Trending
Prev Story
Next Story

आज काठमाडौं उपत्यकामा सशस्त्र प्रहरीको निःशुल्क बस सेवा

Onlinekhabar •
November 11, 2026 • 02:31 AM
1
1 reads 0 reactions

२५ कात्तिक, काठमाडौं । आज तिहारको भाइटीकाका दिन सार्वजनिक यातायातका साधन न्यून रूपमा सञ्चालन हुने भएकाले सशस्त्र प्रहरी बल, नेपालले काठमाडौं उपत्यका र भक्तपुरमा तीनवटा बस निःशुल्क सञ्चालन गरेको छ । सर्वसाधारण यात्रुको आवतजावत सहज बनाउने …

आज काठमाडौं उपत्यकामा सशस्त्र प्रहरीको निःशुल्क बस सेवा

२५ कात्तिक, काठमाडौं । आज तिहारको भाइटीकाका दिन सार्वजनिक यातायातका साधन न्यून रूपमा सञ्चालन हुने भएकाले सशस्त्र प्रहरी बल, नेपालले काठमाडौं उपत्यका र भक्तपुरमा तीनवटा बस निःशुल्क सञ्चालन गरेको छ ।

सर्वसाधारण यात्रुको आवतजावत सहज बनाउने उद्देश्यले सशस्त्र प्रहरीले बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म निःशुल्क बस सेवा सञ्चालन गरेको हो ।

सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयबाट सञ्चालन हुने बसमध्ये एउटा बालाजु, नयाँ बसपार्क, कोटेश्वर, सातदोबाटो र बल्खु हुँदै विभिन्न स्थानका यात्रुलाई सेवा दिनेछ ।

त्यस्तै, प्रधान कार्यालयबाटै सञ्चालन हुने अर्को बसले सीतापाइला, कलंकी, बल्खु, कोटेश्वर र नयाँ बसपार्क हुँदै यात्रुलाई निःशुल्क सेवा प्रदान गर्नेछ ।

यसैगरी, प्रधान कार्यालय स्वयम्भूबाट भक्तपुरसम्म सञ्चालन हुने बसले स्वयम्भू, कलंकी, बानेश्वर, कोटेश्वर, पेप्सिकोला, सानोठिमी, पुरानोठिमी, सल्लाघारी र लोकन्थली हुँदै पुनः बानेश्वर, कलंकी र स्वयम्भूसम्म सेवा दिनेछ ।

तिहारको समयमा सार्वजनिक यातायातका साधन कम सञ्चालन हुँदा सर्वसाधारणले आवतजावतमा भोग्नुपर्ने असुविधा कम गर्न सशस्त्र प्रहरीले निःशुल्क बस सेवा सञ्चालन गरेको हो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
8h ago
सरकारले कार्यशैली नसच्याए फेरि भदौ २४ भोग्नुपर्ने हुन्छ : सहमहामन्त्री शिवाकोटी

सरकारले कार्यशैली नसच्याए फेरि भदौ २४ भोग्नुपर्ने हुन्छ : सहमहामन्त्री शिवाकोटी

२७ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीले वर्तमान सरकारले लोकतान्त्रिक मूल्य, मान्यता र राज्यका संस्थाहरूमाथि हस्तक्षेप बढाउँदै लगेको आरोप लगाएका छन् । काठमाडौंमा शु...

#काठमाडौं #कात्तिक
Compare →
Bizshala
10h ago
सरकारले दियो सोमबारपनि सार्वजनिक बिदा

सरकारले दियो सोमबारपनि सार्वजनिक बिदा

काठमाण्डौ । सरकारले छठ पर्वका अवसरमा थप एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। यसअघि कात्तिक २९ गते आइतबार...

#काठमाडौं #कात्तिक
Compare →
Nagarik News
5h ago
हायस दुर्घटनापछि काठमाडौं–हेटौँडा सडकमा कडाइ, राति ८ बजेभित्र फर्पिङ पुग्नुपर्ने

हायस दुर्घटनापछि काठमाडौं–हेटौँडा सडकमा कडाइ, राति ८ बजेभित्र फर्पिङ पुग्नुपर्ने

काठमाडौं प्रशासनले काठमाडौं–हेटौँडा सडकखण्डमा यात्रुवाहक सवारीसाधन सञ्चालनमा कडाइ गरेको छ।

#काठमाडौं
Compare →

Related Stories

National (Nepal)
Build #2611