Trending
Prev Story
Next Story

केन्टका आधुनिक इलेक्ट्रिक वाटर हिटर

Ekantipur •
October 29, 2026 • 04:02 PM
1
1 reads 0 reactions

कम्पनीका अनुसार नयाँ हिटरमा प्रभावकारी तताउने प्रविधि, सुरक्षा प्रणाली, टिकाउपन र प्रयोगमैत्री तापक्रम नियन्त्रण सुविधा समेटिएका छन्।

केन्टका आधुनिक इलेक्ट्रिक वाटर हिटर

कम्पनीका अनुसार नयाँ हिटरमा प्रभावकारी तताउने प्रविधि, सुरक्षा प्रणाली, टिकाउपन र प्रयोगमैत्री तापक्रम नियन्त्रण सुविधा समेटिएका छन्।

काठमाडौं — आधुनिक जीवनशैलीमा सुरक्षित, सहज र भरपर्दो तातोपानीको आवश्यकतालाई ध्यानमा राख्दै केन्टले आफ्ना विभिन्न मोडेलका इलेक्ट्रिक वाटर हिटर बजारमा ल्याएको छ । यी उत्पादनमार्फत उपभोक्तालाई नवीन प्रविधि, प्रभावकारी कार्यक्षमता र सुरक्षाको संयोजन प्रदान गरिएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

जाडो मौसममा नुहाउन, भान्सामा प्रयोग गर्न तथा दैनिक घरायसी कामका लागि तातोपानीको सहज उपलब्धता महत्त्वपूर्ण हुन्छ । यही आवश्यकतालाई सम्बोधन गर्न केन्टका वाटर हिटरहरूमा आधुनिक तताउने प्रविधि, विशेष सुरक्षा प्रणाली र टिकाउपनलाई प्राथमिकता दिइएको कम्पनीले जनाएको छ ।

आकर्षक डिजाइन तथा प्रयोगमैत्री तापक्रम नियन्त्रण सुविधासहित तयार गरिएका यी उत्पादनले घरको आवश्यकता र उपलब्ध स्थानअनुसार उपयुक्त विकल्प छनोट गर्न सहज बनाउने कम्पनीको दाबी छ ।

Prev Swipe Story Next

Related Stories

Business & Economy
Build #2612