Trending
Prev Story
Next Story

एप्पलले ल्यायो पहिलो फोल्डेबल आईफोन ‘डुओ’, १८ प्रो र प्रो म्याक्स पनि सार्वजनिक

Nagarik News •
September 10, 2026 • 12:57 AM
1
1 reads 0 reactions

कम्पनीका नयाँ सीईओ जोन टर्नसले क्यालिफोर्नियाको क्युपर्टिनोस्थित मुख्यालयमा आयोजित कार्यक्रममा आईफोन डुओ सार्वजनिक गरेका हुन्।

एप्पलले ल्यायो पहिलो फोल्डेबल आईफोन ‘डुओ’, १८ प्रो र प्रो म्याक्स पनि सार्वजनिक

एप्पलले बुधबार (स्थानीय समय) पहिलो फोल्डेबल आईफोन ‘डुओ’ सार्वजनिक गरेको छ।

नयाँ आईफोनको सुरुवाती मूल्य एक हजार ९९९ अमेरिकी डलर तोकिएको छ। यो अक्टोबर २३ देखि बजारमा उपलब्ध हुनेछ भने प्रि-अर्डर अक्टोबर १६ देखि सुरु हुनेछ। कम्पनीका नयाँ सीईओ जोन टर्नसले क्यालिफोर्नियाको क्युपर्टिनोस्थित मुख्यालयमा आयोजित कार्यक्रममा आईफोन डुओ सार्वजनिक गरेका हुन्। यो फोन ७.६ इन्चको भित्री डिस्प्लेमा खुल्छ भने बन्द गर्दा ५.४ इन्चको बाहिरी डिस्प्ले प्रयोग गर्न सकिन्छ।

एप्पलका अनुसार खुला अवस्थामा यो अहिलेसम्मकै पातलो आईफोन हो। टर्नसले डुओले फोल्डेबल फोन प्रयोग गर्ने अनुभवलाई नयाँ रूप दिने बताए। उनका अनुसार ठुलो डिस्प्लेमा एकै पटक दुई वटा एप चलाउन, भिडियो हेर्न, गेम खेल्न र अन्य काम गर्न सकिन्छ।

डुओमा एप्पलको नयाँ ए२० प्रो चिप, सुधारिएको क्यामेरा र नयाँ भाप चेम्बर राखिएको छ। यसमा ४८ मेगापिक्सेलको मुख्य क्यामेरा छ। फोनमा आईओएस २७, एप्पल इन्टेलिजेन्स र नयाँ एआई क्षमतासहितको सिरी पनि उपलब्ध हुनेछ। एप्पलले एआई प्रयोग गर्दा गोपनीयता र सुरक्षालाई प्राथमिकता दिएको बताएको छ।

एप्पलले बुधबार आईफोन १८ प्रो र आईफोन १८ प्रो म्याक्स पनि सार्वजनिक गरेको छ। यी मोडेलमा क्यामेरा, ब्याट्री र कार्यसम्पादनमा सुधार गरिएको कम्पनीले जनाएको छ। आईफोन १८ प्रोको सुरुवाती मूल्य एक हजार १९९ डलर र प्रो म्याक्सको एक हजार २९९ डलर रहेको छ।

एप्पलले फोल्डेबल फोन बजारमा ल्याउनुलाई विश्लेषकहरूले महत्त्वपूर्ण कदमका रूपमा हेरेका छन्। सामसुङ र हुवावे लगायतका कम्पनीले यसअघि नै फोल्डेबल फोन बजारमा ल्याइसकेका छन्। एप्पलले भने नयाँ प्रविधि बजारमा ल्याउनुअघि त्यसको विकास र बजारको अवस्था हेर्ने रणनीति अपनाउँदै आएको बताइएको छ।

डुओमा एप्पलले डिजाइनसँगै डेटा गोपनीयतालाई पनि मुख्य विशेषताका रूपमा अघि सारेको जनाएको छ। फोन दुई रंगमा उपलब्ध हुनेछ र २५६ जीबीदेखि २ टीबीसम्मको स्टोरेज विकल्प रहनेछ।

प्रकाशित: २५ भाद्र २०८३ ०६:४२ बिहीबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Onlinekhabar
3w ago
स्क्रिनमा समस्या देखिएपछि एप्पलले साट्ने भयो फोल्डेबल आईफोन

स्क्रिनमा समस्या देखिएपछि एप्पलले साट्ने भयो फोल्डेबल आईफोन

१० कात्तिक, काठमाडौं । एप्पलले बिक्री सुरु भएको केही दिनमै स्क्रिनमा समस्या देखिएका आफ्ना फोल्डेबल स्मार्टफोन ‘आईफोन डुओ’ साटिदिने भएको छ । लामो समयदेखि प्रतीक्षा गरिएको यो स्मार्टफोनको डिजाइनमा करिब २० वर्षपछि आईफोनमा भएको सबैभन्दा ठूलो …

#आईफोन #एप्पल #फोल्डेबल
Compare →
Hamro Patro News
2w ago
एप्पलको नयाँ फोल्डेबल फोनमा समस्या, हिन्ज प्रणालीमाथि उठ्यो प्रश्न

एप्पलको नयाँ फोल्डेबल फोनमा समस्या, हिन्ज प्रणालीमाथि उठ्यो प्रश्न

काठमाडौं । एप्पलको फोल्डेबल फोन आईफोन डुओको भित्री डिस्प्लेमा क्षति पुग्ने समस्या सार्वजनिक भएसँगै यसको हिन्ज प्रणालीको गुणस्तरमाथि प्रश्न उठ्न थालेको छ । फोनको डिस्प्ले चर्किने तथा बिग्रिने घटनाबा...

#एप्पल #फोल्डेबल
Compare →
Bizshala
3w ago
आइफोन डुओको अर्डरमा उछाल, नयाँ ग्राहकले सन् २०२७ सम्म कुर्नुपर्ने

आइफोन डुओको अर्डरमा उछाल, नयाँ ग्राहकले सन् २०२७ सम्म कुर्नुपर्ने

काठमाण्डौ । महँगो मूल्यका बाबजुद एप्पलको पहिलो फोल्डेबल स्मार्टफोन ‘आइफोन डुओ’प्रति देखिएको आकर्षणले कम्पनीको...

#डुओ #एप्पल
Compare →
Setopati
3w ago
आइफोन डुओको माग धान्न सकेन एप्पलले, अर्डर गरेकाले नयाँ वर्षसम्म कुर्नुपर्ने!

आइफोन डुओको माग धान्न सकेन एप्पलले, अर्डर गरेकाले नयाँ वर्षसम्म कुर्नुपर्ने!

आइफोन डुओ किताबजस्तै खोल्न र बन्द गर्न मिल्छ। बन्द गर्दा बाहिर ५.४ इन्चको र खोल्दा भित्र ७.६ इन्चको स्क्रिन देखिन्छ। ठूलो स्क्रिनमा दुइटा एप एकै पटक चलाउन, कागजात पढ्दै नोट लेख्न र वेबसाइटमा सामग्री तुलना गर्न सकिन्छ।

#डुओ #एप्पल
Compare →
Ekantipur
1mo ago
नेपालमा एप्पल पे र गुगल पेबाट भुक्तानी गर्न सकिने

नेपालमा एप्पल पे र गुगल पेबाट भुक्तानी गर्न सकिने

एनआईसी एसिया बैंकको साइबरसोर्समा आबद्ध करिब ७ सय अनलाइन पसल, होटल, एयरलाइन्स र ट्राभल एजेन्सीमा यो सुविधा उपलब्ध छ ।

#एप्पल
Compare →

Related Stories

Technology
Build #2611