Trending
Prev Story
Next Story

श्रीलंकाका पूर्वकप्तान एन्जेलो म्याथ्युजले विराटनगरबाट एनपीएल खेल्ने

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions

५ कात्तिक, काठमाडौं । श्रीलंकाका पूर्वकप्तान एन्जेलो म्याथ्युजले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा विराटनगर किङ्सबाट खेल्ने भएका छन्। ३९ वर्षीय म्याथ्युज दायाँहाते ब्याटर तथा दायाँहाते मध्यम गतिका बलर हुन्। उनले श्रीलंकाका लागि तीनै प्रारूपमा …

श्रीलंकाका पूर्वकप्तान एन्जेलो म्याथ्युजले विराटनगरबाट एनपीएल खेल्ने

५ कात्तिक, काठमाडौं । श्रीलंकाका पूर्वकप्तान एन्जेलो म्याथ्युजले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा विराटनगर किङ्सबाट खेल्ने भएका छन्।

३९ वर्षीय म्याथ्युज दायाँहाते ब्याटर तथा दायाँहाते मध्यम गतिका बलर हुन्। उनले श्रीलंकाका लागि तीनै प्रारूपमा कप्तानी गरेका थिए। म्याथ्युजले सन् २०२५ मा टेस्ट क्रिकेटबाट संन्यास लिए।

म्याथ्युजले श्रीलंकाका लागि २२६ एकदिवसीय र ९० टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन्। एकदिवसीय क्रिकेटमा उनले ५ हजार ९१६ रन बनाउनुका साथै १२६ विकेट लिएका छन्।

टी–२० अन्तर्राष्ट्रियमा उनले १ हजार ४१६ रन र ४५ विकेटको प्रदर्शन गरेका छन्। समग्र टी–२० क्रिकेटमा म्याथ्युजले २३३ खेल खेल्दै ४ हजार ९० रन बनाएका छन्। उनले यस प्रारूपमा १०३ विकेट पनि लिएका छन्।

टेस्ट क्रिकेटमा म्याथ्युजले ११९ खेलमा ८ हजार २१४ रन बनाएका छन्। उनको उच्चतम स्कोर अविजित २०० रन हो। उनले टेस्टमा ३३ विकेटसमेत लिएका छन्।

विराटनगरले यसअघि वेस्ट इन्डिजका स्टार आन्द्रे रसेलसँगै शुभम रन्जाने र श्रीलंकाकै चरिथ असलंकालाई अनुबन्ध गरिसकेको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Arthasansar
9h ago
श्रीलंकाका थनुका दबारे सुदूरपश्चिम रोयल्समा अनुबन्ध

श्रीलंकाका थनुका दबारे सुदूरपश्चिम रोयल्समा अनुबन्ध

श्रीलंकाका ब्याटर थनुका दबारे नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन्। टप अर्डरमा ब्याटिङ गर्ने...

#एनपीएल #प्रिमियर-लिग #श्रीलंका
Compare →
Hamro Patro News
4h ago
एनपीएलमा आज : सुस्त पिचमा रनको खडेरी, जनकपुर–कर्णालीको यात्रा समाप्त

एनपीएलमा आज : सुस्त पिचमा रनको खडेरी, जनकपुर–कर्णालीको यात्रा समाप्त

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत शुक्रबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएका दुई खेलमा ब्याट्सम्यानभन्दा बलर हाबी देखिए । दुवै खेलमा रन बनाउन ब्याट्स...

#एनपीएल #प्रिमियर-लिग
Compare →
Nagarik News
11h ago
एनपीएलः सुदूरपश्चिमले दियो काठमाडौंलाई १२६ रनको लक्ष्य, दीपेन्द्रको कप्तानी पारी

एनपीएलः सुदूरपश्चिमले दियो काठमाडौंलाई १२६ रनको लक्ष्य, दीपेन्द्रको कप्तानी पारी

नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोएल्सले काठमाण्डौं गोर्खाजसामु १२६ रनको लक्ष्य प्रस्तुत गरेको छ।

#एनपीएल #प्रिमियर-लिग
Compare →
Ekantipur
9h ago
काठमान्डुमाथिको रोमाञ्चक विजयले सुदूरपश्चिम क्वालिफायर नजिक

काठमान्डुमाथिको रोमाञ्चक विजयले सुदूरपश्चिम क्वालिफायर नजिक

सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा शुक्रबार काठमान्डु गोर्खाजमाथी ७ रनको रोमाञ्चक विजय हात पारेको छ । पहिलो ३ मध्येको २ खेल हारेको सुदूरपश्चिमले त्यसपछिको सबै चार खेल जितेर क्वालिफायरलाई दाबेदारी पेस गरेको हो ।

#एनपीएल #प्रिमियर-लिग
Compare →

Related Stories

Technology
Build #2611