Trending
Prev Story
Next Story

धादिङमा दूध ट्याङ्करको ठक्करबाट पैदलयात्रीको मृ*त्यु

Onlinekhabar •
November 11, 2026 • 02:30 AM
1
1 reads 0 reactions

२५ कात्तिक, काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी गाउँपालिका- बेल्खुमा गएराति दूध बोकेको ट्याङ्करको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । हेटौँडाबाट काठमाडौं जाँदै गरेको बा.प्र.०१-००६ ख ८४१८ नम्बरको दूध ट्याङ्करले पैदल हिँडिरहेका गजुरी गाउँपालिका–६ का …

धादिङमा दूध ट्याङ्करको ठक्करबाट पैदलयात्रीको मृ*त्यु

२५ कात्तिक, काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी गाउँपालिका- बेल्खुमा गएराति दूध बोकेको ट्याङ्करको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।

हेटौँडाबाट काठमाडौं जाँदै गरेको बा.प्र.०१-००६ ख ८४१८ नम्बरको दूध ट्याङ्करले पैदल हिँडिरहेका गजुरी गाउँपालिका–६ का ५५ वर्षीय जितबहादुर श्रेष्ठलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनापछि प्रहरीले ट्याङ्कर र चालक नुवाकोटको बेलकोटगढी नगरपालिका–४ का ३३ वर्षीय मदनबहादुर तामाङलाई नियन्त्रणमा लिएको छ ।

दुर्घटनापछि मृतकको शव घटनास्थलमै रहेकाले राजमार्गको एकतर्फी यातायात अवरुद्ध भएको थियो । प्रहरीले विभिन्न प्रहरी कार्यालयबाट ३१ जना सुरक्षाकर्मी परिचालन गरी घटनास्थलमा सुरक्षा दिएको थियो ।

प्रहरीका अनुसार राति ११ बजेर १५ मिनेटमा शव घटनास्थलबाट उठाएपछि राजमार्गमा दुईतर्फी यातायात सञ्चालन भएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
3h ago
बसको ठक्करबाट भक्तपुरमा एक बालिकाको मृत्यु

बसको ठक्करबाट भक्तपुरमा एक बालिकाको मृत्यु

२७ कात्तिक, भक्तपुर । बसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । काभ्रेबाट भक्तपुरतर्फ आउँदै गरेको बा०१–००५ख ९६९७ नम्बरको बसले सोही दिशाबाट आउँदै गरेको बागमती प्रदेशको ०२–००१–२३६६ नम्बरको सरकारी नम...

#ठक्कर #त्यु
Compare →
Ekantipur
6h ago
भक्तपुरको साँगामा बसको ठक्करबाट १४ वर्षीया बालिकाको मृत्यु

भक्तपुरको साँगामा बसको ठक्करबाट १४ वर्षीया बालिकाको मृत्यु

ठक्करबाट मोटरसाइकलको पछाडि सवार भूमिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपककुमार कार्कीले जानकारी दिए ।

#ठक्कर #त्यु
Compare →

Related Stories

National (Nepal)
Build #2611