Trending
Prev Story
Next Story

संसारलाई भोटेकोशी विपत्तिबारे जानकारी गराउँदै नेपाल, बैंककमा  उच्चस्तरीय क्षेत्रीय बहस आयाेजना

Hamro Patro News •
October 29, 2026 • 12:41 PM
1
1 reads 0 reactions

काठमाडौँ । नेपालले भोटेकोशी-त्रिशूली विपत्तिबारे थाइल्याण्डको राजधानी बैंककमा उच्चस्तरीय क्षेत्रीय बहस आयोजना गरेको छ । एसिया प्यासिफिक देशका मन्त्रीहरु सहभागी उच्चस्तरीय बहसमा नेपालले आफूले भोगेको...

1 / 2
Swipe Photos

काठमाडौँ । नेपालले भोटेकोशी-त्रिशूली विपत्तिबारे थाइल्याण्डको राजधानी बैंककमा उच्चस्तरीय क्षेत्रीय बहस आयोजना गरेको छ । एसिया प्यासिफिक देशका मन्त्रीहरु सहभागी उच्चस्तरीय बहसमा नेपालले आफूले भोगेको जलवायु संकट र शृंखलाबद्ध विपद्बारे जानकारी गराउँदै विश्वव्यापी तापमान वृद्धि र जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा निम्तिएको संकटबारे छलफल गरेको छ ।

संयुक्त राष्ट्रसंघीय एशिया तथा प्रशान्त क्षेत्रका लागि आर्थिक तथा सामाजिक आयोग (यूएन ईएससीएपी) को पाँचौँ मन्त्रीस्तरीय सम्मेलनको अवसरमा नेपालले बिहीबार ‘सगरमाथादेखि सागरसम्म: एसिया-प्रशान्त क्षेत्रमा शृङ्खलाबद्ध विपद् रोक्न नेपालको भोटेकोशी-त्रिशूली विपत्तिले सिकाएका पाठहरू’ विषयक संवाद आयोजना गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् ( barnanmedia.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
5d ago
भोटेकोशी बाढीको विपद्, उद्धार र पुनर्निर्माणको कथा ‘द सनसाइन फ्लड’

भोटेकोशी बाढीको विपद्, उद्धार र पुनर्निर्माणको कथा ‘द सनसाइन फ्लड’

रसुवा, नुवाकोट, धादिङलगायत भोटेकोशी-त्रिशूली नदी करिडोरमा गत भदौ १० गते आएको बाढी र त्यसबाट भएको मानवीय तथा भौतिक क्षति, उद्धार र खोजीको अनुभव तथा विपद्पछिको राहत र पुनर्निर्माण प्रयासलाई समेटेर ‘द सनसाइन फ्लड’ पुस्तक प्रकाशित भएको छ।

#भोटेकोशी
Compare →
Onlinekhabar
5d ago
भोटेकोशी बाढीको उद्धारमा खटिएको लियो बन्यो सर्वोत्कृष्ट केनाइन

भोटेकोशी बाढीको उद्धारमा खटिएको लियो बन्यो सर्वोत्कृष्ट केनाइन

२२ कात्तिक, काठमाडौं । गत भदौमा आएको भोटेकोशी बाढीमा खोज तथा उद्धारमा खटिएको नेपाल प्रहरीको लियो केनाइन (कुकुर) सर्वोत्कृट भएको छ । नेपालभरका प्रहरीका केनाइनहरूलाई पछि पार्दै लियो सर्वोत्कृट भएको हो । तिहारको दोस्रो दिन कुकुर …

#भोटेकोशी
Compare →
Bizshala
1w ago
भोटेकोशी–त्रिशूली बाढीले अर्थतन्त्रमा ४ खर्ब ७३ अर्बको धक्का, पुनर्निर्माणमा ७ खर्बभन्दा बढी लाग्ने

भोटेकोशी–त्रिशूली बाढीले अर्थतन्त्रमा ४ खर्ब ७३ अर्बको धक्का, पुनर्निर्माणमा ७ खर्बभन्दा बढी लाग्ने

काठमाण्डौ । भदौ १० गते भोटेकोशी–त्रिशूली नदी प्रणालीमा आएको बाढीले जलविद्युत् आयोजना, सडक र पुलमा क्षति पुर्‍यायो।...

#भोटेकोशी
Compare →
Ekantipur
1w ago
भोटेकोशी बाढीबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमा सहयोग गर्न भारत तयार छ :  विदेश सचिव मिस्री

भोटेकोशी बाढीबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमा सहयोग गर्न भारत तयार छ :  विदेश सचिव मिस्री

नेपाल भ्रमणमा रहेका विदेश सचिव विक्रम मिस्रीले परराष्ट्र सचिव अमृतबहादुर राईसहितको नेपाली प्रतिनिधिमण्डलसँगको छलफलमा भोटेकोशी बाढीबाट नेपालका पूर्वाधारमा ठूलो क्षति पुगेको उल्लेख गर्दै पुनर्निर्माणका लागि भारत सहयोग गर्न इच्छुक रहेको बताएका हुन् ।

#भोटेकोशी
Compare →

Related Stories

National (Nepal)
Build #2612