Trending
Prev Story
Next Story

एआई लगानीको दबाबले गुगलको ५०० अर्ब डलरभन्दा बढी बजार मूल्य घट्यो

Bizshala •
October 30, 2026 • 03:33 AM
1
1 reads 0 reactions

काठमाडौं । कृत्रिम बौद्धिकता (एआई) क्षेत्रमा बढ्दो लगानी र त्यसले मुख्य व्यवसायमा पारेको प्रभावप्रति लगानीकर्ता...

एआई लगानीको दबाबले गुगलको ५०० अर्ब डलरभन्दा बढी बजार मूल्य घट्यो

काठमाडौं । कृत्रिम बौद्धिकता (एआई) क्षेत्रमा बढ्दो लगानी र त्यसले मुख्य व्यवसायमा पारेको प्रभावप्रति लगानीकर्ता सशङ्कित भएपछि गुगलको मातृ कम्पनी अल्फाबेटले एकै दिन ५०० अर्ब डलरभन्दा बढी बजार मूल्य गुमाएको छ।

अमेरिकी सेयर बजारमा अल्फाबेटको सेयर मूल्य झन्डै १३ प्रतिशतले घटेर ६ महिनायताकै न्यून विन्दुमा पुगेको हो। यससँगै कम्पनीको बजार पुँजीकरण एक दिनअघि ३.९७ ट्रिलियन डलर रहेकामा घटेर ३.४६ ट्रिलियन डलरमा झरेको छ।

गुगल सर्चमा एआईबाट तयार गरिने सारांशले विज्ञापन बिक्रीमा असर पारेको विवरण सार्वजनिक भएपछि लगानीकर्ताको चिन्ता बढेको हो। गुगलको कुल व्यवसायमा सर्च विज्ञापनको सबैभन्दा ठूलो योगदान छ।

अल्फाबेटको त्रैमासिक आम्दानी २५ प्रतिशतले बढेर १२७ अर्ब ६० करोड डलर पुगे पनि नाफा २५ प्रतिशतले घटेको छ। कम्पनीको स्वतन्त्र नगद प्रवाह पनि नौ अर्ब डलरभन्दा बढी ऋणात्मक देखिएको छ। एआई क्षेत्रमा भइरहेको ठूलो लगानीका कारण खर्च बढेको कम्पनीको वित्तीय विवरणले देखाएको छ।

यसै साता वित्तीय विवरण सार्वजनिक गरेका अमेजन र माइक्रोसफ्ट पनि एआई प्रतिस्पर्धामा ठूलो रकम खर्च गर्ने योजनामा छन्। अमेजनको आम्दानी ११ प्रतिशतले बढेर २०१ अर्ब डलर पुगे पनि नगद प्रवाह ४२ अर्ब डलर ऋणात्मक रहेको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत एन्डी जसीले भविष्यमा एक ट्रिलियन डलरसम्म आम्दानी दिन सक्ने सम्भावना भएका दुई व्यवसायमा लगानी भइरहेको बताएका छन्। उनले आफ्नै कम्प्युटर चिप उत्पादन तथा एआई प्लेटफर्म बेडरकको सम्भावनालाई विशेष जोड दिएका छन्।

यता माइक्रोसफ्टको त्रैमासिक आम्दानी १९ प्रतिशतले बढेर ९२ अर्ब ३० करोड डलर पुगेको छ। यसको क्लाउड व्यवसायको आम्दानी ३० प्रतिशतले बढेर ६३ अर्ब डलर पुगेको छ। कम्पनीले एआईमा अघिल्लो अवधिभन्दा करिब पाँच अर्ब डलर कम लगानी गरेको छ भने हजारौँ कर्मचारी कटौती गर्ने योजना पनि सार्वजनिक गरेको छ।

माइक्रोसफ्टका प्रमुख कार्यकारी अधिकृत सत्य नाडेलाका अनुसार कोपाइलटका दैनिक प्रयोगकर्ता एक वर्षमा ५०० प्रतिशतले बढेका छन् भने गत जुलाईयता स्वचालित कार्यको सङ्ख्या झन्डै दोब्बर भएको छ।

प्रविधि कम्पनीहरूको आम्दानी र एआई प्रयोग बढे पनि त्यस क्षेत्रमा भइरहेको विशाल लगानीले भविष्यमा कति आर्थिक प्रतिफल दिन्छ भन्ने विषयमा लगानीकर्ता विश्वस्त हुन सकेका छैनन्। एआईबाट सिर्जित आर्थिक लाभ अन्ततः कुन व्यवसायले प्राप्त गर्ने भन्ने प्रश्न अहिले प्रविधि उद्योगको प्रमुख चुनौती बनेको विश्लेषकहरूको भनाइ छ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
1d ago
गुगल कम्पनी अल्फाबेटले एआई पूर्वाधारमा ३.८ अर्ब डलर लगानी थप्ने

गुगल कम्पनी अल्फाबेटले एआई पूर्वाधारमा ३.८ अर्ब डलर लगानी थप्ने

गुगलको मूल कम्पनी अल्फाबेटले हङकङ र सिंगापुरको मुद्रामा पहिलोपटक ऋणपत्र जारी गर्दै करिब ३ अर्ब ८० करोड अमेरिकी डलर जुटाउने भएको छ। लगानीकर्ताबाट अपेक्षाभन्दा बढी माग आएपछि कम्पनीले सुरुमा तय गरेको ...

#गुगल #एआई
Compare →
Onlinekhabar
1d ago
एआई लिखित पुस्तक घोटाला : तमिलनाडुको नवनिर्मित भव्य पुस्तकालय विवादमा

एआई लिखित पुस्तक घोटाला : तमिलनाडुको नवनिर्मित भव्य पुस्तकालय विवादमा

२६ कात्तिक, काठमाडौं । भारतको दक्षिणी राज्य तमिलनाडुमा रहेको एक सार्वजनिक पुस्तकालयले एआई प्रयोग गरेर तयार पारिएको आशंका गरिएका सयौँ पुस्तक खरिद गरेको आरोप लागेपछि भारतीय अदालतले अनुसन्धान गर्न आदेश दिएको छ। कोयम्बटुर शहरमा भर्खरै उद्घाटन …

#एआई
Compare →

Related Stories

Business & Economy
Build #2611