Trending
Prev Story
Next Story

तीन घन्टादेखि प्रहरी उच्च अधिकृतहरूको बैठक, प्रधानमन्त्रीकोमा सामूहिक रुपमा जाने कि नजाने भन्ने बहस

Ekantipur •
October 29, 2026 • 12:32 PM
1
1 reads 0 reactions

आईजीपी दानबहादुर कार्कीलाई सरकारले हटाउने तयारी गरेको भन्दै आएका विवरणहरूपछि उत्पन्न परिस्थितिका बीच समसामयिक विषयमा छलफल गर्न भन्दै यो बैठक बोलाइएको थियो ।

तीन घन्टादेखि प्रहरी उच्च अधिकृतहरूको बैठक, प्रधानमन्त्रीकोमा सामूहिक रुपमा जाने कि नजाने भन्ने बहस

आईजीपी दानबहादुर कार्कीलाई सरकारले हटाउने तयारी गरेको भन्दै आएका विवरणहरूपछि उत्पन्न परिस्थितिका बीच समसामयिक विषयमा छलफल गर्न भन्दै यो बैठक बोलाइएको थियो ।

काठमाडौं — प्रहरी प्रधान कार्यालय, नक्सालमा तीन घन्टाभन्दा लामो समयदेखि प्रहरी उच्च अधिकृतहरुको बैठक चलिरहेको छ । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बोलाएको पोलिसी कोअर्डिनेसन कमिटी (पीसीसी) को बैठक यतिबेलासम्म जारी रहेको हो ।

आईजीपी कार्कीलाई सरकारले हटाउने तयारी गरेको भन्दै आएका विवरणहरुपछि उत्पन्न परिस्थितिका बीच समसामयिक विषयमा छलफल गर्न भन्दै यो बैठक बोलाइएको थियो । प्रहरी नायब महानिरीक्षक (डीआईजी) देखि माथिल्लो तहका अधिकारीहरू सहभागी बैठकमा आईजीपीलाई हटाउने भन्दै आएका विषयवस्तुप्रति नै केन्द्रित रहेर छलफल भइरहेको छ ।

प्रहरी प्रधान कार्यालय उच्च स्रोतका अनुसार, महानिरीक्षक कार्कीको ब्रिफिङपछि हरेक अधिकारीहरूले आफ्नो धारणा राखिरहेका छन् । धारणा राखेका कतिपय अधिकारीहरूले बाहिर आएका विषयवस्तुले राम्रो सन्देश नजाने भन्दै प्रधानमन्त्री कार्यालयमा सामूहिक रुपमा उपस्थित भएर आफूहरुको कुरा राख्नुपर्ने बताएका छन् ।

‘संगठन बनाउने हो, जाउँ साथी हो भन्ने खालको कुरा कतिपयले गरेका छन्,’ प्रहरी स्रोतले भन्यो, ‘केही अधिकृतहरूले चाहिँ प्रहरी अधिकृतहरू आफैं अनुशासित नभएको, संगठन बिगारेका कारण सरकारले प्रवेश गर्न खोजेको हो भनेका छन् । आफैंले ठाउँ नभएको भए यस्तो हुन्थेन भन्ने पनि केहीले कुरा राखेका छन् ।’

यो बैठकका लागि सातै प्रदेशका प्रहरी प्रमुख रहेका डीआईजीहरूलाई पनि आकस्मिक रुपमा काठमाडौं बोलाइएको थियो । आईजीपी कार्कीले बुधबार मात्रै उपत्यका प्रहरी कार्यालय, प्रदेश प्रहरी कार्यालय, तालिम केन्द्र र जिल्ला प्रहरी कार्यालयका प्रमुखहरूदेखि प्रहरी निरीक्षक तहसम्मका कार्यालय प्रमुखलाई भर्चुअल कन्फरेन्समार्फत सम्बोधन गरेका थिए । त्यसक्रममा उनले प्रहरी अधिकारीहरू एकअर्काविरुद्ध र आफ्नै संगठनका सहकर्मीविरुद्ध लाग्ने गरेको भन्दै त्यसो नगर्न सचेत गराएका थिए ।

ब्याचीहरूबीचसमेत सौहार्दपूर्ण सम्बन्ध कायम हुन छाडेको भन्दै आईजीपी कार्कीले त्यसमा सुधार ल्याउन खोजेको बताएका थिए । ‘ती विषयहरू फेरि पनि उठ्नेछन्,’ एक अधिकृतले भने ।

गौरव कान्तिपुर मिडिया ग्रुपका सुरक्षा संवाददाता हुन् । उनी राष्ट्रिय सुरक्षा मामिला, सुशासन र समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
11h ago
छठको बिदाले दानबहादुर कार्कीको रिट सुनुवाइ प्रभावित, पेशी सर्ने

छठको बिदाले दानबहादुर कार्कीको रिट सुनुवाइ प्रभावित, पेशी सर्ने

काठमाडौं । छठ पर्वका अवसरमा सरकारले सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेपछि निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले दायर गरेको रिटको सुनुवाइ प्रभावित हुने भएको छ। आफूलाई गैरकानुन...

#कार्की #दानबहादुर
Compare →
Nagarik News
7h ago
प्रधानमन्त्रीको गृहजिल्ला महोत्तरीमा छठको तयारी पूरा

प्रधानमन्त्रीको गृहजिल्ला महोत्तरीमा छठको तयारी पूरा

प्रधानमन्त्रीका दाजु कौशलेन्द्र शाहसँग जिल्लाका विभिन्न स्थानको निरीक्षण गरेपछि सांसद झाले छठ पर्वको पूर्वसन्ध्यामा तयारी पूरा भएको जानकारी दिएका हुन्।

#तयारी #प्रधानमन्त्रीको
Compare →
Onlinekhabar
13h ago
चीन जाने सांसदहरूलाई प्रधानमन्त्रीको निर्देशन– भ्रमणलाई राष्ट्रिय हितमा केन्द्रित गर्नू

चीन जाने सांसदहरूलाई प्रधानमन्त्रीको निर्देशन– भ्रमणलाई राष्ट्रिय हितमा केन्द्रित गर्नू

२८ कात्तिक, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा नेताहरूलाई चीन भ्रमणलाई घुमघाममा मात्रै सीमित नराखी नेपालको राष्ट्रिय हित र दुई देशबीचको सम्बन्ध सुदृढ बनाउन केन्द्रित गर्न निर्देशन दिएका छन् …

#प्रधानमन्त्रीको #जाने
Compare →

Related Stories

Politics & Governance
Build #2611