Trending
Prev Story
Next Story

दाङमा रगत अभाव

Nagarik News •
October 29, 2026 • 08:03 AM
1
1 reads 0 reactions

जिल्लाको तुलसीपुर, घोराही र लमहीको रक्तसञ्चार केन्द्रमा रहज रुपमा रगत पाउन मुस्किल भएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका प्रमुख विश्राम अधिकारीले जानकारी दिए।

दाङमा रगत अभाव

पछिल्लो समय दाङमा रगत अभाव देखिएको छ। जिल्लाको तुलसीपुर, घोराही र लमहीको रक्तसञ्चार केन्द्रमा रहज रुपमा रगत पाउन मुस्किल भएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका प्रमुख विश्राम अधिकारीले जानकारी दिए।

ती रक्तसञ्चार केन्द्रमा रगत नहुँदा समस्या भएको उनले बताए। 'चाडपर्वका समयमा सधैँ नै अभाव हुन्छ, यो वर्ष पनि रगत अभाव भयो, रक्तसञ्चार केन्द्रमा रगत छैन', उनले भने, 'दाता पनि यस्तो बेला भेटाउन गाह्रो हुन्छ।' विभिन्न सङ्घसंस्थालाई आह्वान पनि रगत सङ्कलन नहुँदा समस्या भएको छ।

यस्तो अवस्थामा विभिन्न सङ्घसंस्था र रक्तदाताहरुले सामाजिक उत्तरदायित्व सम्झेर रक्तदान गर्नुपर्नेसमेत उहाँको भनाइ छ। 'यस्तो समयमा माग झन धेरै हुन्छ', उनले भने, 'तर, अभाव नै हुँदा बिरामीको ज्यान जान सक्छ, यो कुरामा सबैले ध्यान दिनुपर्छ।'

दाङमा थारु समुदायमा देखिने सिकलसेल एनेमिया र थैलेसिमियाजस्ता रोगका कारण पनि रगत खपत निकै उच्च छ। ती रोगका बिरामीलाई नियमित रूपमा रगत चढाइरहनुपर्ने भएकाले जिल्लाभर वार्षिक रूपमा पाँच हजारदेखि छ हजार युनिटसम्म रगतको माग र खपत हुने गरेको छ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा रक्तसञ्चार केन्द्रमा सबैभन्दा धेरै अर्थात् वार्षिक तीन हजार ७०० युनिटभन्दा बढी रगत खपत हुँदै आएको छ।

यस्तै, राप्ती प्रादेशिक अस्पताल तुलसीपुर परिसरमा रहेको रक्तसञ्चार केन्द्रमा वार्षिक दुई हजार १०० युनिटभन्दा बढी र लमही क्षेत्रमा करिब एक हजार युनिट रगत खपत हुने गरेको जानकारी दिइएको छ।

प्रकाशित: १२ कार्तिक २०८३ १३:४८ बिहीबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
1w ago
रगत अभावलाई राहत: नेपाली काँग्रेस ललितपुर–१३ ले गर्‍यो रक्तदान र इकाई कार्यालय उद्घाटन

रगत अभावलाई राहत: नेपाली काँग्रेस ललितपुर–१३ ले गर्‍यो रक्तदान र इकाई कार्यालय उद्घाटन

ललितपुर। नेपाली काँग्रेस १३ नम्बर वडा कार्यसमितिले रक्तदान एवं भेला आयोजना गरेको छ । देशैभर रगत अभाव भइरहेको अवस्थामा सो कार्यक्रम आयोजना गरेको हो । नेपाली काँग्रेसका महामन्त्री उदयशम्सेर राणाले प...

#रगत #अभाव
Compare →
Ekantipur
1w ago
नेपाली खेलकुदमा पूर्वाधारको अभाव अझै उस्तै

नेपाली खेलकुदमा पूर्वाधारको अभाव अझै उस्तै

ठूला प्रतियोगिताको आकर्षण बढे पनि कभर्डहल, मैदान र व्यवस्थित संरचनाको अभावले नेपाली खेलाडीहरू अझै संघर्ष गरिरहेका छन् ।

#अभाव
Compare →
Onlinekhabar
1w ago
के अब रगत जाँचबाट पार्किन्सन थाहा पाउन सकिन्छ ? पत्ता लाग्यो नयाँ तरिका

के अब रगत जाँचबाट पार्किन्सन थाहा पाउन सकिन्छ ? पत्ता लाग्यो नयाँ तरिका

के तपाईंले कहिल्यै सोच्नुभएको छ, हाम्रो रगतको सबैभन्दा सानो हिस्साले पनि मस्तिष्कको गम्भीर रोगबारे महत्त्वपूर्ण रहस्य खोल्न सक्छ ? पार्किन्सन्स रोगबारे स्पेनमा गरिएको एउटा अध्ययनले यस्तै नयाँ तथ्य सार्वजनिक गरेको छ । हाम्रो रगतमा हुने प्लेटलेट्समा देखिने …

#रगत
Compare →

Related Stories

Technology
Build #2611