Trending
Prev Story
Next Story

नेप्सेमा उत्साह कायमै, ३१ अंकको वृद्धि र साढे ८ अर्बको सेयर किनबेच

Ekantipur •
October 29, 2026 • 10:02 AM
1
1 reads 0 reactions

अघिल्लो दिनको तुलनामा बिहीबार नेप्से १.१८ प्रतिशतले बढेको हो । यससँगै समग्र नेप्से २ हजार ६ सय ९५.६० अंकमा उक्लेको हो ।

नेप्सेमा उत्साह कायमै, ३१ अंकको वृद्धि र साढे ८ अर्बको सेयर किनबेच

अघिल्लो दिनको तुलनामा बिहीबार नेप्से १.१८ प्रतिशतले बढेको हो । यससँगै समग्र नेप्से २ हजार ६ सय ९५.६० अंकमा उक्लेको हो ।

काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचकमा बिहीबार ३१.५४ अंकले बढेको छ । बुधबारभन्दा यो केही बढी हो । बुधबार सेयर बजार ३३.२९ अंकले बढेर बन्द भएको थियो । बिहीबार नेप्सेले बुधबारकै जस्ताे प्रवृति पछ्याएको हो । अघिल्लो दिनको तुलनामा बिहीबार नेप्से १.१८ प्रतिशतले बढेको हो । यससँगै समग्र नेप्से २ हजार ६ सय ९५.६० अंकमा उक्लेको हो ।

सो दिन कारोबारमा आएकामध्ये १८१ कम्पनीको सेयर मूल्य बढ्दा ९१ वटाको घट्यो । बाँकी ६ कम्पनीको सेयर मूल्य स्थिर छ ।

सो दिन कारोबारमा आएका १३ उपसमूहमध्ये सबैको परिसूचक बढेपछि नेप्से दोहोरो अंकले बढ्न टेवा पुगेको हो ।

बिहीबार कुल ६९ हजार ६ सय १९ पटकको कारोबारमा २ करोड ३२ लाख ५८ हजार ९ सय कित्ता सेयर किनबेच भए । ती किनबेचमा ८ अर्ब ५७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको हो ।

बुधबार कुल ६३ हजार ७ सय ४४ पटकको कारोबारमा १ करोड ९३ लाख ९७ हजार ५ सय ४८ कित्ता सेयर किनबेच भएको थियो । ती किनबेचमा ७ अर्ब ४५ करोड ८६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

बिहीबार बेनी हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा बढी १५ प्रतिशतले बढेको छ । एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टको सेयर मूल्य सबैभन्दा बढी ३.६५ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा घलेम्दि हाइड्रो सबैभन्दा अघि छ । प्रतिकित्ता ३ सय ३५ रुपैयाँका दरले यो कम्पनीको ३५ करोड ६१ लाख ६८ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
9h ago
तिहारको बिदापछि पनि चम्किएन सेयर बजार, नेप्से ६.४४ अंकले घट्यो

तिहारको बिदापछि पनि चम्किएन सेयर बजार, नेप्से ६.४४ अंकले घट्यो

काठमाडौं- तिहारपछिको पहिलो कारोबार दिन सेयर बजारमा गिरावट आएको छ। साताको एक मात्रै कारोबार दिन शुक्रबार नेप्से परिसूचक ६.४४ अंकले घटेर २६४८.७७ विन्दुमा बन्द भएको हो। कारोबारका क्रममा नेप्से परिसूच...

#शेयर-बजार #नेप्से #अंक
Compare →
Arthasansar
10h ago
तिहार पछि खुलेको नेप्सेमा एकल अंकको गिरावट, कारोबार ३ अर्बमा सिमित

तिहार पछि खुलेको नेप्सेमा एकल अंकको गिरावट, कारोबार ३ अर्बमा सिमित

तिहार पछिको पहिलो कारोबार दिन नेप्से परिसूचक एकल अंकले घटेर बन्द भएको छ । यो साताको एक मात्रै कारोबार दिन...

#शेयर-बजार #नेप्से #अंक
Compare →
Bizshala
10h ago
तिहारपछिको पहिलो कारोबारमै नेप्सेमा दबाब, जानकार भन्छन् 'वातावरण सहज बनेमा सेयरबजारले गति लिन्छ'

तिहारपछिको पहिलो कारोबारमै नेप्सेमा दबाब, जानकार भन्छन् 'वातावरण सहज बनेमा सेयरबजारले गति लिन्छ'

काठमाण्डौ । तिहारपछिको पहिलो कारोबार दिन सेयरबजारले सकारात्मक लय समात्न सकेन। लामो पर्व बिदापछि खुलेको बजारमा...

#शेयर-बजार #नेप्से
Compare →
Onlinekhabar
10h ago
घट्यो तिहारपछिको सेयर बजार, कारोबार खुम्चियो

घट्यो तिहारपछिको सेयर बजार, कारोबार खुम्चियो

२७ कात्तिक, काठमाडौं । तिहारपछिको सेयर बजार एकल अंकले झरेको छ । ६.४४ अंकले बजार परिसूचक नेप्से झरेसँगै २६४८ अंकमा कायम भएको छ । शुक्रबार सेयर बजारमा ११० कम्पनीको मूल्य बढेको छ भने १६० को घटेको …

#शेयर-बजार #अंक
Compare →

Related Stories

Business & Economy
Build #2611