Trending
Prev Story
Next Story

पहिलो चरणमा १६ सहकारी स्थलगत निरीक्षण, राष्ट्र बैंक टोलीको अवधि ३ महिना थप

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions

१२ कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंक टोलीले पहिलो चरणमा १६ सहकारी संस्था अनुगमन तथा निरीक्षण गरेको छ । राष्ट्रिय सहकारी प्राधिकरणमा काजमा गएको राष्ट्र बैंक टोलीले पहिलो चरणको ३ महिनामा ४ वटामा विशेष र १२ …

पहिलो चरणमा १६ सहकारी स्थलगत निरीक्षण, राष्ट्र बैंक टोलीको अवधि ३ महिना थप

१२ कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंक टोलीले पहिलो चरणमा १६ सहकारी संस्था अनुगमन तथा निरीक्षण गरेको छ ।

राष्ट्रिय सहकारी प्राधिकरणमा काजमा गएको राष्ट्र बैंक टोलीले पहिलो चरणको ३ महिनामा ४ वटामा विशेष र १२ वटामा सघन नियमन तथा सुपरिवेक्षण गरेको हो ।

केन्द्रीय बैंक टोली गत साउन सुरुदेखि सहकारी अनुगमन र निरीक्षणमा खटिँदै आएको छ । राष्ट्र बैंकका उपनिर्देशक गेजा पँगेनीको नेतृत्वमा १० सदस्यीय टोलीले प्राधिकरणको सहजीकरणमा समस्या देखिएका र ठूला आकारमा कारोबार गर्ने सहकारीको स्थलगत तथा विशेष निरीक्षण गरेको हो । पहिलो चरणमा तीन महिनाका लागि गएको टोलीको अवधि पुन: ३ महिना थप गरिएको पँगेनीले जानकारी दिए ।

दसैं बिदाका कारण प्रतिवेदन तयारीको केही काम बाँकी रहेको उनले बताए । ‘काज अझै ३ महिना थपिएको छ, ६० वटा सहकारीको नियमन तथा सुपरिवेक्षण गरेर प्रतिवेदन दिने समयसम्म प्राधिकरणमै काम गर्छौैैं, त्यसका लागि आवश्यकता अनुसार समय थप हुँदै जाने देखियो,’ उनले भने ।

अनुगमन तथा निरीक्षण क्रममा पहिचान भएका समस्या एकीकृत गर्ने काम भइरहेको उनले बताए । राष्ट्र बैंक टोलीले पाँचतारा साकोस पेप्सीकोला, मिलन बहुउद्देश्यीय सहकारी संस्था, भक्तपुर पर्यटन साकोस र स्प्रिचुअल साकोस ललितपुरमा विशेष निरीक्षण गरेको छ ।

पाँचताराका हकमा अख्तियारबाट उजुरीपत्र आएका आधारमा स्थलगत अनुगमन तथा निरीक्षण गरिएको हो । सोही सहकारीका सन्दर्भमा अख्तियारमा ३ वटा उजुरी थिए । कर्जा फाइलमा नियामकीय मापदण्ड पूरा गरेको पाइएन । उक्त सहकारीका हकमा आगामी दिनमा त्यस्ता गल्ती नदोहोर्‍याउन टोलीले निर्देशन दिएको छ ।

सुपरिवेक्षण क्रममा सहकारीहरूले एउटै व्यक्तिलाई प्राथमिक पूँजीको १५ प्रतिशतभन्दा बढी कर्जा दिएको, विनाधितो कर्जा दिएको, बचत संकलन गर्न कमिसन दिएको, कर्जा सदुपयोगिता नहेरेको, सञ्चालक आफैंले धेरै कर्जा परिचालन गरेको र सहकारीको कर्जा लगानीमा समस्या रहेको पाइएको छ ।

त्यसका लागि टोलीले सम्बन्धित संस्थालाई मौखिक निर्देशन समेत दिँदै आएको र आवश्यक नीतिगत व्यवस्था गर्न पनि प्राधिकरणलाई सहयोग गरेको उनले बताए ।

त्यसैगरी टोलीले स्थलगत निरीक्षण गर्दा सहकारीहरूले सदस्य बनेबित्तिकै कर्जा दिने गरेको पाइएको छ । सामान्यतया सहकारी संस्थाले सदस्य भएको ३ महिना नबिती कर्जा प्रवाह गर्न हुँदैन । यसैगरी सहकारी संस्थाले पूँजीकोष गणना नगर्ने, पूँजीकोष बमोजिम कर्जा प्रवाह नगर्ने र बचत संकलन सम्बन्धी व्यवस्था पालना नगर्ने गरेको पाइएको छ ।

धेरैजसो सहकारी सञ्चालक आफैंले कर्जा लिने, नतिर्ने र दुरुपयोग गर्ने तथा ब्याजदरमा फरक गर्ने लगायत समस्या छन् । सबल र ठूला भनिएका सहकारीमा समेत यस्ता खालका समस्या रहेको टोलीका एक सदस्यले बताए ।

राष्ट्र बैंक टोलीले सुपरिवेक्षकीय अनुभव तथा ज्ञान हस्तान्तरण गर्ने पँगेनीले बताए । प्राधिकरण आएको टोलीमा अधिकांश सदस्य केन्द्रीय बैंकको सुपरिवेक्षण र नियमनमा काम गरेका छन् । केन्द्रीय बैंक टोली प्राधिकरणलाई आवश्यक भएसम्म रहने भएकाले फिर्ता हुने समय यकिन नभएको राष्ट्र बैंकका एक अधिकारीले बताए ।

टोलीले सहकारी सुपरिवेक्षण कार्यविधि तयार गर्दैछ । त्यसका साथै अन्य केही नीतिगत सुधारका काम पनि अघि बढिरहेको पँगेनीले बताए ।

राष्ट्र बैंकले लघुवित्तलाई सुपरिवेक्षण गर्दा जसरी गर्छ, सहकारीमा पनि त्यसैगरी नियमन तथा सुपरिवेक्षण गरिएको पँगेनीले बताए । प्राधिकरणमा राष्ट्र बैंकका २९ कर्मचारीको काम गर्ने दरबन्दी नै भएकाले आवश्यकता अनुसार राखिने राष्ट्रिय सहकारी प्राधिकरणका एक अधिकारीले बताए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
1d ago
मुख्यमन्त्रीद्वारा सडकको स्थलगत निरीक्षण

मुख्यमन्त्रीद्वारा सडकको स्थलगत निरीक्षण

भक्तपुर। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले घ्याम्पेडाँडा हुँदै रानीकोट गढी जाने सडकको स्थलगत निरीक्षण गरेका छन्। भक्तपुरको सूर्यविनायक नगरपालिका–८ स्थित उक्त सडक हिजोको वर्षाले क्षति पु...

#निरीक्षण #स्थलगत
Compare →
Nagarik News
1d ago
मुख्यमन्त्री थापाले गरे घ्याम्पेडाँडा–रानीकोट सडकको निरीक्षण

मुख्यमन्त्री थापाले गरे घ्याम्पेडाँडा–रानीकोट सडकको निरीक्षण

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले घ्याम्पेडाँडा हुँदै रानीकोट गढी जाने सडकको स्थलगत निरीक्षण गरेका छन्।

#निरीक्षण
Compare →

Related Stories

Business & Economy
Build #2611