Trending
Prev Story
Next Story

लोकेशले छक्का वर्षाएपछि विराटनगरको उच्च स्कोर

Ekantipur •
October 29, 2026 • 01:04 PM
1
1 reads 0 reactions

लोकेश बमले ८७ रन बनाएपछि विराटनगरले २० ओभरमा सात विकेट गुमाउँदै कर्णालीसामु १८७ रनको लक्ष्य प्रस्तुत गर्‍यो।

लोकेशले छक्का वर्षाएपछि विराटनगरको उच्च स्कोर

लोकेश बमले ८७ रन बनाएपछि विराटनगरले २० ओभरमा सात विकेट गुमाउँदै कर्णालीसामु १८७ रनको लक्ष्य प्रस्तुत गर्‍यो।

काठमाडौँ — लोकेश बमले विस्फोटक ब्याटिङ गरेपछि विराटनगर किंग्सले नेपाल प्रिमियर लिग क्रिकेटको बिहीबारको दोस्रो खेलमा कर्णाली याक्सलाई १ सय ८७ रनको लक्ष्य दिएको छ ।

टस हारेपछि ब्याटिङमा आएको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाई १ सय ८६ रन बनाएको हो । जारी प्रतियोगितामा यो उच्च स्कोर पनि हो ।

लोकेश ५२ बल खेली ३ चौका र ९ छक्का प्रहार गरी ८७ रन बनाई सोमपाल कामीको बलमा कट एन्ड बोल्ड भए । लोकेशले एन्जेलो म्याथ्युजसँग तेस्रो विकेटमा ४१ बलमा ७१ रनको साझेदारी गरे । म्याथ्युजले २३ बल खेली ४ चौका प्रहार गर्दै ३१ रन बनाए ।

हुसैन तलातले फालेको १४औं ओभरमा विराटनगर किंग्सले २४ रन जोड्दा लोकेशले २ छक्का र १ चौका प्रहार गरेका थिए । कर्णालीका कप्तान सोमपालले लोकेशसहित म्याथ्युज र आन्द्रे रसेललाई आउट गरी विराटनगरलाई ठूलो स्कोर बनाउनबाट रोक्ने प्रयास गरेका थिए ।

यसअघि लोकेशका ओपनिङ जोडी इमरान शेख मार्क वाटको बलमा आउट भए । चारिथ असलंकाले ३ रनमात्र बनाउन सके । सेहन जयसूर्या ११ रन बनाई दोस्रो रन लिने चक्करमा रनआउट भए । सोमपालले ४ ओभरमा ३३ रन खर्चेर ४ विकेट लिए ।

विनोद पाण्डे कान्तिपुरका खेलकुद ब्यूरो प्रमुख हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
1d ago
सुरुवातमै २ विकेट गुमाएको विराटनगरलाई लोकेशको सहारा

सुरुवातमै २ विकेट गुमाएको विराटनगरलाई लोकेशको सहारा

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत पोखरा एभेन्जर्सले प्रस्तुत गरेको १३३ रनको लक्ष्य पछ्याउने क्रममा विराटनगर किंग्सले सुरुवाती ६ ओभरमा २ विकेट गुमाएर सम्हालिएको सुरुवात गरेको छ।

#विराटनगर #विकेट #लोकेश
Compare →
Hamro Patro News
1d ago
पोखराविरुद्ध विराटनगरको रोमाञ्चक जित

पोखराविरुद्ध विराटनगरको रोमाञ्चक जित

तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत पोखरा एभेन्जर्सविरुद्ध विराटनगर किङ्सले चार विकेटको जित निकालेको छ । आज सम्पन्न खेलमा पोखराले दिएको १३३ रनको सामान्य लक्ष्य विराटनगरले १९ दशमलव...

#विराटनगर #विकेट
Compare →
Arthasansar
1d ago
एनपीएल क्रिकेट : पोखरा प्लेअफ होडबाट बाहिरियो, सन्दीपको ६ विकेटमा विराटनगरको तेस्रो जित

एनपीएल क्रिकेट : पोखरा प्लेअफ होडबाट बाहिरियो, सन्दीपको ६ विकेटमा विराटनगरको तेस्रो जित

कप्तान सन्दीप लामिछानेले ह्याट्रिक सहित ६ विकेट लिँदा नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगरले बिहीबार पोखरा एभेन्जर्सलाई ४ विकेटले पराजित...

#विराटनगर #विकेट
Compare →
Onlinekhabar
1d ago
सन्दीपको ६ विकेटमा विराटनगरको तेस्रो जित, पोखरा प्लेअफ होडबाट बाहिरियो

सन्दीपको ६ विकेटमा विराटनगरको तेस्रो जित, पोखरा प्लेअफ होडबाट बाहिरियो

२६ कात्तिक, काठमाडौं । कप्तान सन्दीप लामिछानेले ह्याट्रिक सहित ६ विकेट लिँदा नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगरले बिहीबार पोखरा एभेन्जर्सलाई ४ विकेटले पराजित गरेको छ । पोखराले दिएको १३३ रनको लक्ष्य विराटनगरले १९.२ ओभरमा ६ …

#विराटनगर #विकेट
Compare →

Related Stories

Sports
Build #2612