Trending
Prev Story
Next Story

सेयर बजार : कारोबार ७ महिनाकै उच्च, ३१ अंक बढ्यो नेप्से

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions

१२ कात्तिक, काठमाडौं । बिहीबार सेयर बजार परिसूचक नेप्से ३१.५४ अंक बढेको छ । यो वृद्धिसँगै नेप्से २६९५ अंकमा कायम भएको छ । नेप्सेको यो अंक ३ महिना अर्थात् साउन १२ गतेयताकै उच्च हो । …

सेयर बजार : कारोबार ७ महिनाकै उच्च, ३१ अंक बढ्यो नेप्से

१२ कात्तिक, काठमाडौं । बिहीबार सेयर बजार परिसूचक नेप्से ३१.५४ अंक बढेको छ । यो वृद्धिसँगै नेप्से २६९५ अंकमा कायम भएको छ । नेप्सेको यो अंक ३ महिना अर्थात् साउन १२ गतेयताकै उच्च हो । अघिल्लो दिन पनि नेप्से ३३ अंक बढेको थियो ।

कारोबार रकम बढेको छ । हिजो ७ अर्ब ४५ करोडको कारोबार भएकोमा आज ८ अर्ब ५५ करोडको भयो । यो कारोबार रकम वैशाख ३ यताकै उच्च हो । सो दिन ९ अर्ब ३१ करोडको कारोबार भएको थियो । आज १८१ कम्पनीको मूल्य बढ्यो भने ९१ को घट्यो । त्यस्तै ६ कम्पनीको मूल्य स्थिर रह्यो ।

आज सबै समूहगत सूचक बढेका छन् । बैंकिङ २.२८, विकास बैंक १५५, फाइनान्स १.६९, होटल तथा पर्यटन २.०५, जलविद्युत् ०.३६, लगानी ०.२४, जीवन बीमा ०.६८, उत्पादन तथा प्रशोधन ०.५१, माइक्रोफाइनान्स ०.५४, निर्जीवन बीमा ०.१३, अन्य २.४५ तथा व्यापार ०.०३ प्रतिशत बढे ।

हालै सूचीकृत बेनी हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १५ प्रतिशत बढ्यो । त्यस्तै सोपान फर्मास्युटिकल्सको ८.७२, नेपाल पुनर्बीमाको ५.६१, नेपाल फाइनान्सको ५.४९, एनआई एसिया बैंकको ४.६९, कालिन्चोक हाइड्रोपावरको ४.४१ प्रतिशत मूल्य बढ्यो ।

एनआरएन इन्फ्रास्ट्रक्चरको मूल्य ३.६५, चिरख्वा हाइड्रोपावरको ३.१४, राष्ट्रिय बीमा कम्पनीको २.७२ प्रतिशत मूल्य घट्यो ।

आज धेरै कारोबार भएका कम्पनीमा घलेम्दी हाइड्रोपावर, सिद्धार्थ बैंक, लक्ष्मी सनराइज बैंक, कुमारी बैंक, ग्रिन भेन्चर्स, सोलु हाइड्रोपावर क्रमशः अगाडि रहे ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
12h ago
तिहारको बिदापछि पनि चम्किएन सेयर बजार, नेप्से ६.४४ अंकले घट्यो

तिहारको बिदापछि पनि चम्किएन सेयर बजार, नेप्से ६.४४ अंकले घट्यो

काठमाडौं- तिहारपछिको पहिलो कारोबार दिन सेयर बजारमा गिरावट आएको छ। साताको एक मात्रै कारोबार दिन शुक्रबार नेप्से परिसूचक ६.४४ अंकले घटेर २६४८.७७ विन्दुमा बन्द भएको हो। कारोबारका क्रममा नेप्से परिसूच...

#शेयर-बजार #अंक #नेप्से
Compare →
Arthasansar
13h ago
तिहार पछि खुलेको नेप्सेमा एकल अंकको गिरावट, कारोबार ३ अर्बमा सिमित

तिहार पछि खुलेको नेप्सेमा एकल अंकको गिरावट, कारोबार ३ अर्बमा सिमित

तिहार पछिको पहिलो कारोबार दिन नेप्से परिसूचक एकल अंकले घटेर बन्द भएको छ । यो साताको एक मात्रै कारोबार दिन...

#शेयर-बजार #अंक #नेप्से
Compare →
Bizshala
13h ago
तिहारपछिको पहिलो कारोबारमै नेप्सेमा दबाब, जानकार भन्छन् 'वातावरण सहज बनेमा सेयरबजारले गति लिन्छ'

तिहारपछिको पहिलो कारोबारमै नेप्सेमा दबाब, जानकार भन्छन् 'वातावरण सहज बनेमा सेयरबजारले गति लिन्छ'

काठमाण्डौ । तिहारपछिको पहिलो कारोबार दिन सेयरबजारले सकारात्मक लय समात्न सकेन। लामो पर्व बिदापछि खुलेको बजारमा...

#शेयर-बजार #नेप्से
Compare →
Ekantipur
13h ago
सेयर बजारमा सामान्य गिरावट, कारोबार ३ अर्बमा सीमित

सेयर बजारमा सामान्य गिरावट, कारोबार ३ अर्बमा सीमित

आजको कारोबारमा SGHC सबैभन्दा धेरै बढ्यो भने CREST सबैभन्दा धेरै घट्यो।

#शेयर-बजार #अंक
Compare →

Related Stories

Business & Economy
Build #2612