Trending
Prev Story
Next Story

बारले भन्यो : अपुष्ट सूचना र अनुमानका आधारमा निष्कर्षमा पुग्नु हुँदैन

Nagarik News •
October 30, 2026 • 01:18 AM
1
1 reads 0 reactions

नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश र न्यायाधीशलाई जोडेर अपुष्ट सूचना र अनुमानका आधारमा समाचार सम्प्रेषण भएकाप्रति ध्यानाकर्षण भएको जनाएको छ।

बारले भन्यो : अपुष्ट सूचना र अनुमानका आधारमा निष्कर्षमा पुग्नु हुँदैन

नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश र न्यायाधीशलाई जोडेर अपुष्ट सूचना र अनुमानका आधारमा समाचार सम्प्रेषण भएकाप्रति ध्यानाकर्षण भएको जनाएको छ।

नेपाल बारका महासचिव केदारप्रसाद कोइरालाले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमा आमसञ्चारमाध्यम, राजनीतिक दल, कानुन व्यवसायी तथा आमनागरिकलाई अपुष्ट सूचना र अनुमानका आधारमा निष्कर्षमा पुग्नुभन्दा प्रमाण, विधिको शासन र प्रक्रियालाई सम्मान गर्न अनुरोध गरिएको छ।

'सम्बन्धित सबै सम्बद्ध निकायलाई सार्वजनिक भएका विषयको निष्पक्ष, स्वतन्त्र, विश्वसनीय र समयबद्ध छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्नुपर्छ', विज्ञप्तिमा भनिएको छ, 'कानुनविपरीत कार्य भएको प्रमाणित भएमा सम्बन्धित व्यक्तिको पद वा हैसियतको पर्वाह नगरी कानुनबमोजिम आवश्यक कारबाही गर्न तथा आरोप प्रमाणित नभएको अवस्थामा सम्बन्धित व्यक्तिको प्रतिष्ठा र संस्थागत मर्यादाको संरक्षण हुनेगरी स्पष्टता प्रदान गर्न आग्रह गर्दछ।'

बारले संवेदनशील विषयमा सत्यतथ्य, निष्पक्ष, विश्वसनीय र पारदर्शी प्रक्रियाबाट छानबिन हुन आवश्यक भएको उल्लेख गरेको छ।

न्यायपालिकासँग सम्बन्धित अतिसंवेदनशील समाचारसँग सम्बन्धित पदीय व्यक्तित्वले आ–आफ्नो आचारसंहितामा रहन आवश्यक रहेको तथा उच्चपदस्थ पदाधिकारीले उच्च नैतिकता प्रदर्शन गर्न अपरिहार्य रहेको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: १३ कार्तिक २०८३ ०७:०३ शुक्रबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Bizshala
1d ago
मोरङमा पटका पड्काउँदा पाँच ५ घर जले, एक करोड बढीको क्षतिको अनुमान

मोरङमा पटका पड्काउँदा पाँच ५ घर जले, एक करोड बढीको क्षतिको अनुमान

काठमाण्डौ । मोरङको सुनवर्षी नगरपालिका–६ झपडतलमा बुधबार साँझ भएको आगलागीबाट घरसहित पाँच संरचना जलेर नष्ट भएका छन् ।...

#अनुमान
Compare →

Related Stories

World News
Build #2612