Trending
Prev Story
Next Story

सेबोनद्वारा आईपीओको पाइपलाइनमा रहेका कम्पनीको वर्गीकरण, कुन समूहमा कति ?

Arthasansar •
October 29, 2026 • 10:36 AM
2
2 reads 0 reactions

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले साधारण सेयर (आईपीओ) निष्काशनका लागि आवेदन दिएका कम्पनीहरुको वर्गीकरण गरेको छ । बोर्डले आईपीअ‍ोको आवेदन...

सेबोनद्वारा आईपीओको पाइपलाइनमा रहेका कम्पनीको वर्गीकरण, कुन समूहमा कति ?

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले साधारण सेयर (आईपीओ) निष्काशनका लागि आवेदन दिएका कम्पनीहरुको वर्गीकरण गरेको छ । बोर्डले आईपीअ‍ोको आवेदन दिएका ११७ कम्पनीलाई ६ वर्गमा वर्गीकरण गरेको हो ।

सेबोनले धितोपत्र दर्ता तथा प्रारम्भिक सार्वजनिक निष्काशनको स्वीकृतिका लागि बोर्डमा प्राप्त निवेदनको सूची बनाएर वर्गीकरण गरेको जनाएको हो । उक्त निवेदक कम्पनीहरूले पेश गरेका कागजात, विवरण तथा विवरणपत्र, तोकिएको कानूनी व्यवस्था तथा नियामकीय मापदण्ड बमोजिम नभएसम्म धितोपत्रको दर्ता तथा निष्काशनको स्वीकृति प्रदान नगरिने जनाएको छ ।

११७ कम्पनीको ७१ अर्ब ४२ करोड २० लाख २३ हजार ४९६ रुपैयाँको ५१ करोड ९ लाख ८१ हजार ९४६ कित्ता आईपीओ निष्कासनका लागि सेबोनको पाइपलाइनमा रहेका छन् । सेबोनका अनुसार पहिलो चरणमा ७६ वटा कम्पनी रहेका छन् । यी कम्पनीहरुले सेबोनमा आईपीओका लागि आवेदन दिएपछि बोर्डले माग अनुसार पुरै कागजात दिएका छैनन् । दोस्रो चरणका कम्पनीमा ६ वटा कम्पनी रहेका छन् । तेस्रो चरणमा ४ वटा कम्पनी रहेका छन् । तीमध्ये दुई कम्पनी अन्तिम समीक्षा चरणमा पुगेका छन् भने १० कम्पनीको आवेदन पाँचौँ चरणमा समीक्षा भइरहेको छ।

यस्तै चौथो चरणमा १९ वटा कम्पनी रहेका छन् । पाँचौ चरणमा १० वटा र छैटौं चरणामा २ सहित ११७ कम्पनी रहेका छन् । अन्तिम चरणमा रहेका दुई कम्पनीमा आशुतोष इनर्जी र कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेड रहेका छन् । यी दुई कम्पनीले २९ करोड रुपैयाँको २९ लाख कित्ता सेयर निष्कासनका लागि आवेदन दिएका छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Bizshala
3d ago
हिम पर्वतको स्थानीय आईपीओमा मंसिर १० सम्म आवेदन दिन पाइने

हिम पर्वतको स्थानीय आईपीओमा मंसिर १० सम्म आवेदन दिन पाइने

काठमाण्डौ । हिम पर्वत हाइड्रोपावरले दोलखाको आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि खुलाएको प्राथमिक सेयर (आईपीओ)मा...

#आवेदन #आईपीओ
Compare →
Hamro Patro News
3d ago
बैंक तथा वित्तीय संस्थाको ऋण वर्गीकरण र प्रोभिजनिङको विद्यमान व्यवस्था अव्यावहारिक : परिसंघ

बैंक तथा वित्तीय संस्थाको ऋण वर्गीकरण र प्रोभिजनिङको विद्यमान व्यवस्था अव्यावहारिक : परिसंघ

काठमाडौँ । बैंक तथा वित्तीय संस्थासम्बन्धी ऋण वर्गीकरण तथा प्रोभिजनिङको विद्यमान व्यवस्था अव्यवहारिक र अत्यधिक कडा भएको भन्दै बैंक तथा वित्तीय संस्था परिसंघ नेपालले पुनरावलोकन गर्न माग गरेको छ। पर...

#वर्गीकरण
Compare →
Ekantipur
1d ago
२६ कार्तिक २०८३ : आज कालीमाटीमा कुन तरकारी कति? (मूल्यसूचीसहित)

२६ कार्तिक २०८३ : आज कालीमाटीमा कुन तरकारी कति? (मूल्यसूचीसहित)

कालिमाटी थोक बजारमा आजको भाउ — सबैभन्दा माथि र तल्लो भाउका वस्तुहरूसहित विवरण।

#कुन #कति
Compare →

Related Stories

Business & Economy
Build #2612