सभामुख डीपी अर्याललाई भेट्न सत्तारुढ रास्वपाका सभापति रवि लामिछाने बिहीबार दिउँसो सिंहदरबार पुगेका थिए ।
काठमाडौँ — प्रतिनिधिसभाका सभामुख डीपी अर्याल र सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ ।
सभामुख अर्याललाई भेट्न सभापति लामिछाने बिहीबार दिउँसो सिंहदरबार पुगेका थिए । सभामुख अर्यालको कार्यकक्षमा भएको भेटवार्तामा समसामयिक विषयमा छलफल भएको स्रोतले जानकारी दियो ।
सभामुख अर्याल र सभापति लामिछानेबीच करिब १ घण्टा एक्लाएक्लै छलफल भएको हो ।