Trending
Prev Story
Next Story

न्यायाधीश हरि फुयाललाई प्रश्न: इनम सापकोटालाई होटलमा किन भेट्नुभयो ?

Ekantipur •
October 29, 2026 • 12:32 PM
1
1 reads 0 reactions

न्यायाधीश फुयालले इनमसँग किन कुराकानी गरेका थिए ? यसको पृष्ठभूमि के थियो ? अनि इनमले किन प्रधानमन्त्रीको नाम लिएका थिए ? बिहीबार सर्वोच्च अदालतमा केही सञ्चारकर्मीसँग उनीसँग यस्तै प्रश्नहरु सोधेका थिए । सोही कुराकानीको सम्पादित अंश :

न्यायाधीश हरि फुयाललाई प्रश्न: इनम सापकोटालाई होटलमा किन भेट्नुभयो ?

न्यायाधीश फुयालले इनमसँग किन कुराकानी गरेका थिए ? यसको पृष्ठभूमि के थियो ? अनि इनमले किन प्रधानमन्त्रीको नाम लिएका थिए ? बिहीबार सर्वोच्च अदालतमा केही सञ्चारकर्मीसँग उनीसँग यस्तै प्रश्नहरु सोधेका थिए । सोही कुराकानीको सम्पादित अंश :

काठमाडौँ — फिक्सर दीपक भट्ट हुँदै इनम सापकोटासम्म सरकारी अनुसन्धान जारी रहेका बेला एकपछि अर्को गर्दै न्यायाधीश विवादमा तानिएका छन् । थुनामा रहेका इनम सापकोटासँग सर्वोच्च अदालतका प्रधानन्यायाधीश मनोजकुमार शर्मा र न्यायाधीश हरिप्रसाद फुयालसँग सम्बन्ध र कारोबार देखिने विवरण सार्वजनिक भएका छन् । न्यायाधीश फुयालले इनमसँग किन कुराकानी गरेका थिए ? यसको पृष्ठभूमि के थियो ? बिहीबार सर्वोच्च अदालतमा केही सञ्चारकर्मीसँग कुराकानी गरेका थिए । सोही कुराकानीको सम्पादित अंश :

विचौलिया भनी पक्राउ परेका इनम सापकोटासँग तपाईँको भेट कसरी भयो ?

अहिले जुन विवाद आइरहेको छ, यो जुडिसियल करप्सनको एउटा इन्भेस्टिगेसन भइरहेको घटनाको हो । मैले भनेका कुराहरूले यो अनुसन्धानमा कुनै असर नपरोस् भन्ने मेरो एउटा धारणा छ। सार्वजनिक भएको विवरण प्रहरी कार्यालयमा अनुसन्धानको फाइलमा नभएको कुरा हो । यो कसरी र कसले बाहिर ल्यायो भन्ने कुरामा म आफैँ आश्चर्यमा छु । म आफू आर्थिक, नैतिक र आचरणगत कुरामा कहीँ कतै पनि विचलित नभएको व्यक्ति हुँ । र म यस्ता कार्यको समर्थन पनि गर्दिनँ । म सधैँ न्यायिक सुशासन र न्यायिक मर्यादाको पक्षमा छु । जुन यो समाचार अहिले आएको छ, यो समाचारको विवादले सेवाग्राहीहरूलाई एक खालको भ्रम र अन्योलता सिर्जना भएकोमा म क्षमा चाहन्छु ।

केही समयअघि म लगायतका केही न्यायाधीशविरुद्ध महाभियोगको प्रस्ताव लैजाने चर्चा चलेको थियो । त्यही बेला ती मानिस मेरो सम्पर्कमा आएका थिए । त्यतिखेर यी मान्छे चिनजानका मानिसहरूको आधार लिँदै म लगायत सर्वोच्च अदालतका कम्तीमा चार, विशेष अदालत र उच्च अदालतसमेतका श्रीमान्हरूको सम्पर्कमा पुगेका रहेछन् । यो कुरा म सहितका अरू न्यायाधीशहरूले केही समयपछि थाहा पायौँ । म ती व्यक्तिसँग पुग्ने मध्येको तेस्रो मान्छे थिएँ। मअघि तीन जना न्यायाधीशसँग यी मानिसको भेट भइसकेको रहेछ ।

यो कुरा इनम र अन्य न्यायाधीशहरूले भनेपछि मलाई थाहा भयो । अरूलाई जस्तै मलाई यी मान्छेले कुनै एकजना प्रतिष्ठित मान्छेमार्फत आफू झापा घर भएको भनी मेरो आफन्तमार्फत चिनजानमा आएका थिए । तत्कालीन अवस्थामा उनले आफूलाई प्रधानमन्त्री बालेन्द्र शाहको मानिस भनेर चिनाएका थिए । अनि महाभियोगमा हामीलाई सहयोग गर्ने बताएका थिए । उनले आफूलाई नजिकको छिमेकी देशको मेडिकल डाक्टर हुँ भनेर चिनाएका थिए । उनले आफू दूतावासमा गोप्य रूपमा काम गर्छु भनी परिचय दिएका थिए । उनले भनेका थिए, 'तपाईँहरू आत्तिनु पर्दैन, तपाईँहरूलाई महाभियोग लाग्दैन। मेरो सत्तारूढ दलकै पार्टीको सभापतिसम्म पहुँच छ ।' उनले सरकारको पार्टीको सभापतिलाई मैले त्यहाँको राजदूतको सिधै फोन गराएँ भनेर समेत भनेका थिए । तपाईँलाई महाभियोग लाग्दैन, चिन्ता नगर्नुस् भन्ने कुरा उनले मसँगको भेटमा गरेका थिए ।

तपाईँलाई यो कुरा सापकोटाले फोनमा भनेका थिए कि भेटेर भनेका थिए ?

फोनमा हैन, भेटेरै उनले यस्ता कुरा सुनाएका थिए । सुरुका करिब–करिब दुई महिना एकदम राम्रो कुरा गरे । स्वतन्त्र न्यायपालिकादेखि मनोज शर्मालाई प्रधानन्यायाधीशसमेत आफैँले बनाएकोसम्म भने । तत्कालीन समयमा हामीलाई महाभियोग लाग्छ कि भन्ने त्रासमा थियौँ । जुन अहिले पनि कायमै छ । यस्तो अवस्थामा एउटा सेतुको रूपमा जसको नयाँ प्रधानमन्त्रीसँग सिधै सम्पर्क छ भने किन काम लाग्दैन भन्ने हाम्रो सोच भयो । उनले हामीसँगको भेटमा आईजीपी र प्रधान सेनापतिसँग नजिकको सम्बन्ध भएको दाबी गर्थे । एक दिन मैले उनले भनेको कुरा एकजना आफन्तीमार्फत उनी दूतावाससँग सम्बन्धित हुन् कि हैनन् भनेर भेरिफाइ गर्न खोजेँ । तर सकिनँ । भित्र काम गर्ने र गोप्य रूपमा काम गर्नेहरूको बारेमा थाहा नहुने जानकारी मैले पाएँ । उनले म सहितका न्यायाधीशहरूलाई गोप्य रूपमा काम गर्छु भनेर बताएका थिए ।

यिनले यही कुरा अरू न्यायाधीश र उच्च पदस्थ व्यक्तिहरूलाई भन्ने गरेका रहेछन् । यो कुरा पछि हामीले एकअर्कालाई सेयर गर्दा थाहा भयो । कुराकानीकै क्रममा इनमले एक दिन एक विवादास्पद व्यक्तिको मुद्दाको कुरा गरे । मैले त्यो कुरा नगर्नुस् है भनेँ । त्यो मान्छेलाई म राम्ररी चिन्छु । त्यो मान्छेले इन्सुरेन्स क्षेत्रमा नियुक्ति पाएको थियो । सुदूरपश्चिमतिरको एकजना मान्छे हो । ती मानिस विवादास्पद हुन् र उनको मुद्दा चलिरहेको अवस्थामा यस्तो कुरा नगर्नु भनेको थिएँ । जब उनले मुद्दाको कुरा गरे, अनि अलिअलि शंका उत्पन्न हुन थाल्यो । फेरि अर्को मुद्दाको पनि कुरा गरे । मुद्दाका कुरा चाहिँ म्यासेजमा गर्थे । मैले हरेक पटक उनको कुरा अस्वीकार गर्दै गएँ । उनले अरू न्यायाधीशहरूलाई पनि यही कुरा भन्ने गरेका रहेछन् । अरू न्यायाधीशहरूले पनि यस्तो म्यासेजले प्रेसर फिल गर्नुभएको रहेछ । अनि एक दिन हामीबीच यो कुरा सेयरिङ भयो । हामीले यी मान्छेका बारेमा भेरिफाइ गर्न थाल्यौँ । उनले नेपाली कांग्रेसको मुद्दाका बारेमा धेरै चासो राखेका थिए । अरू श्रीमान्हरूले पनि मुद्दाको कुरा गरेपछि अस्वीकार गर्नुभएको थियो । सर्वोच्च प्रशासनका मानिससँग पनि उनको यस्तै शैलीमा कुराकानी भएको पाइयो ।

सार्वजनिक म्यासेजमा तपाईँको र इनमको रोहित गुप्ताको मुद्दामा पनि कुरा भएको देखिन्छ । यो सन्दर्भमा के भएको हो ? अनि किन इनमलाई हिमालयन होटलमा भेट्ने भन्नुभएको थियो ?

उनीसँग कुराकानी जारी रहेका बेला एक दिन एउटा म्यासेज आयो । त्यतिबेला रोहित गुप्ताको बन्दीप्रत्यक्षीकरण र विशेष अदालतले थुनामा पठाउने आदेशविरुद्ध दर्ता भएको १७ नम्बर निवेदनको मुद्दा सुनुवाइमा थियो ।

म सहितको संयुक्त इजलासमा पेसी थियो । म इजलास छिरिसकेपछि उनको फोन आएको रहेछ । म सधैँ इजलास जाँदा डायरमा फोन राखेर जान्छु । त्यो दिन घर पुगेपछि मोबाइल हेर्दा उसले प्रधानमन्त्रीको रिफरेन्स दिएर गरेको म्यासेज देखेँ । म्यासेजमा गुप्ताको निवेदन खारेज गर्नु र थुनामै राख्नु भन्ने कुरा थियो । म सहितको इजलासले थुनामा राख्नुपर्ने कुनै ग्राउन्ड नदेखेपछि २ करोड धरौटी माग गरेको थियो । त्यो मुद्दामा गुप्तालाई थुनामा राख्नु नपर्ने नै थियो । यही मुद्दामा यसअघि व्यवसायी शेखर गोल्छासहित धरौटीमा छुटेका थिए । मिसिलमा हेर्दा यो कसुरमा गुप्ताको उनीहरूभन्दा कम जिम्मेवारी थियो । यसअघि नै विशेषमा त्यो विवाद प्रवेश भएको रहेछ । जुन पछि मात्र हामीले थाहा पायौँ । प्रधानमन्त्रीको 'विहाफ'मा भेट्न खोजेको हो भने भेटौँ न त भन्ने हामी केही न्यायाधीशका बीचमा सल्लाह भयो । त्यसपछि मैले हिमालयन होटलमा भेट्ने कुरा गरेँ । हामीले भेटेका पनि हौँ ।

भेटमा अरू न्यायाधीश पनि थिए भन्नुभयो । उहाँहरू को–को हुनुहुन्थ्यो ?

म अरू कसैको नाम लिन चाहन्नँ । तर त्यो दिन म एक्लै थिइनँ । भेटमा ती व्यक्तिले तपाईँहरूसँग प्रधानमन्त्री खुसी हुनुहुन्न । महाभियोग अघि बढ्ने भयो भन्ने गरी लाउड भ्वाइसमा भनेका थिए । त्यसपछि हामीलाई यी मानिसप्रति झन् शंका बढ्यो । त्यसपछि मैले आईजीपीको सचिवालयमा यो मानिसका बारेमा सोधेँ र उनको समेत नाम लिएको कुरा अनौपचारिक रूपमा राखेँ । उताबाट उनी हाइप्रोफाइलसँग सम्बन्ध देखिएका व्यक्ति हुन्, 'वि केयर फुल' भनी सन्देश आयो । हामीलाई शंका बढाउने कुरा होटलको बिल हामीले तिर्न खोज्दा उनले अरू कसैको नाममा राख्न लगाए । आईजीपीको सचिवालयले पनि आफूहरू जोगिएर बसेको र तपाईँहरू पनि जोगिनुहोला भनेपछि हामीलाई थप त्रास र प्रेसर फिल भयो । कांग्रेसको मुद्दापछि उसले सबैभन्दा धेरै जोड दीपक भट्टको बन्दीप्रत्यक्षीकरणको निवेदनमा गरेको थियो । उसले भनेअनुसार भएन । त्यसलगत्तै हामीले प्रधानसेनापति र प्रधानमन्त्रीको सचिवालयमा यो मानिसका बारेमा डिटेल पठाएर जानकारी माग गर्‍यौँ । प्रधानमन्त्रीका तर्फबाट भनी यहाँ दबाब दिइरहेको कुरा हामीले फोटो अनि हामीसँग भएका प्रमाणसहित प्रधानमन्त्रीको सचिवालयमा पठायौँ । जवाफमा प्रधानमन्त्री कार्यालयले यो मानिसका बारेमा आफूहरूले पनि हल्ला सुनेको तर कतै देखेको र चिनजान भएको जानकारी दिए ।

तपाईँले प्रधानमन्त्री कार्यालयमा के–के कुरा पठाउनुभयो ?

हामीले व्यक्तिको फोटो, सम्पर्क नम्बर अनि हामीसँग भएका कम्युनिकेसनका सबै कुरा खुलाएर पठायौँ । हामी केही न्यायाधीशहरूलाई असाध्यै प्रेसर फिल भएपछि यो गरेका थियौँ । त्यसअघि हामीले सल्लाह गरेका थियौँ । सेनापतिको सचिवालयमा पनि हामीले यो डिटेल पठाएका थियौँ । त्यसको केही दिनमा चोलेन्द्रशमशेर जबरालाई सुरक्षाका लागि भन्दै नियन्त्रणमा लिएको कुरा सार्वजनिक भयो । त्यसको केही दिनमा यो मानिस पक्राउ पर्‍यो । पछि मात्र हामीले यो मानिसले प्रहरीतिर धेरै र सेनातिर केही मानिसलाई यसै गरी प्रेसर दिएको थाहा पायौँ । हामीले पनि अति नै भएपछि मुख खोलेर प्रधानमन्त्री कार्यालयमा आफैँले सूचना दिएका थियौँ ।

किन यस्तो मान्छेको विश्वासमा तपाईँहरू पर्नुभयो ?

तत्कालीन समयमा हामीविरुद्ध महाभियोगको हल्लासँगै त्रास थियो । महाभियोग लाग्दैन, म प्रधानमन्त्रीको मान्छे भनेपछि यस्तो कन्टेक्स्टमा हामी सम्पर्कमा पुगेका थियौँ । हामीले जुन सूचना दियौँ, त्यही सूचनाले त हामी पीडित भएनौँ भन्ने महसुस भइरहेको छ । हाम्रो यसमा केही र कुनै बदनियत छैन । त्यो मान्छेसँग सेटिङ गरेको पनि छैन । कतिपय ठाउँमा त्यो मान्छेलाई नभेटेको भए पनि हुन्थ्यो होला, तर उसले वर्तमान प्रधानमन्त्रीको तर्फबाट सन्देश पठाएको भनेपछि हामीले विश्वास गरेका थियौँ । तर यो कुरा सुनेपछि प्रधानमन्त्री त्यो मान्छेसँग रिसाउनुभएको थियो रे ।

उसले प्रधानमन्त्रीको नाम लिँदा तपाईँहरूले प्रधानमन्त्रीकहाँ उसको सन्देश पुग्छ कि पुग्दैन भनेर भेरिफाइ सुरुमै गर्नुभएन ?

सुरुमा गरिएन । तर जब शंका लाग्यो, अनि हामीले सन्देश पठायौँ र हामीसँग भएको जानकारी सेयर गर्‍यौँ । अनि प्रधानमन्त्रीले थाहा पाउनुभयो । त्यो समयसम्म यो मानिसबारे सेना र प्रहरीले पनि थाहा पाएका थिए ।

तपाईँहरूलाई शंका लागेपछि प्रहरीलाई अनुसन्धान गर्नुस् भन्नुभएन ?

हामीले जानकारी त प्रहरीलाई दिएका थियौँ । तर प्रहरीले अनौपचारिक रूपमा यो मान्छे हामीभन्दा माथि छ, केही गर्न सकिँदैन । तपाईँहरू होसियार भएर रहनुस् । हामी पनि होसियार भएर बचेका बसेका छौँ मात्र भनेपछि हामीले प्रधानमन्त्रीको सचिवालयमा सूचना दिएका हौँ ।

यो प्रकरणमा अब के होस् भन्ने तपाईँको कुरा हो ?

यो प्रकरणको पहिलो सूचना हामीले नै दिएका हौँ । तर अहिले म मात्र भिक्टिम भएको देखिएको छ । यसमा गम्भीर रूपमा अनुसन्धान होस् । हामी दोषी देखिन्छौँ भने म लगायत अरू न्यायाधीशहरूलाई कारबाही होस् । त्यसका लागि म तयार नै छु ।

भेट र कुराकानीमा आर्थिक कुरा पनि भए कि भएनन् ?

आर्थिक कुरा कहीँ कतै भएनन् । मैले थाहा पाएअनुसार उसले सहयोग गरिदिनुस् र फलानालाई भनिदिनुस् मात्र भन्ने गर्दथे । आर्थिक कुरा कसैलाई गरेको मलाई थाहा छैन । मसँग त आर्थिक कुरा गर्दै गरेन ।

तपाईँसहित अरू न्यायाधीशलाई पनि भन्ने गरेको कुरा आएपछि फुलकोर्टमा पनि कुरा उठ्यो कि उठेन ?

चोलेन्द्रशमशेर जबरालाई नियन्त्रणमा लिएपछि बसेको फुलकोर्टमा मैले सांकेतिक रूपमा केही कुरा उठाएको थिएँ । विशेष अदालतको कुरा उठेपछि केही मान्छेहरू सिधै आउन थाले, सिधै भेट्न थाले । प्रधानन्यायाधीशलाई चिनेको छु भन्छन्, प्रधानमन्त्रीलाई चिनेको छु भन्छन् । एकदम उकुसमुकुस जस्तो भयो, के गर्ने होला भनेर मैले सेयर गरेको थिएँ ।

जुन संवाद बाहिर आयो नि, त्यो कहाँबाट लिक भयो भन्ने लाग्छ ?

कहाँबाट आयो त हामीलाई थाहा छैन । तर जुन नयाँ पत्रिकाले समाचार बनायो, त्यो पूरा आएको छैन । मैले आफ्नो प्रतिक्रिया र प्रधानमन्त्रीको सचिवालयमा म आफैँसहितले विस्तृत विवरण बुझाएको कुरा भनेको थिएँ ।

दुर्गा कान्तिपुर मिडिया ग्रुपका कानुन संवाददाता हुन् । उनी कानुन, न्याय र संवैधानिक मामिलाबारे रिपोर्टिङ गर्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
6d ago
आजका समाचार : प्रस्तावित चार न्यायाधीश अनुमोदित, डा. केसीले तोडे अनशन, सरकारप्रति प्रचण्डको आक्रोश, एनपीएल जारी र इरानसँग वार्ता भइरहेको ट्रम्पको दाबी

आजका समाचार : प्रस्तावित चार न्यायाधीश अनुमोदित, डा. केसीले तोडे अनशन, सरकारप्रति प्रचण्डको आक्रोश, एनपीएल जारी र इरानसँग वार्ता भइरहेको ट्रम्पको दाबी

संसदीय समितिद्वारा सर्वोच्चको न्यायाधीशमा प्रस्तावित सबै चार जनाको नाम अनुमोदन संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार जनाको नाम अनुमोदन गरेको छ । स...

#सर्वोच्च-अदालत #न्यायाधीश
Compare →
Nagarik News
6d ago
सर्वोच्च अदालतका लागि सिफारिस चार न्यायाधीशको नाम सर्वसम्मत अनुमोदन

सर्वोच्च अदालतका लागि सिफारिस चार न्यायाधीशको नाम सर्वसम्मत अनुमोदन

सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका चार जनाको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ।

#सर्वोच्च-अदालत #न्यायाधीश
Compare →
Onlinekhabar
6d ago
सर्वोच्चको न्यायाधीशमा प्रस्तावित चारै जनाको नाम संसदीय सुनुवाइबाट अुनमोदन

सर्वोच्चको न्यायाधीशमा प्रस्तावित चारै जनाको नाम संसदीय सुनुवाइबाट अुनमोदन

२१ कात्तिक, काठमाडौं । सर्वोच्च अदालतका प्रस्तावित चार जना नै न्यायाधीशहरूको नाम संसदीय सुनुवाइबाट अनुमोदन भएका छन् । न्यायपरिषद्ले उच्च अदालत पोखराका मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगीलाई सर्वोच्चको न्यायाधीश …

#सर्वोच्च-अदालत #न्यायाधीश
Compare →
Arthasansar
14h ago
सर्वोच्च अदालतमा चार न्यायाधीश नियुक्त

सर्वोच्च अदालतमा चार न्यायाधीश नियुक्त

सर्वोच्च अदालतमा चार जना न्यायाधीश नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले न्याय परिषद्को सिफारिसका आधारमा शुक्रबार चार जनालाई सर्वोच्च अदालतको न्यायाधीशमा...

#सर्वोच्च-अदालत #न्यायाधीश
Compare →
Bizshala
14h ago
सर्वोच्च अदालतमा चार नयाँ न्यायाधीश नियुक्त, को–कोले पाए जिम्मेवारी ?

सर्वोच्च अदालतमा चार नयाँ न्यायाधीश नियुक्त, को–कोले पाए जिम्मेवारी ?

काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना नयाँ न्यायाधीश नियुक्त गरेका छन्। न्याय परिषद्को...

#सर्वोच्च-अदालत #न्यायाधीश
Compare →

Related Stories

Politics & Governance
Build #2611