Trending
Prev Story
Next Story

अनधिकृत आवासगृह खाली गराउँदै नार्क, ३५ दिने म्याद

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions

१२ कात्तिक, काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले खुमलटारमा रहेका आफ्ना सम्पूर्ण कार्यालयलाई कर्मचारी आवासगृहको विवरण बुझाउन र अनधिकृत प्रयोग भएका आवासगृह खाली गराउन निर्देशन दिएको छ । नार्कले सूचना जारी गर्दै सम्बन्धित कार्यालयलाई …

अनधिकृत आवासगृह खाली गराउँदै नार्क, ३५ दिने म्याद

१२ कात्तिक, काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले खुमलटारमा रहेका आफ्ना सम्पूर्ण कार्यालयलाई कर्मचारी आवासगृहको विवरण बुझाउन र अनधिकृत प्रयोग भएका आवासगृह खाली गराउन निर्देशन दिएको छ ।

नार्कले सूचना जारी गर्दै सम्बन्धित कार्यालयलाई यस्तो निर्देशन दिएको हो । हिजो बुधबार बसेको नार्क व्यवस्थापन बैठकको निर्णय अनुसार उक्त कदम चालिएको सूचनामा उल्लेख छ ।

नार्कले खुमलटारस्थित कार्यालयमा हाल प्रयोग भइरहेका कर्मचारी आवासगृहमा बस्ने कर्मचारीका नाम र पद वा तहसहित सम्पूर्ण विवरण तीन दिनभित्र केन्द्रीय कार्यालयमा उपलब्ध गराउन निर्देशन दिएको छ ।

यसका साथै प्राप्त विवरण वा अनुगमन क्रममा यदि कुनै आवासगृह अनधिकृत प्रयोग भइरहेको पाइए त्यस्ता आवासगृह ३५ दिनभित्र अनिवार्य खाली गराउन समेत नार्कले सम्बन्धित कार्यालयलाई कडा निर्देशन दिएको छ ।

बैठकको निर्णय बमोजिम आवश्यक कारबाही प्रक्रिया अघि बढाउन उक्त परिपत्र जारी गरिएको जनाइएको छ । यसको बोधार्थ कृषि, वन तथा पर्यावरणमन्त्री तथा नार्क अध्यक्ष गीता चौधरीलाई दिइएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
2d ago
बमको धम्कीपछि इटालीमा खाली गराइयो सयौं विद्यालय, रुस समर्थक ह्याकरहरू संलग्न रहेको आरोप

बमको धम्कीपछि इटालीमा खाली गराइयो सयौं विद्यालय, रुस समर्थक ह्याकरहरू संलग्न रहेको आरोप

काठमाडौं- इमेलमार्फत बम विस्फोटको धम्की प्राप्त भएपछि इटालीभरका करिब ३०० विद्यालय खाली गराइएको छ । बुधबार भएको यो घटना पछिल्ला हप्ताहरूमा विभिन्न विमान सेवा कम्पनी र सञ्चारमाध्यमलाई लक्षित गरी दिइए...

#खाली
Compare →
Bizshala
1w ago
मेटाले कर्मचारीलाई स्वेच्छिक अवकाश लिन प्रस्ताव गर्‍यो, ८० प्रतिशत तलब दिने

मेटाले कर्मचारीलाई स्वेच्छिक अवकाश लिन प्रस्ताव गर्‍यो, ८० प्रतिशत तलब दिने

काठमाडौं । फेसबुक र इन्स्टाग्रामको सञ्चालक कम्पनी मेटाले खर्च कटौती तथा कर्मचारी सङ्ख्या घटाउने योजनाअन्तर्गत...

#कर्मचारी #दिने
Compare →

Related Stories

World News
Build #2612