Trending
Prev Story
Next Story

सम्भावित अर्णव चक्रवातः यातायात सञ्चालनमा सतर्कता अपनाउन महासंघको आग्रह

Ekantipur •
October 29, 2026 • 01:04 PM
1
1 reads 0 reactions

महासंघका महासचिव डेकनाथ गौतमले बिहीबार एक सूचना जारी गरी आज रातिदेखि कात्तिक १४ गतेसम्म देशका विभिन्न प्रदेशमा खराब मौसमको सम्भावना रहेकाले यातायात सञ्चालनमा उच्च सतर्कता अपनाउन यातायात व्यवसायीलाई आग्रह गरेका हुन् ।

सम्भावित अर्णव चक्रवातः यातायात सञ्चालनमा सतर्कता अपनाउन महासंघको आग्रह

महासंघका महासचिव डेकनाथ गौतमले बिहीबार एक सूचना जारी गरी आज रातिदेखि कात्तिक १४ गतेसम्म देशका विभिन्न प्रदेशमा खराब मौसमको सम्भावना रहेकाले यातायात सञ्चालनमा उच्च सतर्कता अपनाउन यातायात व्यवसायीलाई आग्रह गरेका हुन् ।

काठमाडौँ — नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले अर्णव चक्रवातबाट हुनसक्ने प्रभावलाई ध्यान दिएर यातायात सञ्चालनमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

महासंघका महासचिव डेकनाथ गौतमले बिहीबार एक सूचना जारी गरी आज रातिदेखि कात्तिक १४ गतेसम्म देशका विभिन्न प्रदेशमा खराब मौसमको सम्भावना रहेकाले यातायात सञ्चालनमा उच्च सतर्कता अपनाउन यातायात व्यवसायीलाई आग्रह गरेका हुन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट जारी सूचनालाई उद्धृत गर्दै महासंघले कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मौसमको बढी प्रभाव र कर्णाली र सुदूरपश्चिम प्रदेशमा हावाहुरी तथा मध्यम वर्षा र हिमाली क्षेत्रमा हिमपात हुन सक्ने पूर्वानुमान रहेकाले आवश्यक सावधानी अपनाउन आग्रह गरेको हो ।

महासचिव गौतमले सम्बन्धित जिल्लाका सुरक्षा निकाय तथा स्थानीय प्रशासनसँग समन्वय गरी लामो तथा छोटो दूरीका यात्रुवाहक र मालवाहक सवारीसाधन सञ्चालन गर्न व्यवसायीलाई आग्रह गरे । महासंघले अवस्था जोखिमपूर्ण भएमा आवश्यकता अनुसार सवारी आवागमन बन्द गर्न तथा बन्द गर्नुअघि सर्वसाधारणलाई अग्रिम जानकारी गराउन पनि आग्रह गरेको छ ।

महासंघले खराब मौसमका कारण सडक तथा हवाई यातायातसहित दैनिक जनजीवन प्रभावित हुन सक्ने भएकाले अत्यावश्यक कामबाहेक यात्रा नगर्न सर्वसाधारणलाई अनुरोध गरेको छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा भ्रमणमा जाने पर्यटकलाई यात्रा नगर्न र गइसकेका पर्यटकलाई मौसम सामान्य नहुँदासम्म सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ ।

त्यस्तै, जोखिमयुक्त स्थानमा बसोबास गर्ने व्यक्ति तथा परिवारलाई सम्भावित विपद् आउनुअघि सुरक्षित स्थानमा स्थानान्तरण गर्न, विपद् प्रतिकार्यका लागि तयारी अवस्थामा रहन र मौसमसम्बन्धी आधिकारिक सूचनाको नियमित जानकारी लिन सम्बन्धित निकायलाई आग्रह गरेको छ । महासंघले मौसमसम्बन्धी जानकारीका लागि मौसम विज्ञान विभागको हटलाइन ११५५ तथा विपद्का बेला सहयोग माग्न १२३४, १०० वा १११४ मा सम्पर्क गर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
1w ago
आज सुनको मूल्य बढ्यो, घट्यो चाँदी

आज सुनको मूल्य बढ्यो, घट्यो चाँदी

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ।

#महासंघ #व्यवसायी
Compare →
Hamro Patro News
1w ago
प्रेस काउन्सिल अध्यादेश रोक्न राष्ट्रपतिलाई महासंघको आग्रह

प्रेस काउन्सिल अध्यादेश रोक्न राष्ट्रपतिलाई महासंघको आग्रह

काठमाडौं । नेपाल पत्रकार महासंघले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरी प्रेस काउन्सिल ऐन, २०४८ लाई संशोधन गर्न बनेको अध्यादेश रोक्न आग्रह गरेको छ । महासंघका अध्यक्ष निर्मला शर्माको नेतृत्वमा गएको...

#महासंघ
Compare →
Onlinekhabar
1d ago
देउवा पक्षद्वारा नेपाल सांस्कृतिक महासंघको अध्यक्षमा अर्जुन गिरी मनोनीत

देउवा पक्षद्वारा नेपाल सांस्कृतिक महासंघको अध्यक्षमा अर्जुन गिरी मनोनीत

२६ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको देउवा समूहले प्यूठानका अर्जुन गिरीलाई भ्रातृ संगठन नेपाल सांस्कृतिक महासंघको अध्यक्षमा मनोनीत गरेको छ । देउवा समूहको ‘१५औं नियमित महाधिवेशन तयारी समिति’का संयोजक डा. शशांक कोइरालाले बिहीबार उनलाई महासंघको अध्यक्षमा …

#महासंघ
Compare →

Related Stories

Sports
Build #2612