Trending
Prev Story
Next Story

‘सहिद मुक्सन किराँतीको स्मृतिमा खोटाङमा जिल्लास्तरीय भलिबल हुने’

Nagarik News •
October 29, 2026 • 03:20 PM
1
1 reads 0 reactions

खोटाङका सहिद मुक्सन किराँतीको अस्मृतिमा जिल्लास्तरीय खुल्ला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ।

‘सहिद मुक्सन किराँतीको स्मृतिमा खोटाङमा जिल्लास्तरीय भलिबल हुने’

खोटाङका सहिद मुक्सन किराँतीको स्मृतिमा आगामी मङ्सिर २५ गतेदेखि जिल्लास्तरीय खुला पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ।

सहिद मुक्सन स्मृति केन्द्र खोटाङको आयोजनामा ‘सहिद मुक्सन किराँती स्मृति जिल्लास्तरीय खुला पुरुष भलिबल प्रतियोगिता-२०८३’ को दोस्रो संस्करण सञ्चालन गर्न लागिएको हो।

आयोजकले बिहीबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-५, लफ्याङस्थित सहिद स्मारकस्थलमा सञ्चालन हुने जानकारी दिएको छ।

सहिद परिवारकै प्रायोजनमा सञ्चालन हुने प्रतियोगिता तीन दिनसम्म चल्ने प्रतियोगिता संयोजक जितेन्द्र राईले बताए।

प्रतियोगिताको विजेता टोलीले नगद १ लाख रुपैयाँका साथ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। उपविजेता टोलीलाई नगद ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ।

विधागततर्फ प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई नगद ३ हजार रुपैयाँ प्रदान गरिनेछ। यस्तै उत्कृष्ट लिबेरो, उत्कृष्ट मिडिल ब्लकर, उत्कृष्ट सेटर, उत्कृष्ट स्पाइकर र उत्कृष्ट सर्भरलाई जनही २ हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्रदान गरिनेछ।

सहिद किराँतीको स्मृति र योगदानको कदर गर्दै खोटाङमा भलिबल खेलको विकास तथा विस्तार गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको स्मृति केन्द्रका अध्यक्ष बबि चामलिङले बताए।

युवाहरूलाई खेलकुदप्रति आकर्षित गरी अनुशासन, नेतृत्व विकास र प्रतिभा पहिचान गराउन प्रतियोगिताले सघाउ पुर्‍याउने अपेक्षा केन्द्रले लिएको छ।

खेलकुदमार्फत सामाजिक सद्भाव, सहकार्य र सामुदायिक एकता अभिवृद्धि गर्नुका साथै सहिदको स्मृतिलाई नयाँ पुस्तासम्म पुर्‍याउनु प्रतियोगिताको मुख्य ध्येय रहेको आयोजकको भनाइ छ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले) का तत्कालीन जिल्ला परिषद् सदस्य तथा अनेरास्ववियुका राष्ट्रिय परिषद् सदस्यसमेत रहेका किराँतीको सशस्त्र द्वन्द्वका क्रममा हत्या भएको थियो। उनलाई तत्कालीन विद्रोही पक्ष नेकपा (माओवादी) ले २०५० साल असोज २४ गते अपहरण गरी हत्या गरेको थियो।

पारिवारिक स्रोतका अनुसार बिहान घरबाट तीन जनाको अपरिचित समूहले अपहरण गरी लगेकै साँझ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पाचिउरीडाँडाको ढुङ्गे खेत पुछारस्थित उत्तिस घारीमा किराँतीको हत्या गरिएको थियो।

किराँतीको शव धारिलो हतियार प्रहार गरिएको र दुवै हात रातो कपडाले बाँधिएको अवस्थामा फेला परेको थियो। हाल नेकपाका सहसंयोजक रहेका तत्कालीन एमाले महासचिव माधवकुमार नेपाल प्रधानमन्त्री भएको समयमा सरकारले किराँतीलाई औपचारिक रूपमा सहिद घोषणा गरेको थियो।

प्रकाशित: १२ कार्तिक २०८३ २१:०५ बिहीबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Ekantipur
2w ago
सहिद मुक्सन स्मृति भलिबल प्रतियोगिता मंसिरमा

सहिद मुक्सन स्मृति भलिबल प्रतियोगिता मंसिरमा

प्रतियोगितामा विजेताले १ लाख र उपविजेताले ६० हजार रुपैयाँ नगद, ट्रफी, मेडल र प्रमाणपत्र पाउने बिहीबार दिक्तेलमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

#सहिद #मुक्सन #भलिबल
Compare →
Onlinekhabar
1w ago
वर्षा र पहिरोले काभ्रे, खोटाङ र ललितपुरका सडक अवरुद्ध

वर्षा र पहिरोले काभ्रे, खोटाङ र ललितपुरका सडक अवरुद्ध

१५ कात्तिक, काठमाडौँ । लगातारको वर्षाका कारण खहरेखोलाबाट लेदोसहित ढुङ्गामाटो बगेर सडकमा थुप्रिँदा तथा पहिरो खस्दा काभ्रे, खोटाङ र ललितपुरका विभिन्न सडकखण्ड अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयले आज बिहान ६ बजे जारी गरेको सूचना …

#खोटाङ
Compare →
Hamro Patro News
2w ago
दसैँ बिदामा १५ हजार बढी पर्यटकद्वारा सहिद स्मारक अवलोकन

दसैँ बिदामा १५ हजार बढी पर्यटकद्वारा सहिद स्मारक अवलोकन

मकवानपुर। बागमती प्रदेशको राजधानी हेटौँडास्थित सहिद स्मारकमा यस वर्षको दसैँ बिदाका समयमा १५ हजारभन्दा बढी पर्यटकले अवलोकन गरेका छन्। हेटौँडाको पहिचानका रूपमा स्थापित स्मारकमा असोज २५ गते घटस्थापना...

#सहिद
Compare →

Related Stories

Sports
Build #2611