डिङ र धैर्यताको कमीलाई हारको मुख्य कारण बताएका छन्। बिहीबार कर्णाली ...

लगातार दुई खेलमा हारपछि सन्दीपले भने– हाम्रो सबैभन्दा ठूलो कमजोरी फिल्डिङ रह्यो

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किङ्सले लगातार दोस्रो हार बेहोरेपछि कप्तान सन्दीप लामिछानेले टोलीको कमजोर फिल्डिङ र धैर्यताको कमीलाई हारको मुख्य कारण बताएका छन्। बिहीबार कर्णाली याक्ससँग पराजित भएपछि आयोजित पोस्टम्याच प्रेस मिटमा कप्तान सन्दीपले ब्याटिङ र बलिङमा टोलीले राम्रो सुरुवात गरे पनि त्यसलाई अन्तिमसम्म कायम राख्न नसकेको बताए।

उनले खेलको सुरुवाती चरणमा टोलीको प्रदर्शन राम्रो रहेको र विपक्षीका चार–पाँच विकेट लिइसकेको अवस्थामा पनि दबाब कायम राख्न नसकेको बताए। 'हामीले सात–आठ ओभरसम्म एकदम राम्रो गरिरहेका थियौँ। टिमको मोमेन्टम पनि हामीसँगै थियो। चार–पाँच विकेट लिइसकेका थियौँ। तर इनिङ नसकिँदासम्म धैर्य राख्नुपर्ने थियो, जुन हामीले गर्न सकेनौँ,' उनले भने।

Read full story at source ( nepalviews.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
1d ago
सन्दीपको हृयाट्रिकसहित ६ विकेटको कीर्तिमान, पोखराविरुद्ध विराटनगरलाई सामान्य लक्ष्य

सन्दीपको हृयाट्रिकसहित ६ विकेटको कीर्तिमान, पोखराविरुद्ध विराटनगरलाई सामान्य लक्ष्य

सन्दीप लामिछानेले युवराज समराको उत्कृष्ट इनिङलाई छाॅयामा पार्दै हृयाट्रिकसहित कीर्तिमानी बलिङ गरेपछि विराटनगर किंग्सले नेपाल प्रिमियर लिग क्रिकेटमा बिहीबार पोखरा एभेन्जर्सविरुद्धको खेल जित्न १ सय ३३ रनको लक्ष्य पाएको छ ।

#एनपीएल #प्रिमियर-लिग #सन्दीप
Compare →
Onlinekhabar
1d ago
सन्दीप लामिछानेले लिए ह्याट्रिक सहित ६ विकेट

सन्दीप लामिछानेले लिए ह्याट्रिक सहित ६ विकेट

२६ कात्तिक, काठमाडौं । विराटनगर किंग्सका कप्तान सन्दीप लामिछानेले नेपाल प्रिमियर लिग (एनपीएल) मा ह्याट्रिक विकेट लिएका छन्। उनले पोखरा एभेन्जर्सविरुद्ध ह्याट्रिकसहित ६ विकेट लिएका हुन्। उनी यस सिजन एकै खेलमा ६ विकेट लिने पहिलो बलर …

#एनपीएल #प्रिमियर-लिग #सन्दीप
Compare →
Nagarik News
1d ago
एनपीएलः पोखराविरुद्ध सन्दीपको ह्याट्रिक विकेट

एनपीएलः पोखराविरुद्ध सन्दीपको ह्याट्रिक विकेट

नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किङ्सका कप्तान सन्दीप लाछिानेले ह्याट्रिक विकेट लिएका छन्। पोखरा एभेन्जर्सविरुद्ध उनले १५औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्।

#एनपीएल #प्रिमियर-लिग #सन्दीप
Compare →
Arthasansar
1d ago
एनपीएल क्रिकेट : पोखरा प्लेअफ होडबाट बाहिरियो, सन्दीपको ६ विकेटमा विराटनगरको तेस्रो जित

एनपीएल क्रिकेट : पोखरा प्लेअफ होडबाट बाहिरियो, सन्दीपको ६ विकेटमा विराटनगरको तेस्रो जित

कप्तान सन्दीप लामिछानेले ह्याट्रिक सहित ६ विकेट लिँदा नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगरले बिहीबार पोखरा एभेन्जर्सलाई ४ विकेटले पराजित...

#एनपीएल #प्रिमियर-लिग #सन्दीप
Compare →

Related Stories

Technology
Build #2612