Trending
Prev Story
Next Story

विपद् प्रभावितको पुनर्स्थापना गर्न जग्गा खरिद प्रक्रिया सहज बनाइँदै

Nagarik News •
October 29, 2026 • 11:06 AM
1
1 reads 0 reactions

मन्त्रालयले विपद् प्रभावित स्थानीय तहलाई पुनर्स्थापना गर्न आवश्यक जग्गा खरिद तथा अधिग्रहण सहज बनाउन कानुन संशोधनका लागि छलफल सुरु गरेको छ।

विपद् प्रभावितको पुनर्स्थापना गर्न जग्गा खरिद प्रक्रिया सहज बनाइँदै

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विपद् प्रभावित स्थानीय तहलाई पुनर्स्थापना गर्न आवश्यक जग्गा खरिद तथा अधिग्रहण सहज बनाउन कानुन संशोधनका लागि छलफल सुरु गरेको छ।

मन्त्रालयका सचिव मदन भुजेलले जग्गा अधिग्रहणको प्रक्रिया सङ्घीय सरकारमार्फत मात्रै हुने र लामो समय लाग्ने गुनासो आएकाले स्थानीय तहलाई आवश्यक जग्गा उपलब्ध गराउने प्रक्रिया सहज बनाउने विषयमा छलफल भइरहेको बताए।

राष्ट्रिय सभाको भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिमा उहाँले स्थानीय तहलाई निजी जग्गा खरिद तथा अधिग्रहण गर्न सहज बनाउन कानुन संशोधनबारे छलफल भइरहेको जानकारी दिए।

सचिव भुजेलले प्रभावित परिवारलाई सुरक्षित स्थानमा पुनर्स्थापना गर्न मन्त्रालयले जग्गा पहिचानको काम गरिसकेको बताए।

उनका अनुसार नापी विभागका महानिर्देशकको नेतृत्वमा गठित समितिले २७७ कित्ताका तीन हजार २७९ रोपनी जग्गा पहिचान गरी प्रतिवेदन कार्यान्वयनका लागि पूर्वाधार विकास मन्त्रालयमा पठाइसकेको छ।

सचिव भुजेलले विपद् प्रभावित क्षेत्रमा सुरक्षित बस्ती विकासका लागि जग्गा पहिचान गरेको र पहिचान भएका जग्गामा उपयुक्त स्थान छनोट गरी बस्ती बसाउने काम पूर्वाधार विकास मन्त्रालयले गर्ने जानकारी दिए।

उनले पुनर्स्थापना प्रभावकारी बनाउन स्थानीय तह, सम्बन्धित मन्त्रालय र अन्य निकायबिच आवश्यक समन्वयको आवश्यकता औँल्याए।

मन्त्रालयकाअनुसार जमिनको प्रकृतिअनुसार उपयोग गर्ने र जोखिमयुक्त स्थानमा बस्ती बसाउन निरुत्साहित गर्ने उद्देश्यले विज्ञ टोलीबाट सङ्घीय भू–उपयोग योजना र नीतिको अध्ययन भइरहेको छ।

प्रकाशित: १२ कार्तिक २०८३ १६:५१ बिहीबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
19h ago
जग्गा र जनशक्ति अभावमा मत्स्य विकास केन्द्रको काम प्रभावित

जग्गा र जनशक्ति अभावमा मत्स्य विकास केन्द्रको काम प्रभावित

२७ कात्तिक, स्याङ्जा । गण्डकी प्रदेशकै एक मात्र मत्स्य विकास केन्द्र पर्याप्त जग्गा र प्राविधिक जनशक्तिको अभावमा स्थापनाकालीन उद्देश्यअनुसार अघि बढ्न सकेको छैन । स्याङ्जाको कालीगण्डकी गाउँपालिका-७ मिर्मीमा रहेको केन्द्रले स्थानीय किसानलाई सहुलियतमा माछाका भुरा उपलब्ध …

#जग्गा #प्रभावित
Compare →
Ekantipur
5d ago
सार्वजनिक खरिदमा आबद्ध श्रमिकका लागि नयाँ व्यवस्था के छ ? ६ प्रश्नोत्तरमा बुझ्नुहोस्

सार्वजनिक खरिदमा आबद्ध श्रमिकका लागि नयाँ व्यवस्था के छ ? ६ प्रश्नोत्तरमा बुझ्नुहोस्

सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि, २०८३ ले व्यवस्थाले क–कसलाई समेट्छ ? के नयाँ कुरा समेटेको छ ? कार्यविधि कार्यान्वयन हुन कति सहज छ ? यस्ता प्रश्नकाे जिज्ञासा हामीले ६ प्रश्नोत्तरमार्फत् बुझाउने प्रयास गरेका छौं ।

#खरिद
Compare →
Hamro Patro News
7h ago
खरिद अनियमिततामा सतर्कताको छानबिनमा रहेका ग्याट्रोका डाक्टर डा. नीराजन क्यान्सर अस्पतालको प्रमुख

खरिद अनियमिततामा सतर्कताको छानबिनमा रहेका ग्याट्रोका डाक्टर डा. नीराजन क्यान्सर अस्पतालको प्रमुख

खरिद अनियमिततामा सतर्कताको छानबिनमा रहेका ग्याट्रोका डाक्टर डा. नीराजन क्यान्सर अस्पतालको प्रमुख ९ मिनेट अघि काठमाडौं : स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले खरिद अनियमिततामा सतर्कता ...

#खरिद
Compare →
Bizshala
10h ago
पूर्वआईजीपी दानबहादुर कार्की जोडिएको म्यादी प्रहरी पोशाक खरिद प्रकरणमा अख्तियार सक्रिय, ठेकेदारलाई फेरि बोलाएर बयान

पूर्वआईजीपी दानबहादुर कार्की जोडिएको म्यादी प्रहरी पोशाक खरिद प्रकरणमा अख्तियार सक्रिय, ठेकेदारलाई फेरि बोलाएर बयान

काठमाण्डौ । निर्वाचन प्रहरी (म्यादी प्रहरी) का लागि पोशाक तथा अन्य सामग्री खरिदमा भएको भनिएको अनियमिततामाथि अख्तियार...

#खरिद
Compare →

Related Stories

Politics & Governance
Build #2611