Trending
Prev Story
Next Story

संसदीय उपसमितिको बैठकमा खगेन्द्र सुनार अनुपस्थित

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions

१२ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनार संसदीय उपसमितिको बैठकमा अनुपस्थित भएका छन् । उनलाई पार्टीले सार्वजनिक कार्यक्रममा सरिक हुन रोक लगाएको छ । एक महिलालाई लक्षित गरी आपत्तिजनक भाषा र धम्की …

संसदीय उपसमितिको बैठकमा खगेन्द्र सुनार अनुपस्थित

१२ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनार संसदीय उपसमितिको बैठकमा अनुपस्थित भएका छन् ।

उनलाई पार्टीले सार्वजनिक कार्यक्रममा सरिक हुन रोक लगाएको छ ।

एक महिलालाई लक्षित गरी आपत्तिजनक भाषा र धम्की प्रयोग गरिएको भनिएको अडियो सार्वजनिक भए पनि पार्टीले सांसद खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा सहभागी हुन रोक लगाएको हो ।

साथै, यो विषयमा पार्टीले सांसद सुनारमाथि छानबिन गरिरहेको छ ।

छानबिन प्रक्रिया नसकिएसम्म सार्वजनिक पद वा औपचारिक तथा सार्वजनिक कार्यक्रममा सरिक हुन रोक लगाइएको छ । यसकारण उनी बिहीबार बसेको संसदीय उपसमितिको बैठकमा अनुपस्थित भएका हुन् ।

बिहीबार बिहान निर्वाचन प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको पोशाक खरिदसम्बन्धी अध्ययन उपसमितिको दोस्रो बैठक बसेको थियो ।

सिंहदरबारमा बसेको बैठकमा समितिको कार्यविधिका विषयमा छलफल भएको छ ।

१६ असोज २०८३ मा प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले निर्वाचन प्रहरीको पोशाक खरिदबारे अध्ययन गर्न उपसमिति गठन गरेको थियो ।

रास्वपा सांसद मनिष झाको नेतृत्वमा गठित ९ सदस्यीय उपसमितिको पहिलो बैठक २१ असोज २०८३ मै बसेको थियो । पहिलो बैठकमा प्रारम्भिक छलफल भएको थियो ।

दोस्रो बैठकमा कार्यविधिको विषयमा छलफल भएको हो ।

यो उपसमितिमा सांसदहरू ऐन महर, योगेश गौचन थकाली, आरेन राई, खगेन्द्र सुनार, खुश्बु ओली, रमेशकुमार मल्ल, गणेश धिमाल र महेन्द्रबहादुर शाही सदस्य रहेका छन् ।

उपसमितिलाई दुई महिनाको समयसीमा दिइएको छ । निर्धारित समयभित्र प्राप्त उजुरी र प्रहरी (नेपाल प्रहरी/सशस्त्र प्रहरी बल नेपाल) बाट प्राप्त विवरण अध्ययन गरेर प्रतिवेदन दिने गरी उपसमितिले कार्यविधि बनाएको छ ।

नेपाल प्रहरीले गत वर्ष माघमा निर्वाचन प्रहरीका लागि पोसाक खरिद गरेको थियो । त्यसक्रममा अनियमितता भएको दाबी गर्दै सांसद सुनारले निरन्तर प्रश्न उठाइरहेका छन् ।

२१ फागुनको प्रतिनिधिसभा निर्वाचनका लागि नेपाल प्रहरीले एक लाख ३३ हजार ९८० जना र शसस्त्र प्रहरीले १५ हजार ११० जना निर्वाचन प्रहरी भर्ना गरेको थियो । दुवैतर्फ गरी कुल एक लाख ४९ हजार ९० जना निर्वाचन प्रहरी भर्ना भएका थिए ।

निर्वाचन प्रहरीले भूगोल अनुसार प्रतिव्यक्ति न्यूनतम ५० हजार ९५४ रुपैयाँदेखि अधिकतम ८६ हजार ४८४ रुपैयाँ खर्च भएको थियो । उनीहरूले ४० दिनको अवधिको पारिश्रमिक, रासन, यातायात खर्च र खाजा खर्च बापत रकम पाएका थिए ।

सरकारले निर्वाचन प्रहरीलाई पोसाक वापत रकम उपलब्ध गराएको थियो । हिमाली भेगमा खटिनेले ११ हजार ५ सय, पहाडमा ७ हजार ९४५ र तराईमा खटिने प्रहरीका लागि ६ हजार १७० रुपैयाँका दरले रकम छुट्याइएको थियो ।

निर्वाचन प्रहरीको पोसाक शीर्षकमा करिब एक अर्ब रुपैयाँ निकासा भएको थियो ।

प्रहरी मुख्यालयले खटिएको ठाँउमा जान र फर्कन तयारी खर्च भनी ८ सय ४८ रुपैयाँ र चार दिन तालिम हुँदा खाजा बापतको एकमुष्ट १२ सय रुपैयाँ पनि दिएको थियो । अहिले विवादमा परेको खर्च पोसाक बापतको रकमको हो ।

डेढ महिनाका लागि मात्रै नियुक्त ती प्रहरीलाई कमसल सामग्री उपलब्ध गराइएको भनेर उठेको प्रश्नबारे अध्ययन गर्न संसदीय उपसमिति गठन भएको हो ।

उपसमितिको सचिवालयले प्राप्त विवरण संकलन र त्यसमाथि अध्ययनको प्रारम्भिक काम यही ३० कातिकमा सक्ने गरी कार्यविधि बनेको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
2w ago
खगेन्द्र सुनारले छानबिन समितिसमक्ष दिए बयान

खगेन्द्र सुनारले छानबिन समितिसमक्ष दिए बयान

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय अनुशासन आयोगले बनाएको छानबिन समितिमा पुगेर सांसद खगेन्द्र सुनारले बयान दिएका छन्। महिलालाई हिंसात्मक शैलीमा गाली गरेको अडिओको सत्यताबारे सुनारले बिहीबार समित...

#खगेन्द्र #सुनार
Compare →
Nagarik News
6d ago
सर्वोच्च अदालतका प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ जारी

सर्वोच्च अदालतका प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ जारी

सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिमा भइरहेको सुनुवाइका क्रममा प्रस्तावित न्यायाधीशहरूको न्यायिक अनुभव, कार्यक्षमता, निष्पक्षता, न्यायिक स्वतन्त्रता र न्यायपालिकाको सुधारलगायत विषयमा प्रश्नोत्तर भइरहेको छ।

#संसदीय
Compare →
Bizshala
1w ago
रास्वपा सांसद सुनारको इन्कारी बयान, ‘अडियोकी महिला चिन्दिनँ आवाज पनि मेरो होइन’

रास्वपा सांसद सुनारको इन्कारी बयान, ‘अडियोकी महिला चिन्दिनँ आवाज पनि मेरो होइन’

काठमाण्डौ । महिला हिंसासम्बन्धी आरोपपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आन्तरिक छानबिनमा रहेका सांसद तथा...

#सुनार
Compare →
Ekantipur
1w ago
रास्वपा सांसद सुनारको बयान : 'सार्वजनिक अडियोमा आवाज भएकी महिला चिन्दिनँ'

रास्वपा सांसद सुनारको बयान : 'सार्वजनिक अडियोमा आवाज भएकी महिला चिन्दिनँ'

महिला हिंसाको आरोपमा सांसद तथा केन्द्रीय सदस्य खगेन्द्र सुनारले इन्कारी बयान दिएको र महिलाला नचिन्ने भनी बयान दिएको अवस्थामा थप कारबाही गर्न आवश्यक नभएको रास्वपाका एक पदाधिकारीले बताए ।

#सुनार
Compare →
Arthasansar
1w ago
सरकार नै विचौलिया प्रकरणमा मुछिएको छ, संसदीय छानबिन हुनुपर्छ - प्रदीप पौडेल

सरकार नै विचौलिया प्रकरणमा मुछिएको छ, संसदीय छानबिन हुनुपर्छ - प्रदीप पौडेल

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले विचौलिया प्रकरणमा सरकार, अदालत तथा राज्यका विभिन्न निकायसँग जोडिएका विषयमा निष्पक्ष र गहिरो छानबिन हुनुपर्ने...

#संसदीय
Compare →

Related Stories

Politics & Governance
Build #2612