काठमाडौँ । धादिङ जिल्लाका बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा सडक पूर्वाधार स्तरोन्नतिका सम्बन्धमा सरकार र स्थानीय जनप्रतिनिधिबिच महत्त्वपूर्ण सहमति भएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, पूर्वाधार विकास मन्त्री सुनील लम्साल र धादिङ-२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य बोधनारायण श्रेष्ठबिच बिहीबार भएको बैठकमा उक्त सहमति जुटेको हो । बैठकका निर्णयहरूबारे सांसद श्रेष्ठले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।
सहमति अनुसार फुर्के खोलामा आधुनिक प्रविधियुक्त पक्की ‘सिग्नेचर ब्रिज’ निर्माण गर्न तत्काल बोलपत्र (टेन्डर) प्रक्रिया अघि बढाइनेछ भने घाटबेँसी पुलको काम पूर्वाधार विकास कम्पनीमार्फत तत्काल सुरु गरिनेछ । यसैगरी मास्टर-पिपलटार-परेवाटार सडकको स्तरोन्नति तथा कालोपत्रे सुरु गरिनेछ । साथै गल्छी-फोस्रेटार-सुनौला बजार-धादिङबेँसी, फोस्रेटार-कोशी खोला-खाल्टे, धादिङबेँसी-साङ्कोष-तिप्लिङ र ज्वालामुखी-बुङ्कोटघाट-बेनीघाट सडकको समेत स्तरोन्नति गर्ने सहमति भएको छ ।
Read full story at source ( ratopati.com )