क्यालिफोर्नियाको हर्कुलिस सहरका काउन्सिल सदस्य तथा मेयर दिली भट्टराई NANC का उपाध्यक्ष पशुपति पोखरेल र पवन बिष्ट सहितका प्रतिनिधीले बिहीबार उक्त रकम पूर्वाधारमन्त्री सुनील लम्साललाई हस्तान्तरण गरे ।
काठमाडौँ — अमेरिकाको उत्तरी क्यालिफोर्नियास्थित बे एरिया नेपाली समुदाय र नेपाली एसोसिएसन्स अफ नर्दन क्यालिफोर्निया (NANC) ले नेपालका विपद् प्रभावित समुदायको राहत तथा पुनर्स्थापनाका लागि १ करोड रुपैयाँ सहयोग गरेका छन् ।
क्यालिफोर्नियाको हर्कुलिस सहरका काउन्सिल सदस्य तथा मेयर दिली भट्टराई NANC का उपाध्यक्ष पशुपति पोखरेल र पवन बिष्ट सहितका प्रतिनिधीले बिहीबार उक्त रकम पूर्वाधारमन्त्री सुनील लम्साललाई हस्तान्तरण गरे । प्रतिनिधिमण्डलमा NANC का उपाध्यक्ष पशुपति पोखरेल र पवन बिष्ट सहभागी थिए ।
भट्टराईले विपद्का बेला नेपाललाई सहयोग गर्नु विदेशमा बस्ने नेपालीको एकता र मातृभूमिप्रतिको जिम्मेवारीको प्रतीक भएको बताए । उनिहरुले सहयोग रकम वास्तविक विपद् प्रभावित नागरिकसम्म पुग्ने गरी प्रभावकारी र पारदर्शी रूपमा उपयोग हुने विश्वास व्यक्त गरेको छन् ।
भट्टराईले भने, 'हामी भौगोलिक रूपमा नेपालबाट टाढा रहे पनि हाम्रो मन, माया र जिम्मेवारी मातृभूमिसँगै जोडिएको छ। यो एक करोड रुपैयाँ केवल आर्थिक सहयोग मात्र होइन, विदेशमा बस्ने नेपालीहरूको एकता, करुणा र नेपालको पुनर्निर्माणप्रतिको प्रतिबद्धताको प्रतीक हो।'