Trending
Prev Story
Next Story

कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यले लिए शपथ

Ekantipur •
October 29, 2026 • 10:02 AM
1
1 reads 0 reactions

शपथ ग्रहण र पदबहाली सम्पन्न भएसँगै नयाँ केन्द्रीय कार्यसमितिको पहिलो बैठक सानेपामा बस्ने भएको छ ।

कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यले लिए शपथ

शपथ ग्रहण र पदबहाली सम्पन्न भएसँगै नयाँ केन्द्रीय कार्यसमितिको पहिलो बैठक सानेपामा बस्ने भएको छ ।

काठमाडौं — कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय पदाधिकारी तथा कार्यसमिति सदस्यहरूले पद तथा गोपनियताको शपथ लिएका छन् । बिहीबार पार्टी कार्यालय सानेपामा आयोजित विशेष समारोहमा पार्टी सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारीसहित केन्द्रीय सदस्यहरूलाई पद तथा गोपनियताको शपग ग्रहण गराएका हुन् ।

सभापति थापाले गत ३१ असोजमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए । शपथ लगत्तै नवनिर्वाचित केन्द्रीय सदस्यहरूलाई निर्वाचित भएको प्रमाणपत्र वितरण समेत गरिएको छ । गत १८ देखि २३ असोजसम्म काठमाडौंको खुलामञ्चमा सम्पन्न १५औँ महाधिवेशनबाट वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा, खुला उपसभापतिमा डा. चन्द्रकान्त भण्डारी र ई. मधु आचार्य, महिला उपसभापतिमा पुष्पा भुसाल र समावेशी उपसभापतिमा विनोद चौधरी निर्वाचित भएका छन् ।

त्यस्तै, महामन्त्रीत्रयमा प्रदीप पौडेल, उदयशमशेर जबरा र डा. डिला संग्रौला (पन्त) निर्वाचित भएका थिए । यसैगरी विभिन्न क्लष्टरबाट ११ जना सहमहामन्त्री निर्वाचित भएका थिए । कांग्रेसले ४ जना केन्द्रीय सदस्यको भने शपथ रोकेको छ । अदालतमा मुद्दा विचाराधीन रहेकाले ४ केन्द्रीय सदस्यको शपथ रोकेको हो । नवनिर्वाचित केन्द्रीय सदस्य सन्तोष चालिसे, विनिता खड्का, मोहन बस्नेत र उमेशचन्द्र यादवले शपथ लिन पाएनन् । शपथ ग्रहण र पदबहाली सम्पन्न भएसँगै नयाँ केन्द्रीय कार्यसमितिको पहिलो बैठक पनि सानेपामा बस्ने भएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
14h ago
मधेशका मुद्दा कांग्रेसको केन्द्रीय योजना बन्नुपर्छ : महामन्त्री पौडेल

मधेशका मुद्दा कांग्रेसको केन्द्रीय योजना बन्नुपर्छ : महामन्त्री पौडेल

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले मधेशका स्थानीय आवश्यकता र समस्यालाई पहिचान गरी तयार पारिएका एजेन्डालाई पार्टीको केन्द्रीय योजना बनाउनुपर्ने बताएका छन्।

#केन्द्रीय #कांग्रेस
Compare →
Onlinekhabar
3d ago
१४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमिति विस्थापित गर्ने अधिकार कसैलाई छैन : सिंह

१४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमिति विस्थापित गर्ने अधिकार कसैलाई छैन : सिंह

२४ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीभित्र देखिएको विवाद र राजनीतिक अन्योल समाधान गर्न गणेशमान सिंहले देखाएको त्याग, निष्ठा र आदर्शलाई आत्मसात गर्नुपर्ने बताएका छन् । मंगलबार गणेशमान सिंहको ११३ औँ जन्मजयन्तीका अवसरमा …

#महाधिवेशन #निर्वाचित
Compare →
Hamro Patro News
6d ago
विशेष महाधिवेशनको वैधानिकतामाथि प्रश्न उठाउँदै देउवाले भने-पैसा दिएर पार्टी किन्ने, पैसामा बेच्दिने ?

विशेष महाधिवेशनको वैधानिकतामाथि प्रश्न उठाउँदै देउवाले भने-पैसा दिएर पार्टी किन्ने, पैसामा बेच्दिने ?

• नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विशेष महाधिवेशनको वैधानिकतामाथि प्रश्न उठाउँदै आफूलाई सभापतिबाट नहटाइएको र महाधिवेशन नगराएको बताएका छन्। • उनले विशेष महाधिवेशनको प्रक्रिया नियमित महाधि…

#महाधिवेशन
Compare →

Related Stories

Politics & Governance
Build #2611